होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराको भौनेरा, अनाई र दानसाँगु खोलामा बेलिव्रिज निर्माण हुने
समाचार

बाजुराको भौनेरा, अनाई र दानसाँगु खोलामा बेलिव्रिज निर्माण हुने

  • नागरिक रैबार
बाजुराको भौनेरा, अनाई र दानसाँगु खोलामा बेलिव्रिज निर्माण हुने
file photo
नागरिक रैबार/बाजुरा १२ जेठ।बाजुराको बडीमालिका नगरपालिका २ को भौनेरा, ९ को अनाई खोला र बुढीनन्दा नगरपालिकाको दानसाँगुमा बेलिव्रिज पुल निर्माण गरिने भएका छन् ।
सडक निर्माण भएर यातायात संचालनमा आएका भएपनि वर्षातको समयमा यी खोलाहरुमा पक्की पुल नहुँदा यातायात सेवा बन्द हुने गरेको थियो । यी ३ वटै खोलामा बेलिब्रिज निर्माण हुने भएपछि सदरमुकाम मार्तडीसम्म बाह्रै महिना चल्ने  गरी यातायात संचालन हुने देखिएको छ ।
यी ३ वटै खोलामा बेलिब्रिज (पुल) निमार्ण कार्य अघि बढाउन मन्त्रालय स्तरीय निर्देशन जारी भएको छ । बेलिब्रिज निर्माणका लागि बाजुराका राजनीतिक दलहरुले लामो समयदेखि माग गर्दै आएका थिए । तर उक्त खोलाहरुमा बेलिव्रिज निर्माण भने हुन् सकेको थिएन् ।
बाजुरा निर्वाचन क्षेत्र (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित नरेशकुमार शाही सदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बनेपछि केन्द्रीय मन्त्रालयबाट पनि तोकेता आएको हो ।
बेलिब्रिज यसै वर्ष भित्र निर्माण गरिने बताइएको छ । बाउली अनाई, दानसाँघुमा बेलिब्रिज बने मार्तडी कोल्टी कवाडी सडक नियमित सञ्चालनमा हुने छ । भने भौनेरामा बेलिब्रिज निर्माण भए साँफे मार्तडी सडक अवरोध हुँदा पनि बैकल्पिक सडकका रुपमा प्रयोग गर्न सकिने छ ।
यता सडक डिभिजन कार्यालय साँफेबगरका कार्यालय प्रमुख बस्नेतका अनुसार मन्त्रालयबाट नितिगत निणर्य भई परिपत्र आएको छ अब तत्काल प्रक्रियामा जाने बताएका छन् ।
बाजुरामा केही वर्षदेखि कच्ची सडकबाट यातायातका साधान सञ्चालन भईरहेपनि यात्रा मौसमी हुदै आएको छ । पुल नभएका ठाउँमा बर्खा सिजनमा यातायातका साधान अवरुद्ध हुने गरेका छन् । कतिपय ठाउँमा आंशिकरुपमा यातायातका साधान सञ्चालन भएपनि खोलामा पुल नहुँदा बर्षादको बेला यहाँका स्थानीयले पैदल यात्रा गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार