होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीनन्दा
  • बुढीनन्दा नगर सरकारको एक वर्ष, कुल बजेटको ५१ प्रतिशत रकम खर्च
बुढीनन्दा

बुढीनन्दा नगर सरकारको एक वर्ष, कुल बजेटको ५१ प्रतिशत रकम खर्च

  • नागरिक रैबार
बुढीनन्दा नगर सरकारको एक वर्ष, कुल बजेटको ५१ प्रतिशत रकम खर्च
नागरिक रैबार/बाजुरा ११ जेठ। बाजुराको बुढीनन्दा नगरपालिकाले नयाँ जनप्रतिनिधी आएको एक वर्षको उपलव्धीको सार्वजनिक समीक्षा कार्यक्रम गरेको छ ।
दोस्रो पटकका लागि निर्वाचित भएर आएको स्थानीय सरकारले एक वर्षमा गरेका उपलव्धी र आगामी आर्थिक वर्ष ०८०/०८१ को नतिी तथा कार्यक्रममा समावेश गर्नुपर्ने योजनाको सुझाव सहितको समीक्षा गरेको हो ।
No description available.
एक वर्षका कार्यकालको उपलव्धीको सार्वजनिक सुनुवाई गर्नुका साथै नगरपालिकाले ल्याएका नीति तथा कार्यक्रमहरु कति कार्यान्वयन भए कति भएनन् , नगरले एक भित्र गरेका कामहरूबाट नगरवासीहरु सन्तुष्ट छन् कि छैनन् , आगामी वर्षबाट नगरको विकास र नगरका नागरिकको हितका लागि बनाइने कार्र्य लगायतका विषयमा समिक्षा गरिएको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।
No description available.
नगरपालिकाले कुल बजेटको ५१ दशमलव ५७ प्रतिशत खर्च गरिसकेको छ । नगरपालिकाको वार्षिक कुल बजेट ४८ करोड २५ लाख ७२ हजार ८ सय ४३ रुपियाँ २ पैसा रहेको थियो भने २४ करोड ९६ लाखा ४६ हजार ५ सय २८ पैसा ८५ पैसा खर्च गरेको छ । कुल बजेटको ५१ दशमलव ५७ प्रतिशत बजेट नगरपालिकाले खर्च गरेको छ ।
No description available.
नगरपालिकाको चालु तर्फ ३३ करोड ८८ लाख ३१ हजार ८ सय ४३ थियो भने खर्च १९ करोड ३५ लाख २२ हजार ४ सय ५६ भएको छ । चालुतर्फको कुल बजेटको ६१ दशमलव ६८ प्रतिशत खर्च गरेको छ । यस्तै पुजीगत तर्फ कुल बजेट १६ करोड ९७ लाख ३९ हजार थियो भने खर्च ५ करोड ६६ लाख २४ हजार ७२ रुपैयाँ रहेको छ । पुजिगत तर्फको कुल बजेटको ३३ दशमलव १२ प्रतिशत खर्च गरेको छ ।
२०७९ साल जेठ १० गतेका दिन बुढीनन्दा नगरपालिकामा नेकपा एमालेका जनक कुमार बोहरा नेतृत्वको सरकार विजयी भएर आएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार