होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीनन्दाकाे कृषि विकास शाखामा कार्यरत एक कर्मचारी मृत भेटिए
समाचार

बुढीनन्दाकाे कृषि विकास शाखामा कार्यरत एक कर्मचारी मृत भेटिए

  • नागरिक रैबार
बुढीनन्दाकाे कृषि विकास शाखामा कार्यरत एक कर्मचारी मृत भेटिए

नागरिक रैबार/बाजुरा २ साउन। बाजुराको  बुढीनन्दा नगरपालिकाकाे कृषि विकास शाखामा कार्यरत एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् । नगरपालिकाका कृषि शाखा प्रमुख ४८ वर्षीय जयलाल दानी आफ्नै क्वाटर अगाडी कुर्चीमा बसेको अवस्थामा  मृत फेला परेकाे नगरपालिकाले जनाएको छ ।

उनी क्वाटर अगाडी कुर्चीमा बसी रहेको अवस्थामा मृत भेटिएका इलाका प्रहरी चौकी कोल्टिले जनाएको छ ।बुढिनन्दा नगरपालिका वडा नम्बर ७ पाण्डुसैन घर भएका दानी कृषि प्राविधिक तर्फ स्थायी कर्मचारी हुन् ।

नगरपालिकाका एक कर्मचारीका अनुसार हिजो अफिसमा आफूलाई बिसन्चो भएको दानिले बताउनु भएको थियो । लामो समय देखी रक्तचापको बिरामीबाट ग्रसित दानी बेला बेला अस्वस्थ भइराख्ने गरेका आफन्तले जनाएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार