होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • बाजुरामा एक पसलमा आगलागी हुँदा मालसामान जलेर नष्ट
बडीमालिका

बाजुरामा एक पसलमा आगलागी हुँदा मालसामान जलेर नष्ट

  • नागरिक रैबार
बाजुरामा एक पसलमा आगलागी हुँदा मालसामान जलेर नष्ट

नागरिक रैबार। बाजुरामा एक पसलमा आगलागी भएको छ। गएराती बिद्युतको तार सट भएर आगलागी हुँदा बडीमालिका नगरपालिका-६ का उमेश कार्किकाे पानीनाउलामा रहेकाे पसल जलेर नष्ट भएकाे हाे ।

विगत लामो समय साँफे- मार्तडी राजमार्ग अन्तरगतकाे नुनेपानी भन्ने ठाउँमा हाेटल व्यवसाय गर्दै आएका कार्कीको पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानसिंह भण्डारीले बताएका छन् । प्रहरीका अनुसार आगलागी हुँदा ठुलो धनमालको क्षेती भएको भएकाे छ ।

विधुतको तार सट भएर पसलमा आगलागी भएको हो । आगलागीबाट  मानविय क्षेती भने कुनै भएको छैन् । हाेटल नजिकै राखिएका दुई वटा मोटरसाईकल भने जलेर नष्ट भएका छन् ।

विज्ञापन

हिजो रातीनै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली आगो नियन्त्रण लिएकाे थियाे । आगलागीबाट पसलमा कति क्षेती भएको हो भन्ने विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार