होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ११ असाेज। बाजुराकाे सदरमुकाम मार्तडीबाट एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बुढिगंगा नगरपालिका ५ निमनि घर भई हाल मालिका नमुना माविमा कक्षा ८ मा अधययनरत सुशिल बिक रहेका छन् । उनी मार्तडीकाे जिउलामा बस्दै आएका थिए । आज विहान ६ बजेदेखि कोठाबाट बेपत्ता भएकाे उनका आफन्त जगतबहादुर विकले जानकारी दिएका छन् […]
नागरिक रैबार/बाजुरा ११ असोज। बाजुरामा पनि विश्व रेबिजविरुद्धको दिवस भव्यताका साथ मनाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराकाे आयाेजनामा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेर मनाइएको हो । सदरमुकाम मार्तडीमा बडीमालिका नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराकाे आयाेजनामा आज विहान प्रभात फेरी कार्यक्रम गरी मनाएकाे हो । […]
नागरिक रैबार/बाजुरा १० असोज ।बाजुराको बडीमालिका नगरपालिकाले मार्तडी बजार भन्दा बाहिर बाउलीमा बसपार्क बनाउन लागेको भन्दै बडीमालिका-९ का स्थानीय आक्रोसित बनेका छन् । बडीमालिका ९ को पाल्तमा करोडौं रकम खर्च गरेर निर्माण गरिएको बसपार्कलाई अलपत्र छाडेर नगरपालिकाले बजारबाहिर बाहुलीमा बसपार्क बनाउन लागेपछि बडीमालिका ९ का स्थानीय आक्रोसित बनेका हुन् । यस अघि करोडौं लगानी लगाएर […]
नागरिक रैबार/बाजुरा १० असाेज । बाजुरा सदरमुकाम मार्तडीकि एक महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बडीमालिका नगरपालिका वडा- ९ की १८ बर्षिया ललिता नेपालीले जिल्ला अस्पताल बाजुरामा २ सज्तानलाई जन्म दिएकि थिईन् । उनकाे स्वास्थ्यमा जटिल समस्या आएपछि उनकाे थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्वार गरि सुर्खेत लगिएकाे हो । जिल्ला अस्पताल बाजुराले […]
नागरिक रैबार/बाजुरा ६ असोज। खाद्य व्यवस्था तथा ब्यापार कम्पनिको मार्तडीस्थित डिपोमा अनुदानकाे चामल आइपुगेको छ । शनिवार पहिलो चरणमा २ सय क्विन्टल जिरा मसिनो चामल पुगेको कम्पनिका प्रमुख मेघराज ओझाले बताएका छन । अघिल्लो वर्षको ठेक्का अनुसारकाे मोटाे चामल गएको भदाै २४ गतेदेखि सकिएपछि मार्तडीको डिपो नै बन्द गरिएको थियो । आज पहिलो चरणमा २ सय […]
नागरिक रैबार/बाजुरा ३ असोज।बाजुराको बडीमालिका नगरपालिकाले नगरका २ सय अतिविपन्न नागरिकहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । नगरपालिकाले अति विपन्न परिवारलाई नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने भएको हो । नगरपालिकाले आज संविधान दिवसको अवसर पारेर नगरपालिकाका अति विपन्न नागरिकहरुलाई स्वास्थ्य सेवा लिन सहज होस भन्ने उद्देश्यले निशुल्क स्वास्थ्य विमा गरेको […]
नागरिक रैबार/बाजुरा ३ असोज।बाजुरा उद्योग बाणिज्य संघले भर्खैरै आउनु भएका प्रमुुख जिल्ला अधिकारी (सिडियो) भिमकान्त पौडेललाई स्वागत गरेको छ । उद्योग बाणिज्य संघले बुधबार सिडियो पौडेल र बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र साप्कोटालाई टिका, माला र डायरी दिएर स्वागत गरेको संघका वरिष्ट सदस्य सुरेन्द्र नाथले जानकारी दिएका छन् । सिडियो पौडेल र प्रमुख प्रशासकीय […]
राजेन्द्र विक बाजुरा,२ असोज।अखिल क्रान्तिकारी बाजुरा क्याम्पस इकाइ कमिटी द्वारा भलिबल प्रतियोगिता आयोजना संचालन भएको छ। हाम्रो संविधान राम्रो संविधान भन्ने मुल नाराका साथ मनाउन गइरहेको ९औं संविधान दिवसको अवसर पारी अखिल क्रान्तिकारी बाजुरा जिल्ला कमिटिको समन्वय र अखिल क्रान्तिकारी बाजुरा क्याम्पस इकाई कमिटी द्वारा भलिबल प्रतियोगिता आयोजना गरिएको अखिल क्रान्तिकारी बाजुरा बाजुरा अध्यक्ष खेमराज […]
नागरिक रैबार/बाजुरा १ असोज।बाजुरामा भर्खैरै आउनु भएका नयाँ प्रमुुख जिल्ला अधिकारी (सिडियो) भिमकान्त पौडेललाई बडीमालिका नगरपालिकाले स्वागत गरेको छ । बडीमािलका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्का लगायत नगरपरिवारको तर्फबाट सोमबार सिडियो पौडेललाई नगरपालिकाको कार्यालयमा एक औपचारिक कार्यक्रमका विच स्वागत गरिएको हो । सिडियो पौडेललाई टिका र माला लगाएर स्वागत गर्दै नगरप्रमुख खड्काले जिल्लाको शान्ति सुरक्षा र […]
नागरिक रैबार/थारु समुदायमा ‘अटवारी’ पर्व आज देखि मनाईँदै छ। एक आपसमा एकता र सम्बन्ध प्रगाढ बनाउने रुपमा लिइने ‘अटवारी’ पर्व थारु समुदायमा परम्परागत रुपमा मनाइने गरिन्छ । भाद्र महिनाको कृष्णाष्टमी पछिको शुक्ल पक्षको पहिलो आइतबारका दिन यो पर्व मनाइने गरिन्छ । थारु समुदायले आइतबारको दिनलाई ‘अटवार’ नामले चिन्ने हुँदा आइतबार यो पर्व सुरु भएर सोमबारसम्म […]
नागरिक रैबार/बाजुरा ३० भदाै। बाजुरामा प्रहरीले घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ। शनिबार जिल्लाको बडीमालिका नगरपालिका–९ गड्खेतबाट स्थानीय चक्र बडुवालको पसलबाट १ सय ८८ लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार स्थानीय व्यापारी चक्र बडुवालको पसलबाट १ सय ८५ लिटर घरेलु मदिरा बनाउन प्रयोग गरिने […]
नागरिक रैबार/बाजुरा २८ भदौ। बडीमालिका नगरपालिकाले नगरबासीहरुलाई राती ९ बजेपछि तीज विषेश कार्यक्रम नगर्न आग्रह गरेको छ । हरितालिका तिज पर्वसंगै मौलिक परम्परागत संस्कृति विग्रिने, शान्ति सुरक्षा खलबल हुने भएकोले राती तिज विशेष कार्यक्रम नगर्न आग्रह गरेको हो । राती अवेरसम्म हुने तिज विशेष कार्यक्रमले समाजमा नराम्रो सन्देश गएको जनगुनासो आएपछि नगरपालिकाले सूचना जारी भएको […]
नागरिक रैबार/बाजुरा २४ भदाै। बाजुराको सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग बल्देमा खसेको पहिरोका कारण अवरुद्ध बनेको छ । हिजोदेखिको निरन्तरको वर्षातका कारण बल्देदवारी क्षेत्रमा पहिरो खसेपछि साँफे–मार्तडी सडक अवरुद्ध बनेको हो । लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा अवरोध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । वर्षा रोकिएपछि सो क्षेत्रमा खसेको पहिरो हटाएर सडक […]
नागरिक रैबार/ बाजुराको सदरमुकाम मार्तडीमा अवस्थित बडीमालिका मन्दिरमा फेरि दलित भक्तजन माथि विभेद गरिएको छ । श्रीकृष्ण जन्माष्टमीको दिन लाग्ने पुजामा सहभागि हुन गएका दलित समुदायका युवती माथि विभेद गरिएको जनाइएको छ। पुजारीले हातमा लिएको थाली समेत बाहिर फालिदिएर टिका लगाउन अस्वीकार गरेको पीडित बडिमालिका ९ कि एक युवतीले गुनासो गरेकि छन् । बडीमालिका धार्मीक यात्राको […]
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ । पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति जाने चलन छ । यसैगरी राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै […]
२० भदौ, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ । पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति जाने चलन छ । यसैगरी राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड […]
नागरिक रैबार/बाजुरा १९ भदौ।बाजुरा जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले यो वर्षको निजामती सेवा दिवस नमनाउने भएका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीहरुले आज सयुक्त विज्ञप्ति जारी गर्दै भदौ २२ गते हुने निजामती सेवा दिवस नमनाउने भएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २२ गते निजामती सेवा दिवस मनाउन यहाँका स्थानीय तहलाई यस […]
राजेन्द्र विक बाजुरा,१७ भदौ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रिय समिती बैठकको निर्णय बमोजिम देशभर शुरु भएको जनता संग माओवादी विशेष रुपान्तरण अभियान आज बाजुराका ५ ओटा कमान्ड बाट एकसाथ शुरु भएको छ। घरघरमा माओवादी जनजनमा माओवादी भन्ने मुल नारा सहित ३ महिना सम्म संचालन हुने अभियान बाजुरालाइ ५ कमान्डमा बिभाजन गरेर आज दिउँसो […]
नागरिक रैबार/बाजुरा १७ भदाै। बाजुराकाको सदरमुकाम मार्तडीमा बडीमालिका शैक्षिक केन्द्र संचालनमा ल्याइएको छ । बाजुराको शैक्षिक क्षेत्रमा थप टेवा पुर्याउने उद्देश्यले शैक्षिक केन्द्र संचालनमा आएको हो । बडीमालिका ९ को वडा कार्यालय नजिक कार्यालय संचालन हुने गरी शैक्षिक केन्द्र संचालनमा ल्याइएको संचालक दिपक रोकायाले बताएका छन् । शैक्षिक केन्द्रले सम्पूणर् तहका ट्युसन कक्षाहरु, शिक्षक सेवा […]
नागरिक रैबार। चट्याङ लागेर बाजुरामा गएराति एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडीमालिका नगरपालिका–६ कोर्दका तुले रावलकी ११ वर्षिया छोरी प्रतिक्षा रावल रहेकी छन् । शनिबार राति स्थानीय लेकथला खर्कमा राति परेको चट्याङबाट ११ वर्षीया बालिका सगै चट्याङबाट दुई भैंसी र एक गोरुसमेत मरेका छन्।