होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक र खाद्यन्न सामाग्री सहयोग
समाचार

जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक र खाद्यन्न सामाग्री सहयोग

  • नागरिक रैबार
जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक र खाद्यन्न सामाग्री  सहयोग

नागरिक रैबार/बाजुरा १६ असार। बुढीनन्दा नगरपालिकाका केशर कुमार बोहराले आफ्नो जन्मदिनको अवसर पारेर एक विद्यालयलाई शैक्षिक र खाद्यन्न सामाग्री सहयोग गरेका छन् ।

जन्मदिनको अवसरमा बाेहराले बुढीनन्दा नगरपालिका वडा ९ डप्कमा रहेको श्री सिद्धेश्वरी आवासीय विद्यालयमा अध्यनरत टुहुरा,विपन्न,जनजाति,हलिया र खलिया परिवारका ६० जना विद्यार्थीहरुलाई शैक्षिक र खाद्यन्न सामाग्री सहयोग गरेका हुन् ।

अनेरास्युविका विद्यार्थी नेता र बुढीनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बाेहरा प्रमुख स्वकीय सचिव समेत रहेका   बाेहराले  आफ्नो जन्म उत्सवको अवसर परि स्टेसनरी, खाद्यान्न र खेलकुद सामग्री वितरण गरेका हुन् ।

विज्ञापन

 जन्मदिनको अवसरमा अन्य फजुल खर्च गर्नु भन्दा विपन्न परिवारका बालबालिकामा थप हौसला, उत्साह बढोस् भन्ने उदेश्यका साथ खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेको बाेहराले बताए ।

 बुढीनन्दा नगरपालिका नगरप्रमुख जनक कुमार बोहरा र नगर प्रवक्ता जंगविर राेकाया लगाएतकाे उपस्तिथीमा विद्यार्थी नेता केशर बाेहराले विद्यालयलाई शैक्षिक र खाद्यान्न  सामाग्री हस्तान्तरण गरेका हुन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार