होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीन्दा नगरपालिकाको कार्यालयमा आगजनीको प्रयास
समाचार

बुढीन्दा नगरपालिकाको कार्यालयमा आगजनीको प्रयास

  • नागरिक रैबार
बुढीन्दा नगरपालिकाको कार्यालयमा आगजनीको प्रयास

नागरिक रैबार/बाजुरा १५ पुस।बाजुराको बुढीनन्दा नगरपालिकाको कार्यालयमा आगजनीको प्रयास भएको छ । नगरपालिकामा प्राविधिक कर्मचारीको नियुक्तीको विषयलाई लिएर विहिबार राति पालिकाको कार्यालयमा आगजनीको प्रयास गरेको नगरप्रमुख जनक कुमार बोहराले बताएका छन् ।

विहिबार रातिको आगलागीको प्रयासबाट पालिकाको जेनेरेटर मेसिन, मुख्य ढोका, र पालिकाको नयाँ भवन अगाडी राखिएको जिआईजेडको गाडीमा समेत तोडफोड भएको नगरप्रमुख बोहराले बताएका छन् ।

नगरपालिकाले पछिल्लो समय जनताका कामहरुलाई मध्येनजर गर्दै तिव्र रुपमा काम गर्न थालेपछि विपक्षीहरुले पालिकाको कार्यालयमा आगजनीकोे प्रयास गरेको नगरप्रमुख बोहराले बताएका छन् ।

विज्ञापन

नगरपालिकामा एमालेको सरकार आएदेखि नै विपक्षीहरुले नगरमा राम्रा कामहरु गर्न नदिने उद्देश्यले पालिका भित्रका सम्पतिमा पटकपटक क्षेती पुगाउँदै आएको नगरप्रमुख बोहराले बताएका छन् ।

यस भन्दा अगाडि पनि नगरपालिकाका २ वटा मोटरसाईकलमा आगजनी गरिएको थियो । त्यस्तै बुढीनन्दा नगरपालिका ७ को वडा कार्यालयमा समेत तोडफोड भएको थियो । केही महिना अगाडी मात्रै नगरपालिकाको प्राविधिक शाखामा रहेका ५ वटा ल्यापटप कम्प्युटरहरु समेत चोरी भएका थिए ।

नगरपालिकामा विभिन्न पटक श्रंखलाबद्ध तरिकाले यस्ता अपराधिक घटनाहरु घट्ने गरेको भएपनि यस्ता गतिविधिहरु नियन्त्रण गर्न प्रहरीले नसकेको नगरप्रमुख बोहराको भनाई छ ।

यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक सुर्य थापाका अनुसार हिजो राति नगरपालिकाको कार्यालयमा आगजनीको प्रयास गर्ने समूहहरुको खोज तथा अनुसन्धान भईरहेको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार