होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबारर/ बाजुरा ८ बैशाख । बाजुराकाे काेल्टीमा पनि राष्ट्रिय बाणिज्य बैंकले एटीएम सेवा सूचारू गरेकाे छ । हिजाे मात्र सदरमुकाम मार्तडीमा रहेकाे राष्ट्रिय वाणिज्य बैंकमा एटीएम सेवा सूचारू गरेकाे साे बैंकले आजबाट काेल्टीमा रहेकाे शाखामा समेत एटीएम सेवा सूचारू गरेकाे हाे । यस अघि बाजुराको कोल्टी क्षेत्रमा रहेको राष्ट्रिय बाणिज्य बैंक कोल्टी शाखामा आर्थिक […]
नागरिक रैबार/बाजुरा २५ चैत्र। बाजुरा जिल्लामा आगामी बैशाख ४ गते देखि ८ गतेसम्म टाइफाइडविरुद्धको (कन्ज्युगेट भ्याक्सिन) खोप लगाइने भएको छ । देशभरी चैत २५ देखि वैशाख १८ गतेसम्म ( २४ दिन) खोप अभियान सञ्चालन गर्ने तयारी भए अनुसार बाजुरामा पनि बैशाख ४ गते देखी ८ गते सम्म खोप लगाइने स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । […]
नागरिक रैबार/बाजुरा २४ चैत्र।नेकपा एमाले बुढीनन्दा नगरपालिकामा मेयरमा जनक कुमार बोहराको एकल उम्मेदवारी परेको छ । बुढीनन्दा नगरपालिकाको मेयरमा नेकपा एमालेको तर्फबाट नेकपा एमाले बाजुरा जिल्ला कमिटी उप- सचिव समेत रहेको बोहराको एकल उम्मेदवारी परेको हो । नेकपा एमाले बुढीनन्दा नगर कमिटिले बोहरालाई मेयरमा सर्वसम्मत तरिकाले उम्मेदवारी बनाएको हो । ०७४ को स्थानिय तहको निर्वाचनमा […]
नागरिक रैबार/बाजुरा २१ चैत्र। १३ वर्षिया बालिकालाई जवर्जस्ती करणी गर्न खोज्ले एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढीनन्दा–६ लाटुपस्तिका वर्ष २३ का बसन्त पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आमा म्यादी प्रहरी हुन सदरमुकाम मार्तडी आएको बेला मौका छोपी बालिकालाई जवर्जस्ती करणी गर्न खोजेको भनि चैत्र १८ गते जिल्ला प्रहरी […]
नागरिक रैबार/बाजुरा १४ चैत्र। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाजुरामा ८२ हजार ६ सय ९० जना मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले आईतबार २०७९ बैशाख सम्म १८ वर्ष पुरा भएका मतदाताहरुको अन्तिम नामावली सार्वजनिक गरेको थियो । जसमध्ये बाजुरामा ४२ हजार १ सय २१ पूरुष रहेका छन् भने ४० हजार […]
नागरिक रैबार/बाजुरा १३ चैत्र।निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो । आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ भने बाँकी रहेका स्थानीय तहमा जिल्ला […]
नागरिक रैबार/बाजुरा ७ फागुन। बाजुराको बुढीनन्दा नगरपालिकामा दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। शुक्रबार र शनिबार सञ्चालित विशेषज्ञ सेवासहितको निस्शुल्क स्वास्थ्य शिविरमा तेह्र सयजना स्थानीयले स्वास्थ्य सेवा लिए। बुढीनन्दा नगरपालिका र गण्डकी मेडिकल कलेज पोखराको सहकार्यमा शिविर सञ्चालन गरिएको हो। बाजुराका साथै सीमावर्ती अन्य जिल्लाका स्थानीयलाई समेत सेवा दिने उद्देश्यले शिविरका लागि पहल गरिएको […]
नागरिक रैबार/बाजुरा ४ चैत। सूचनाकाे हक सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम काेल्टीमा सम्पन्न भएकाे छ । बुढीनन्दा नगरपालिका न्यायिक समितिको आयोजनामा उक्त कार्यक्रम काेल्टीमा सम्पन्न भएकाे हाे । जिल्लाका स्थानीय तह र सरकारी तथा गैर सरकारी कार्यालयबाट जनताले सूचना पाउने अधिकारकाे बारेमा सराेकारवालाविच अन्तरक्रिया गरिएको छ । अन्तरक्रियाकाे राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीले सहजिकरण […]
नागरिक रैबार / बाजुरा ४ चैत । जिल्लाको पुर्वीउत्तरी क्षेत्रमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने निशुल्क स्वास्थ्य शिविर आजबाट संचालन भएकाे छ ।गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोग र बुढीनन्दा नगरपालिकाको आयाेजनामा काेल्टी प्राथमिक केन्द्रमा २ दिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो । शिविरकाे एक कार्यक्रमका विच पुर्वउद्याेग मन्त्री कर्णबहादुर थापाले उद्घाटन गरेका […]
नागरिक रैबार/बाजुरा २ चैत्र । जिल्लाको पुर्वीउत्तरी क्षेत्रमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरिने भएको छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र, गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोग र बुढीनन्दा नगरपालिकाको व्यवस्थापनमा चैत्र ४ र ५ गते २ दिन निशुल्क स्वास्थ्य शिविर संचालन गरिने भएको हो । शिविरमा हाडजोर्नी, गाइनोजिष्ट, नाक, […]
केन्द्रीकृत शासन व्यवस्था अनुरुप विकासका नयनले उपत्यका नेतृत्वमा पहुँच भएको स्थान बाहेक अन्य काहीं देखेन। २०७२ असोज ३ गते संघीयता समाबेशिता सहितको नेपालको संविधान निर्माण पछि सिंगो मुलुक संघ,प्रदेश र स्थानीय निर्वाचनमा हुमियो। सर्वसाधारणको दैलोदैलोमा सिंहदरवार पुग्ने कुराले एक खालको हर्ष उल्लासमय छाएको थियोे । वि सं २०७४ मा स्थानीय निर्वाचनमा नेकपा एमालेले देशै भर […]
नागरिक रैबार/बाजुरा २६ फागुन। जिल्लाको बुढीनन्दा नगरपालिकाका ३० जना जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिएको छ । नगर भित्रका ६० देखि ७० वर्ष माथि पुगेका ३० जना जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो लुगा वितरण गरिएको नगर उपप्रमुख श्रृष्टि रेग्मी बताएकि छन् । नगरपालिकाले आज एक कार्यक्रमका विच जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेको हो । […]
१ बुढीगंगा नगरपालिका- १३६५२ २ खप्तड छेडेदह गाउँपालिका-११९०६ ३ त्रिवेणी नगरपालिका – ११६०६ ४ बुढीनन्दा नगरपालिका- १०९४४ ५ बडिमालिका नगरपालिका- ९७८८ ६ स्वामिकार्तिक खापर गाउँपालिका- ७४६२ ७ गाैमुल गाउँपालिका- ६०७४ ८ जगन्नाथ गाउँपालिका – ५४९२ ९ हिमाली हिमाली गाउँपालिका- ५१८९ जम्मा : ८२११३ श्राेत : निर्वाचन आयाेग
नागरिक रैबार/बाजुरा १२ फागुन । बाजुरामा बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन ।पक्राउ पर्नेमा बाजुरा, बुढीनन्दा नगरपालिका वडा नं. ८ लमालबाडा बस्ने १९ वर्षीय धन बहादुर रावत रहेको प्रहरीले जनाएको छ । रावतले बालिकालाई केहिदिन पहिला राती पीडित सुतेको घरकोठा भित्र प्रवेश गरी जवर्जस्ती करणी गरेकोे अभियोगमा प्रहरीले पक्राउ गरेको जनाएको छ । यस […]
नागरिक रैबार/बाजुरा १२ फागुन। बाजुरामा बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढीनन्दा नगरपालिका ८ लमालबाडाका १९ वर्षिया धनबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । प्रहरीका अनुसार रावतले केहिदिन पहिला बालिका सुतेको कोठाभित्र प्रवेश गरी जवरजस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । पक्राउ […]
नागरिक रैबार/बाजुरा ५ फागुन। बाजुराको दानसगुमा जिप दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् । गएराती बुढीनन्दा नगरपालिका–५ स्थित दानसागु नजिकै जिप दुर्घटनामा परी चालक र सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मार्तडीबाट कोल्टी जाँदै गरेको से १ ज १०६२ नम्बरको जिप दानसागु नजिकैको कमारेकोटमा दुर्घटना हुँदा चालक २३ वर्षीय […]
नागरिक रैबार/बाजुरा ६ फागुन। नेकपा एमाले जिल्ला कमिटी बाजुराको दोस्रो पूर्ण बैठक कोल्टीमा सम्पन्न भएको छ । सातौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व गठन भईसकेपछि कोल्टीमा पहिलो पटक आयोजना गरिएको एमालेको दोस्रो पूर्ण बैठकले पार्टीको यस अघि बसेको पदाधिकारीको बैठकबाट गठन गरिएका विभागहरूकाे अनुमाेदन गर्ने निर्णय गरेकाे प्रचारविभाग प्रमुख काँशी विकले बताएका छन् । त्यस्तै बैठकले […]
सर्मिला रोकाया /बाजुरा : युवा संघ नेपाल बाजुराको आयोजनामा हिजो कोल्टी बजारमा विरोध प्रर्दशन गरीएको छ । युवा संघ नेपाल, अनेरास्ववियु, एकिकृत समाजवादि निकट प्रेस सेन्टर बाजुराको सहभागितामा कोल्टी बजारमा विरोध प्रर्दशन गरीएको हो । नेकपा एकिकृत समाजवादिमा आवद्ध विभिन्न संघ संगठनले एमसिसि विरुद्ध प्रर्दशन गरेका बताईएको छ । कोल्टी माथिल्लो बजार देखि तल्लो बजार […]
नागरिक रैबार बाजुरा १ फागुन । बाजुराको प्रतिनिधित्व गर्दै किड्स मोडलमा सन् २०२२ को बाजुराकी रितिका बुमि पहिलो धावक बन्न सफल भएकी छन । धेरै प्रतिभाशाली, लोकप्रिय, उत्कृष्ट ड्रेस अप र मल्टि मिडियामा उपाधि सहित उनी प्रथम रनर भएकी हुन । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न १ मटेलामा जन्म भई हाल भक्तपुरमा बस्दै आएका […]
नागरिक रैबार/बाजुरा २८ माघ । बाजुराको बडीमालिका र बुढीनन्दा नगरपालिकाको विचमा पर्ने पोरखे लेख क्षेत्रमा परेको हिउँ हप्ता वित्न लाग्दा समेत नपग्लिएपछि दैनिक आवतजावतमा समस्या भएको छ । पोरखे लेख क्षेत्रको सडक तथा पैदल बाटोमा परेको बाक्लो हिमपात नपग्लिएकै कारण बाजुराको सदरमुकाम मार्तडी देखि पूर्वी उत्तरी क्षेत्रमा संचालन हुने यातायातका साधान र पैदलयात्रा गर्ने स्थानीयहरुलाई […]