होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बुढीनन्दाले खरिद गर्यो डोजर, विकास निर्माणमा सहज हुने
Breaking News

बुढीनन्दाले खरिद गर्यो डोजर, विकास निर्माणमा सहज हुने

  • नागरिक रैबार
बुढीनन्दाले खरिद गर्यो डोजर, विकास निर्माणमा सहज हुने

नागरिक रैबार/बाजुरा २४ असार।बाजुराको बुढीनन्दा नगरपालिकाले नयाँ आफ्नै डोजर खरिद गरेको छ । नगरपालिकाभित्र भौतिक पूर्वाधार निर्माण तथा सडक निर्माण गर्न आफ्नै डोजर खरिद गरेको नगरप्रमुख जनक कुमार बोहराले बताएका छन् ।

नगरपालिकाको वार्षिक निति तथा कार्यक्रम अनुसार पालिकाले नयाँ डोजर खरिद गरिएको हो । डोजर खरिद पछि नगरपालिका भित्रका अवरुद्ध सडक खुलाउन तथा नयाँ सडक निर्माण गर्न सहज हुने नगर प्रमुख बोहराको भनाई छ ।

यसभन्दा अगाढी नगरपालिका भित्रका सडक निर्माण तथा मर्मत गर्नको लागि अरुका मेसिन भाडामा लिएर काम गर्नु पर्ने वाध्यता थियो । जसका कारण नगरपालिकाको खर्च बढी हुने गरेको थियो । अव आफ्नै डोजर खरिद भएपछि नगरपालिकाको खर्च कम हुने पालिकाले बताएको छ ।

विज्ञापन

नगरपालिकाले नयाँ डोजर खरिद गरेसंगै वर्षा र पहिरोका कारण अवरुद्ध हदै आएकाे मार्तडी-कोल्टी सडक र नगरपालिका भित्रका वडा कार्यालयसम्म जाने सडक मर्मत गरिने भएका छन् ।

नगरपालिकाले यस अघिको कार्यपालिकाको बैठकबाटै डोजर खरिदको निर्णय गरेको थियो। यस्तै आगामी आर्थिक वर्षको साउन भित्रै नगरपालिकामा १ एम्वुलेन्स, १ कृषि एम्बुलेन्स र १ नगर बस खरिद गरेर सेवा संचालन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार