होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सूचनाको हक सम्वन्धि बुढीनन्दामा १ दिने अन्तरक्रिया कार्यक्रम गरियो
समाचार

सूचनाको हक सम्वन्धि बुढीनन्दामा १ दिने अन्तरक्रिया कार्यक्रम गरियो

  • नागरिक रैबार
सूचनाको हक सम्वन्धि बुढीनन्दामा १ दिने अन्तरक्रिया कार्यक्रम गरियो

नागरिक रैबार। जिल्लाको बुढीनन्दा नगरपालिका सूचनाको हक सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुढीनन्दा नगरपालिकाको आयोजना र राष्ट्रिय सूचना आयोग काठमाडौको सहयोगमा उक्त अन्तरक्रिया कार्यक्रम आईतबार सम्पन्न भएको हो ।

नगरपालिकाबाट जनताले हरेक सूचनाहरू सहज रूपमा पाउन भन्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले बताएको छ ।अन्तरक्रिया कार्यक्रमकोे राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीले सहजिकरण गरेकि थिईन् ।

उनले लेख्दा सुचना माग्ने प्रक्रिया, कहाँ सूचना माग्ने , सुचना प्रबाह गर्न हुने र नहुने विषयमा प्रकश पार्नुका साथै हरेक सार्बजनिक निकायले अनिवार्य सुचना अधिकारि राख्नु पर्ने र हरेक तिनतिन महिनामा सोत प्रकशन गर्नु पर्ने कुरा कार्यक्रममा जानकारी गराएकी थिइन ।

विज्ञापन

अन्तरक्रिया कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीले हरेक सूचनामा नागरिकको पहुँच सरल र सहज बनाउन नगरपालिकालाई आग्रह गरेकी छन् ।

कार्यक्रममा बोल्दै नगरपालिकाका नगरप्रमुख जनक कुमार बोहराले सूचनाको हकबाट पालिका भित्रका कोही पनि नागरिकहरू बन्चित नगर्ने बताएका छन् । उनले सूचना पाउनु सवै नागरिकको दायित्व भएकोले नगरपालिकाले सबै नागरिकलाई सहि र सत्य सूचना प्रदान गर्ने बताएका छन् ।

नगरपालिकाका नगरप्रमुख जनक कुमार बोहराको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त कमला ओली प्रमुख अतिथि रहेकी थिइन् ।

त्यस्तै विशिष्ट अतिथिमा नगरपालिकाका नगर उपप्रमुख रामबहादुर बोहरा, प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शाह, सूचना अधिकारी रामदत्त न्यौपाने लगायत रहेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्ष, प्रहरी, विद्यार्थी संघसंस्थाका प्रतिनिधि लगायत सहभागि भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार