होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को सबै तयारी सकिएको जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जंगबहादुर अर्यालले एसइई परीक्षाको सबै तयारी सकिएको जानकारी दिएका हुन्। यस वर्षको एसइई परीक्षा आगामी चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुँदै छ। ‘एसइई परीक्षाको तयारी लगभग सकिएको छ,’महाशाखा प्रमुख अर्यालले भने। राष्ट्रिय परीक्षा बोर्ड […]
नागरिक रैबार। बाजुरामा एक पसलमा आगलागी भएको छ। गएराती बिद्युतको तार सट भएर आगलागी हुँदा बडीमालिका नगरपालिका-६ का उमेश कार्किकाे पानीनाउलामा रहेकाे पसल जलेर नष्ट भएकाे हाे । विगत लामो समय साँफे- मार्तडी राजमार्ग अन्तरगतकाे नुनेपानी भन्ने ठाउँमा हाेटल व्यवसाय गर्दै आएका कार्कीको पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानसिंह भण्डारीले बताएका […]
बाजुरा केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको जुगाडा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । अपराह्न ४ बजेर ५७ मिनेटमा गएको भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा महसुस भएको थियो ।
नागरिक रैबार/फागुन २७ बाजुरा ।बाजुराकाे बडीमालिका नगरपलिका ७ मा रहेको चुथी स्वास्थ्य चौकीले आजबाट स्मार्ट हेल्थ सेवा संचालनमा ल्याएको छ । स्वास्थ्य चाैकीबाट सेवाकाे गुणस्तर सुधारका लागि स्मार्ट हेल्थ ग्लोवल परियोजना मार्फत टेलि मेडिसिन सेवा सँचालनमा ल्याईएको हो । सबै किसिमका उपाय र प्रविधिको अबलम्बन गरी नागरिकको स्वास्थ्य सेवालाई पहुँचयोग्य र गुणस्तरीय बनाउन नगरपालिकाको पहलमा […]
काठमाडौं – राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गतेका लागि तोकेको जानकारी गराएकी छिन् ।आज बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गर्दै अर्यालले राष्ट्रियसभा अध्यक्षको निर्वाचन मितिबारे जानकारी गराएकी हुन् । उपाध्यक्ष अर्यालले सङ्घीय संसद्को महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्षको निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्न निर्देशन समेत दिइन् ।भोलि राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने […]
काठमाडौँ —प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० मा संसद्मा विश्वासको मत लिने भएका छन् । सत्ता गठबन्धनको सहयात्री दल परिवर्तन गरेपछि दाहालले विश्वासको मत लिने तयारी थालेका हुन् । १४ महिनायता उनले विश्वासको मत लिन थालेको यो तेस्रो पटक हो । यसअघि गत वर्षको पुस २६ मा पहिलो पटक र चैत ६ मा दोस्रो पटक दाहालले विश्वासको मत लिएका […]
धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्रीलाई कुर्सी जोगाउन मुश्किल देखिएको छ। माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह साना दलको साथ लिएर प्रदेशसभामा विश्वासको मत जुटाउने प्रयासमा छन्। माओवादी र एकीकृत समाजवादीको समर्थन फिर्तापछि अल्पमतमा परेका मुख्यमन्त्री शाह मन्त्रिपरिषद् विस्तारको कसरतमा छन् एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री शाहको राजीनामा मागेका छन्। आफ्ना […]
काठमाडौँ — आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ । बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिब एक लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवणीरमण […]
काठमाडौं– आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ । महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी […]
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले एकीकृत समाजवादी पार्टीबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी एकजना मन्त्रीलाई बर्खास्त गरेका छन् । शाहले आर्थिक मामिला तथा योजनामन्त्री नरेशकुमार शाहीलाई बर्खास्त गरेका हुन् । यसअघि, केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरिएको थियो । अब सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेस र नागरिक उन्मुक्ति […]
काठमाडौं । आ-आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने प्रयासमा सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा व्यस्त भएका छन् । आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी अनुसार दलहरु आन्तरिक छलफलमा व्यस्त भएका हुन् । माओवादी केन्द्रका शीर्ष तहका नेताहरु मंगलबार बेलुकी छलफलमा बसेका थिए । गएरातिको छलफलबाट अघिल्लो पटक मन्त्री बनेकाहरुलाई नदोहोर्याउने समझदारी नेताहरुबीच भएको स्रोतको दाबी […]
धनगढी । केन्द्रमा कांग्रेस–माओवादीसहितको गठबन्धन भत्किएसँगै सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको छ । केन्द्रकै सत्ता समीकरण अनुसार बनेको सुदूरपश्चिम प्रदेश सरकार केन्द्रमा गठबन्धन फेरिनासाथ संकटमा पुगेको हो । प्रदेशसभामा नेकपा एमालेबाट तत्कालीन मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिन नसक्दा सबैभन्दा ठुलो दलको हैसियतले नेपाली कांग्रेसका कमलबहादुर शाह संविधानको धारा १६८ को उपधारा ३ बमोजिम […]
काठमाडौँः अन्ततः सत्ता गठबन्धन भत्किएको छ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो। आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो। कांग्रेससँगको सत्ता यात्रा सहज नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन फेर्दै आजै एमालेसहितका दल समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्। […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् ।प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुने जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘पुरानो सेट सबै चेन्ज हुन्छ । एमाले र रास्वपासहित मन्त्रिपरिषद पुनर्गठन हुन्छ ।’ स्रोतका अनुसार, अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन […]
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी […]
काठमाडौं । आज देशैभर मौसम बदली भएको छ । देशका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा भएको छ । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भएको छ । आज काठमाडौंमा पनि छिटफुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंका केही ठाउँमा बिहानै सिमसिम पानी परेको […]
नागरिक रैबार/बाजुरा १८ फागुन।बाजुरा खाद्यन्न अभाव भईरहेको बेला आयोडिन नुनको समेत अभाव हुन् थालेको छ । कोटा अनुसारको नुन समयमै आउन नसकेपछि बाजुरामा आयोडिन नुनको अभाव भएको हो । बाजुराका ४ वटा अस्थायी नुन डिपो मध्ये बाम्का बजारको डिपोमा नुनको अभाव भएको छ । बाम्का बजारमा नुन लिन आउने उपभोक्ताहरु हिजो आज रित्तै घर फर्किनु […]
नागरिक रैबार। बाजुराको गौमुल गाउँपालिकाका विकट वडाहरुमा फोर जी सेवा सञ्चालनमा आएको छ । गौमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाको अथक प्रयासपछि गाउँपालिकाका विकट वडाहरुमा फोर जी सेवा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । लामो प्रयासपछि गाउँपालिकाको केन्द्र घट्मुना र विकट वडाहरुमा पूर्ण रुपमा सेवा सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाको भनाइ छ । स्थानीय सरकार […]
नागरिक रैबार/बाजुरा १८ फागुन।बाजुराको सदरमुकाम मार्तडीमा भोलि शनिवार र पर्सि आईतबार २ दिन राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा अवरुद्ध हुने भएको छ । बाजुरा वितरण केन्द्रले आज सार्वजनिक सूचना जारी गर्दै बाजुरा वितरण केन्द्र अन्तरगत बल्दे देखि अमकोट सम्मको ३३ केभि लाईनमा ११ केभि कम्पोजिट लाईन निर्माणको काम गर्ने भएकोले मार्तडीमा २ दिन विद्युत सेवा […]
नागरिक रैबार/बाजुरा १८ फागुन।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ ले वडाभित्र रहेका टोल विकास समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गर्न १ दिने सिप विकास तालिमको आयोजना गरेको छ । ९ नम्वर वडा कार्यालयको वार्षिक कार्यक्रम अनुसार वडा भित्रका विभिन्न १६ वटा टोल विकास समितिका पदाधिकारीहरुलाई नेतृत्व विकासमा सक्षम गराउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको वडा अध्यक्ष […]