होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • एसइईको सबै तयारी पूरा, २ हजार ५७ परीक्षा केन्द्र तोकियो
देश/प्रदेश

एसइईको सबै तयारी पूरा, २ हजार ५७ परीक्षा केन्द्र तोकियो

  • नागरिक रैबार
एसइईको सबै तयारी पूरा, २ हजार ५७ परीक्षा केन्द्र तोकियो

यस वर्षको एसइई परीक्षा आगामी चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुँदै छ। ‘एसइई परीक्षाको तयारी लगभग सकिएको छ,’महाशाखा प्रमुख अर्यालले भने।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उपनियन्त्रक केवली राम अधिकारीले पनि परीक्षाको तयारी सकिएको जानकारी दिए। उनका अनुसार उक्त परीक्षाको लागि देशभर २ हजार ५७ वटा परीक्षा केन्द्र तोकिएका छन्।

विदेशमा समेत परीक्षा केन्द्र तोकिएको छ। ‘जापानमा एकवटा परीक्षा केन्द्र तोकिएको छ,’उनले भने। गत वर्षको एसइई परीक्षामा पनि जापानबाट १४ परीक्षार्थीहरू एसइईमा सहभागी भएका थिए। बोर्डले यसअघिबाटै वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरूले जापानबाटै परीक्षा दिन पाउने व्यवस्था गर्दै आएको छ।

गत वर्ष परीक्षामा केन्द्र अध्यक्ष, सहायक केन्द्र, निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी करिब ७८ हजार जनशक्ति खटिएका थिए। यस वर्षकाे परीक्षालाई पनि मर्यादित बनाउनको लागि परीक्षा केन्द्र र त्यस वरपरको सुरक्षा व्यवस्था कडा पारिने पनि बोर्डले जनाएको छ।

विज्ञापन

बोर्डका अनुसार गत वर्ष एसइई परीक्षाका लागि देशभर २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरेको थियो।  यस वर्षको परीक्षाका लागि चार लाख ८९ हजार परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ। गत वर्ष करिब ५ लाख परीक्षार्थी परीक्षामा सहभागी थिए।

एसइईमा अब ‘नन ग्रेडेड’ 

सरकारले नयाँ लेटरग्रेडिङ निर्देशिका जारी गरेको २ वर्षपछि बल्ल एसइईमा ‘नन ग्रेडेड’ गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउँदै छ। बोर्डले यो वर्षको एसइईमा ३५ प्रतिशतभन्दा कम ल्याए नन ग्रेडेड अर्थात् विद्यार्थीहरू फेल हुने जानकारी दिइसकेको छ।

परीक्षा बोर्डले २०७८ सालअघि ९ वटा तहमा विद्यार्थीको ग्रेडिङ गर्थ्यो। नयाँ लेटर ग्रेडिङ निर्देशिका लागू भएकोमा लेटर ग्रेडिङ निर्देशिका २०७८ मा ७ वटा तहमा मात्रै विद्यार्थीको ग्रेडिङ गरिने भनिएको थियो। विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याउनेको नतिजामा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था लेटर ग्रेडिङ निर्देशिकामा गरिएको थियो।

तर,यो लागू भने भएन। अघिल्लो वर्षमा पनि यसबारे अन्योल थियो। बोर्डले अन्तिममा एसइईको नतिजा सार्वजनिक गर्ने वेला कोभिडको दोस्रो लहरका कारण पठनपाठन नियमित नभएको र वैकल्पिक सिकाइ प्रणाली पनि प्रभावकारी नभएकाले निर्देशिका लागू गर्दा धेरै जना विद्यार्थी फेल हुने अवस्था देखिएपछि ‘नन ग्रेडेड’ लागू नगर्ने निर्णय गरेको जनाएको थियो।

तर,यो वर्षको एसइईमा कम्तीमा ३५ प्रतिशत ल्याउनुपर्ने र कम ल्याएमा नन ग्रेडेड हुने राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख अर्यालले जानकारी दिए। उनका अनुसार पास हुन सबै विषयमा ३५ प्रतिशतभन्दा बढी अंक ल्याउनुपर्ने छ। ३५ प्रतिशत भनेको १०० पूर्णाङ्कको परीक्षामा न्यूनतम ३५ अंक ल्याउनुपर्ने छ। नल्याए फेल हुने बोर्डले बताएको छ।

कति पटकसम्म हुन्छ मौका परीक्षा?

बोर्डका प्रशासन महाशाखा प्रमुख अर्यालका अनुसार परीक्षामा सबै विषयमा ३५ प्रतिशतभन्दा बढी ल्याउनुपर्ने छ। कम ल्याएमा माथिल्लो तहमा पढ्न पाइँदैन। त्यसैले पनि राम्रोसँग परीक्षा तयारी गर्नुपर्ने छ।

फेल भएकाहरूको हकमा ३ पटकसम्म मौका परीक्षा दिन पाइने उनको भनाइ छ। निर्देशिकाअनुसार मूल प्रमाणपत्र प्राप्त गर्न नसकेका विद्यार्थी ३ पटकसम्म २ विषयमा ग्रेड वृद्धि परीक्षामा संलग्न हुन पाउनेछन्।

ग्रेड वृद्धि परीक्षामा संलग्न हुने तथा आन्तरिक मूल्यांकनमा सहभागी भई बाह्य मूल्यांकनमा संलग्न हुन नसकेका विद्यार्थीको हकमा आन्तरिक तथा प्रयोगात्मक मूल्यांकनको अंक ३ वर्षसम्म कायम रहने व्यवस्था गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार