होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • कोल्टी बजार अनुगमन, ६४ हजार बढीको सामाग्री नष्ट
समाज

कोल्टी बजार अनुगमन, ६४ हजार बढीको सामाग्री नष्ट

  • नागरिक रैबार
कोल्टी बजार अनुगमन, ६४ हजार बढीको सामाग्री नष्ट

नागरिक रैबार/बाजुरा २३ पुस। जिल्ला प्रशासन कार्यालय बाजुरा र घरेलु विकास कार्यालयको सयुक्त टोलीले कोल्टी बजार अनुगमन गरेको छ ।

कोल्टी क्षेत्रका स्थानीय तहका बजारहरुको अनुगमन गर्न मार्तडीबाट सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टसहित खटिएको टोलीले आज कोल्टी बजारको अनुगमन गरेको हो ।

May be an image of 4 people and outdoors

विज्ञापन

कोल्टी बजारको अनुगमनका क्रममा म्याद नाघेका पिठो, चाउचाउ, बिस्कुट, भुजिया, नमकिन, चिजबल, चकलेट, चुईगम, मिठाई, कोकाकोला, स्प्राईट, फान्टा, अवैध सुर्ति लगायत करिब ६४ हजार ५ सय ८४ रकम बराबरका सामग्री बरामद गरी नष्ट गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताएका छन् ।

यसै गरी जिल्लाबाट त्यस क्षेत्रमा गएको सयुक्त बजार अनुगमन टोलीले हिजो मात्रै हिमालीको धुलाचौर, जगन्नाथको पिलुचौर बजार अनुगमन गरेको थियो । धुलाचौर र पिलुचौर बजारमा अनुगमन गर्दा ६४ हजार ३ सय ६५ रकम बराबरको अखाद्य .वस्तु बरामद गरी नष्ट गरेको थियो ।

May be an image of 8 people, people standing and outdoors

कोल्टी क्षेत्रका स्थानीय बजारहरु अनुगमन गर्दा म्याद गुर्जेका, चिउरा, विस्कुट,सुजी,तेल,माउण्टेन ड्यु, मेरिण्डा, मिठाई लगायका अखाद्य वस्तु भेटिएको सहायक प्रजिअ विष्टको भनाई छ ।

May be an image of 13 people, people standing and outdoors

कोल्टी क्षेत्रका स्थानीय बजारहरुमा पछिल्लो समय कालोबजारी बढ्दै गएको जनगुनासो आएपछि जिल्लाबाट सहायक प्रजिअ विष्ट, घरेलु विकास कार्यालयका पदम ऐरी, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि लगायत नेपाल प्रहरी र शसत्र प्रहरीको टोलीले बजार अनुगमन गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार