होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बडीमालिका ६ द्धारा दलितको सिफारिस गर्दा बढी लिएको रकम फिर्ता
बाजुरा बिशेष

बडीमालिका ६ द्धारा दलितको सिफारिस गर्दा बढी लिएको रकम फिर्ता

  • नागरिक रैबार
बडीमालिका ६ द्धारा दलितको सिफारिस गर्दा बढी लिएको रकम फिर्ता

नागरिक रैबार/बाजुरा २७ असोज। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ६ ले सेवा क्षेत्र भित्रका दलित तथा दुर्गमको भनेर सिफारिस गर्दा प्रति व्यक्तिबाट लिएको पाँच सय रकमबाट १ सय कटाएर बाँकी ४ सय रकम सम्वन्धित व्यक्तिलाई फिर्ता गरेको छ ।

गत असोज १४ गते यस नागरिक रैबारले बडीमालिका ६ मा दलित तथा दुर्गमको सिफारिस गर्न वडा कार्यालयले पाँचसय शुल्क लिने गरेको समाचार प्रकाशन गरेको थियो ।

No description available.

विज्ञापन

वडाले उक्त प्रकृतिका सिफारिस गर्दा सेवा क्षेत्र भित्रका दलित तथा दुर्गमकाका व्यक्तिबाछ पाँच सय लिने गरेको समाचार नागरिक रैबारमा प्रकाशन गरेपछि वडाले २ वटा सिफारिस गर्दा लिएको पाँच सय शुल्कबाट एकसय कटाएर बाँकी चारसय रकम फिर्ता गरेको हो ।

सोही वडाका कमल मिजारको दलित तथा दुर्गम क्षेत्रको स्थायी बासी भएको भनि वडा कार्यालयले प्रमाणित गरेको सिफारिसमा पाँच सय रकम लिएको पाईएको थियो ।

मिजारले असोज ११ गते वडा कार्यालयमा दलित तथा पिछडिएको क्षेत्रमा बसोवास गर्दै आएको भन्ने सिफारिस गरिपाउँ भनेर निवेदन दिएको र वडाबाट सिफारिस लिदाँ सिफारिस गरे वाफत वडा कार्यालयलाई पाँच सय रकम तिरेका थिए । त्यस्तै वडाकै कल्पना कुमारी लवारले पनि वडा कार्यालयमा दलित भएको भनि गरेको सिफारिसमा ५ सय शुल्क तिरेकी थिईन् ।

वडाका कमल मिजार र कल्पना कुमारी लवारले वडाबाट दलित तथा दुर्गम क्षेत्रमा स्थायी बसोबास गर्दै आएको वर्ग भनी सिफारिस गर्दा वडालाई तिरेको पाँचसयको रसिद वडा कार्यालयमा बुझाएपछि वडा कार्यालयले उक्त सिफारिस बाफत १ सय कटाएर बाँकी चार सय रकम फिर्ता गरेको वडाका प्राविधिक उमेश बडुवालले बताएका छन् ।

No description available.

यस अघि असोज ११ गते वडा सचिव विवेक शाहले कमल मिजारलाई सोही सिफारिस गर्दा पाँचसयको रसिद काटेको देखिएको थियो भने त्यस्तै वडाकै प्राविधिक उमेश वडुवालले असोज १३ गते धर्मेन्द्र लुहारको सिफारिस शुल्कमा १ सय रुपैयाको रसिद काटेका थिए ।

वडा सचिवले सिफारिस वाफत पाँचसय रकम लिएको रसिद नागरिक रैबारले प्राप्त गरेपछि तत्कालै वडा अध्यक्ष कला बडुवाललाई यस विषयमा जानकारी गर्र्दा वडा अध्यक्ष बडुवालले सम्वन्धित व्यक्तिलाई सिफारिस बाफत लाग्ने शुल्क बाहेक बाँकी रकम फिर्ता गर्ने बताएकि थिईन् ।

यता बडीमालिका नगरपालिकाको अर्थ सम्वन्धि प्रस्तावलाई कार्यान्वय गर्न बनेको २०७७/७८ को आर्थिक ऐन अनुसार वडा कार्यालयबाट उक्त प्रकृतिको सिफारिस गर्ने शुल्कमा १ सय रुपैयाँ मात्र लिन पाईने व्यवस्था गरेको छ ।

No description available.

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार