होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीनन्दालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरियो
समाचार

बुढीनन्दालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरियो

  • नागरिक रैबार
बुढीनन्दालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरियो

नागरिक रैबार/बाजुरा १९ असार । बाजुराको बुढीनन्दा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । पालिकाभित्र पूर्ण खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएपछि सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो ।

राष्ट्रिय खोप तालिका अनुसार नगरका १० ओटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चितता गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।

सोमबार बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनकुमार बोहराको अध्यक्षतामा पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । नगरपालिकाले दशवटै वडाका बालबालिका खोपको पहुँचमा पुगेपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको नगर प्रमुख जनककुमार बोहराले बताएका छन् ।

विज्ञापन

बुढीनन्दा नगपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरुको अथक मेहनतले पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

कार्यक्रममा बुढीनन्दा नगरपालिका वडा नम्बर १ देखि १० सम्मका वडा अध्यक्ष र अन्य सरोकारवाला निकायका प्रतिनिधिले पूर्ण खोप सुनिश्चिततालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका थिए । पालिकाका दशवटै वडाका बालबालिकाले पूर्ण रूपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको बुढीनन्दा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार