होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जनतासंग गरेका वाचा अनुसार नै काम गरिरहेका छौंः मेयर बोहरा
समाचार

जनतासंग गरेका वाचा अनुसार नै काम गरिरहेका छौंः मेयर बोहरा

  • नागरिक रैबार
जनतासंग गरेका वाचा अनुसार नै काम गरिरहेका छौंः मेयर बोहरा

नागरिक रैबार/बाजुरा ११ जेठ।बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले निर्वाचनका बेला जनतासंग गरेका बाचाहरु पुरा गर्न लागि परेको बताएका छन् ।

बुढीनन्दा नगरपालिकाको आयोजनामा पहिलो वर्षको समिक्षा कार्यक्रममा बोल्दै मेयर बोहराले चुनावताका बेला गाउँगाउँमा जाँदा गरेका बाचा अनुसारका कामहरु नगर सरकारले पहिलो प्राथमिकतामा राखेर गरिरहेको बताएका छन् ।

उनले बुढीनन्दा नगरपालिकामा पहिलो वर्ष स्वास्थ्य, शिक्षा, कृषि, विद्युत, सडक, लगायतका क्षेत्रमा काम गरेको बताए । विगतमा नगरपालिकामा सेटिगंका आधारमा काम हुने गरेको रहेछ, हामी आइसकेपछि जनताको आवस्यकताका आधारमा मात्रै काम गर्ने गरेका छाै उनले भने ।

विज्ञापन

बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा विगतमा स्वास्थ्यकर्मी नहुँदा जनताले दुख भोग्दै आएका थिए भने आफुहरु नगरपालिकामा आईसकेपछि अहिले स्वास्थ्य केन्द्रमा एमडिजिपी सहित विशेषज्ञ डाक्टरहरुले सेवा सेवा दिईरहेको छौं उनले भने ।

यस्तै नगर प्रमुख बोहराले पहिलो वर्षमा कोल्टीको प्रमुख समस्याका रुपमा रहेको खानेपानी र विजुली व्यवस्थापन गरेको बताएका छन् ।

नगरपालिकामा नगरप्रमुख युवा रोजगार कार्यक्रम मार्फत पहिलो वर्ष ४ सय जनाले रोजगार पाएको उनको भनाई छ । जनतासंगै रहेर आगामी वर्षको निति तथा कार्यक्रम ल्याउन लागेको बताए ।

सुखी जनता,समृद्ध बुढीनन्दा सहितको नारा बोकेको बुढिनन्दा नगरपालिकाले आउने बजेटको नीति तथा कार्यक्रममा सबैको सुझाव तथा सल्लाह अनुसार ल्याइने उनको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार