होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीनन्दाको निति तथा कार्यक्रम: शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता
समाचार

बुढीनन्दाको निति तथा कार्यक्रम: शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता

  • नागरिक रैबार
बुढीनन्दाको निति तथा कार्यक्रम: शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता

नागरिक रैबार/बाजुरा १० असार । बाजुराको बुढीनन्दा नगरपालकिाले ४४ करोड ४९ लाख २३ हजार २ सय ५७ रुपैया बजेट प्रस्तुत गरेको छ । संघयि र प्रदेश सरकारको अनुदान, आन्तरकि आम्दानी र राजश्व सहीत ४४ करोड ४९ लाख २३ हजार २ सय ५७ रुपैया बजेट आगामी वर्षका लाग प्रस्ताव गरिएको हो ।  यस वर्ष शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएर बजेट प्रस्तुत गरेको नगरपालिकाले जनाएकाे छ ।

पालिकाको सबै सामुदायिक विद्यालयलाई शैक्षिक सुधारका लागि जग बसाउने गरि बजेट तय गरिएको नगरप्रमुख जनक कुमार बोहराले बताएका छन् । नगर प्रमुख शैक्षिक कार्यक्रम अन्तरगत शैक्षिक क्षेत्रमा प्रस्तुत गरिएको बजेटमा बढी लगानी गरिने नगरपालिकाले जनाएको छ ।

शिक्षाका लागि दिर्घकालिन र अल्पकालिन शैक्षिक योजना निर्माण गर्ने, ११  र १२ कक्षासम्म पनि कुनै प्रकारको शुल्क नलिने, विद्यालय समायोजन कार्यक्रम अघि बढाउने नीति लिएको छ ।

विज्ञापन

नगर प्रमुख जनक कुमार बोहराले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अंग्रेजी, विज्ञान गणित विषयमा सुधारात्म कक्षा सञ्चालन गर्ने, कक्षा ३, ५ र ८ मा नगर स्तरीय परीक्षा सञ्चालन गर्ने, नगरपालिकाका उत्कृष्ट विद्यालय, प्रअ, शिक्षक र व्यवस्थापन समितिलाई सम्मान गर्ने नीति पारित गरेको छ ।

बुढीनन्दाले विद्यार्थी तथा शिक्षकको सहभागीता हुने गरी विद्यालय स्तरमा योग शिविर सञ्चालन गर्ने, टोलटोलमा आमा तथा अभिभावक शिक्षा सञ्चालन गर्ने, हलिया, खलिया, दलित, जनजाती, मुस्लिम, दण्डपीडीत र अन्य विपन्न परिवारका उत्कृष्ट विद्यार्थी मध्येबाट बार्षिक रुपमा कम्तीमा २० जना विद्यार्थीलाई नगर प्रमुख छात्रवृती प्रदान गर्ने नीति लिएको छ ।

त्यस्तै नगरपालिकाले कक्षा ५, ८, १० र १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई पुरुस्कृत गर्ने, लोगसेवा आयोग तथा शिक्षक सेवा आयोग तयारी कक्षा नगरपालिका भित्रै संचालन गर्ने नीति लिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार