होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ६ मंसिर।बाजुराको बुढीनन्दा नगरपालिका ५ मा पुनः मतदान हुने भएको छ । मंसिर ४ मा भएको मतदानमा एमाले र काँग्रेसविचको दोहोरो झडप पछि स्थगित भएको बुढीनन्दा नगरपालिका ५ मा मंसिर १० गते गते पुन मतदान हुने भएको हो । मंसिर ४ मा भएको प्रदेश र प्रतिनिधि सभाको निर्बाचनमा २८ मत खसिसकेपछि दुवैपक्षविच दोहोरो […]
नागरिक रैबार/बाजुरा ५ मंसिर।प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि हिजो भएको मतदानमा प्रयोग भएका मतपेटिकाहरु मतगणना स्थलमा ल्याउने क्रम जारी रहेको छ । यातायातको सहज पहुँच भएका मतदान स्थलका मतपेटिकाहरु सदरमुकाम आइसकेका छन् । अहिलेसम्म बाजुराका ७० मध्ये ६५ वटा मतदान स्थलका मत पेटिकाहरु सदरमुकाम मार्तडीमा आईपुगेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र […]
बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ७ को मतदान नेपाली काँग्रेस र एमाले कार्यक्रता बिच झडप हुदा ३ जना घाईते भएका हुन । मतदान केन्द्रमा नेपाली काँग्रेसका कार्यक्रताले मतदान केन्द्रमा दोहोरिएर मतदान गरेको थाहा पाएपछी एमाले कार्यक्रताहरुले रोक्न खोज्दा झडप भएको हो ।
नागरिक रैबार/बाजुरा ४ मसिर। बाजुरा जिल्लाका ३ ओटा मतदान केन्द्रमा बिवाद हुँदा मतदान स्थगित भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका वडा न ८ को मतदान केन्द्र बुढिनन्दा वडा न ५ र स्वामिकार्तिक खापर गाउँपालिका वडा ४ को मतदान स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । मतदान स्थलमा बिभिन्न राजनितिक दलहरुवीच विवाद भएपछि ३ […]
नागरिक रैबार/बाजुरा २४ असाेज।राप्रपाबाट बाजुराकाे प्रदेश सभा (ख) निर्वाचन क्षेत्रमा हिमाल शाहीले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार सदरमुकम मार्तडीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले प्रदेश सभा (ख) मा उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी बाजुराका पूर्व सचिव समेत रहेका शाहीले उम्मेदवारी दर्तापछि भने प्रदेश(ख) का जनताकाे जिवनयापनमा परिवर्तन ल्याउन परिवर्तन चाहेको […]
काठमाडौं । बाजुरामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभाको लागि जङ्गकुमार गिरीले टिकट पाएका छन् । मंसिर ४ गते हुन गइरहेको निर्वाचनको लागि गिरीले बाजुरबाट टिकट पाएका हुन् । विकासप्रेमी छवि बनाएका नेता गिरी जिल्ला विकास समितिका पूर्व सभापति हुन् । गिरी राप्रपाका केन्द्रीय सदश्य समेत हुन् ।
नागरिक रैबार/बाजुरा १३ असोज। नेकपा एमालेका नेता मनलाल खत्री र रामलाल कार्कीले एमाले छोडेका छन् । प्रदेश कमिटी सदस्य रहेका दुबै जनाले नेकपा एमाले छोडेर माओवादी रोजेका हुन् । दुबै जनाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटामा आज पार्टी प्रवेशको टिका लगाएका छन् । कार्की र खत्रीलाई प्रचण्डले आफ्नै निजी निवासमा अविर खादा […]
नागरिक रैबार/बाजुरा ६ भदाै। वर्षातको समयमा भत्केका सडक नखुल्दा बाजुराका स्वास्थ्य संस्थामा औषधीको अभाव भएको छ । जिल्लामा निरन्तरको वर्षाका कारण गएको असार अन्तिम सातादेखि अवरुद्ध भएका ग्रामिण सडकहरु संचालनमा आउन सकेका छैनन् । जसका कारण ग्रामिण स्तरका स्वास्थ्य संस्थामा औषधी ढुवानी हुन् नसकेपछि औषधीको अभाव भएको हो । बुढीनन्दा नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र […]
बाजुरा । रोजगारीको शिलशिलामा भारतको मुम्बइ पुगेको बाजुराको एक परिवार अलपत्र परेको छ । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं १० की राजपुरा दमाइको परिवार मुम्बइमा अलपत्र भएको हो । पाँच वर्षअघि श्रीमानसहित सपरिवार रोजगारीका लागि मुम्बइ पुगेकी राजपुरा र उनका पाँच छोराछोरी श्रीमानको मृत्युपछि बेसाहारा भएका हुन् । मुम्बइकै मुलन भन्ने ठाउँमा एक कम्पनीमा […]
बाजुरा । बाजुरा जिल्लाको बुढीनन्दा नगर पालिका वडा नं.१० की एक महिला छोरी सहित बेपता भएकी छन । बेपता हुनेमा बुढीनन्दा नगर पालिका वडा नं.१० बस्ने रमिता नेपाली भदौ २ गते छोरी सहित बेपता भएको अंकल निरज परिवारले बताउनु भएको छ। बुढीनन्दा नगर पालिका वडा नं.१० बस्ने डबल नेपालीकी छोरी केही समय मामा घर बस्दै […]
नागरिक रैबार/बाजुरा ७ भदौ।बाजुरामा बजार बन्द गराउँदै हिँडेका विप्लवका ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार विहान सदरमुकाम मार्तडी बजार बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वको नेकपा बाजुराका सचिव भुपेन्द्र विक, केन्द्रिय सदस्य मानबहादुर रावत, जिल्ला कमिटी सदस्य सुक नेपालीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक (डिएसपी)सुर्य थापाले बताएका छन् । डिएसपी […]
नागरिक रैबार/ २६ साउन बाजुरा । बडिमालिका र बुढिनन्दामा मन्दिरमा धार्मीक मेला सुरु भएको छ । आज बिहानै देखी धार्मिक पिठको रुपमा रहेका बडिमालिका र बुढिनन्दामा मेला तथा पुजाआजा सुरु भएको हो । साउन शुक्ल चर्तुदशीको दिन लाग्ने मेला आज हरेक वर्ष झैँ यस वर्ष धार्मिक तिर्थस्थल बडिमालिका र बुढिनन्दा मन्दिरमा भक्तजनहरू पुगेर पुजा आजा […]
सर्मिला रोकाया– विगत ६ वर्ष देखि क्यान्सर पिडीत बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ५ छातीकोटका विनोद मल्ल उपचार खर्च नपाएर तड्पिरहेका छन । मल्लले उपचारका लागि सहयोग गर्न आग्रह गरेका छन । उपचार गर्ने पैसाको अभावमा क्यान्सर पालेर वस्नु पर्ने अवस्था भएको र घरमा भएको आर्थिक स्रोत सवै सकिएले उपचारमा सहयोग गरिदिन आग्रह गरेका हुन […]
बाजुरा। सरकारले हिमाली क्षेत्रका मानिसहरूको बसाइँसराइ कम गरी त्यहीँ अड्याइराख्ने उद्देश्यले १० वटा हिमाली सहर बनाउने भएको छ । सोही क्रममा सुदुर पश्चिम प्रदेशबाट बाजुराका दुई ओटा शहर छनाैटमा परेका छन । जसमा बाजुराको सदरमुकाम मार्तडी र बिमानस्थल समेत रहेकाे कोल्टीलाई हिमाली सहरको रुपमा अगाडी बढाउने गुरुयोजना बनेको आयोजना समन्वय कार्यालयका निर्देशक रोशन श्रेष्ठले बताए […]
नागरिक रैबार/बाजुरा १८ साउन। बाजुराबाट एकै दिन दुई जना गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । ४ दिन देखि सुत्केरी हुन नसकेकी जगन्नाथ गाउँपालिका २ की २३ बर्षिया जेनि राई नाथ र मंगलबार देखी सुत्केरी ब्यथा लागेकी बुढिनन्दा नगरपालिका वडा न २ की मनु रेग्मी पाध्यायको हेलिकप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले […]
नागरिक रैबार/बाजुरा १३ साउन।बुढीनन्दा नगरपालिका २ स्थित कोल्टीमा रहेको जनप्रकाश माविको भारतीय राजदुतावासको अलपत्र भवनको पुन:निर्माण कार्य सूचारु हुने भएको छ । ७ वर्ष अगाडी भारतीय दूतावासको४ करोड ४४लाख ७२ हजार ४सय ४४ रुपैयाको सहयोगमा जनप्रकाश माविको १५ कोठे भवन निर्माणका लागि बजेट विनियोजन भएको थियो । भारतीय दुतावासले ७ बर्ष अगाडी इबिडीङ्ग सिस्टमबाट उक्त […]
नागरिक रैबार/बाजुरा ३ साउन।बाजुराका एक युवकको भारतको मुम्बईमा निधन भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्मर २ नुवाघर भएका २५ वर्षिया धनबहादुर विकको भारतको मुम्बईको मुलुनको मुसिपाटी अस्पतालमा उपचारका क्रममा निधन भएको आफन्त डबल विकले बताएका छन् । उनका अनुसार निधन भएका धनबहादुर गत असोजमा विवाह गरेर रोजगारको सिलसिलामा ६ महिना अघि मात्रै मुम्बई […]
बाजुरा। बाजुराको बुढीनन्दा–६ की मनीषा भण्डारीलाई असार १७ को राति ११ बजेतिर सुत्केरी बेथाले च्याप्यो । उनी छटपटाइन् । तर मध्यरात, अविरल झरी, त्यसमाथि स्वास्थ्यचौकी टाढा । परिवारका सदस्यले भोलिपल्ट बिहान मात्रै गाउँनजिकको कोल्टी स्वास्थ्य केन्द्र पुर्याए । स्वास्थ्य केन्द्रले अवस्था जटिल भएको भन्दै अन्तै लैजान सुझायो । पाँच घण्टा दूरीमा सदरमुकाम मार्तडी तर निरन्तरको झरीका कारण बाटो पनि बन्द […]
नागरिक रैबार / २९ असार, बाजुरा। बाजुराको बुढीनन्दा नगरपालिका २ स्थित कोल्टीमा रहेको राष्ट्रिय बाणिज्य शाखामा कार्यरत सुरक्षा गार्डको बन्दुक खोस्ने प्रयास गरिएको छ । बुधबार बुढीनन्दा नगरपालिका ८ को पाण्डुसेनबाट बैकमा बृद्ध भत्ता बुझ्न आएका आईते बोहराको छोरा दल बोहराले बैंकमा रहेका सुरक्षा गार्डको बन्दुक खोस्ने प्रयास गरेको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ […]
नागरिक रैबार / २५ असार बाजुरा । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकालाई साक्षर नगरपालिका घोषण गरिएको छ । असार २३ गते बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकालाई साक्षर घोषणा गरिएको हो । बुढीनन्दा नगरपालिकामा १५ वर्ष देखि ६० वर्ष उमेर समुहका नागरिकहरुको साक्षरता अवस्था पहिचान गरि नेपाल सरकारले निर्धारण गरेका १२ वटा सुचकको आधारमा ९८ प्रतिशत नागरिक […]