होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिम सरकार अल्पमतमा, मुख्यमन्त्रीलाई कुर्सी जोगाउनै मुश्किल
Breaking News

सुदूरपश्चिम सरकार अल्पमतमा, मुख्यमन्त्रीलाई कुर्सी जोगाउनै मुश्किल

  • नागरिक रैबार
सुदूरपश्चिम सरकार अल्पमतमा, मुख्यमन्त्रीलाई कुर्सी जोगाउनै मुश्किल

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्रीलाई कुर्सी जोगाउन मुश्किल देखिएको छ। 

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह साना दलको साथ लिएर प्रदेशसभामा विश्वासको मत जुटाउने प्रयासमा छन्। माओवादी र एकीकृत समाजवादीको समर्थन फिर्तापछि अल्पमतमा परेका मुख्यमन्त्री शाह मन्त्रिपरिषद् विस्तारको कसरतमा छन्

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री शाहको राजीनामा मागेका छन्। आफ्ना मन्त्री हटाइएपछि माओवादीले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ भने एकीकृत समाजवादीले पनि आफ्ना मन्त्रीलाई हटाएपछि बिहीबार समर्थन फिर्ता लिइसकेको छ। मुख्यमन्त्री शाह भने राप्रपा र स्वतन्त्र सांसदलाई साथमा लिएर सरकारलाई निरन्तरता दिने कसरतमा छन्।

विज्ञापन

नागरिक उन्मुक्ति पार्टी नयाँ गठबन्धनको सरकार गठनका लागि निर्णायक देखिएको छ। तर उन्मुक्तिले अहिलेसम्म नयाँ गठबन्धनलाई साथ दिने/नदिनेबारे ठोस निर्णय सार्वजनिक गरिसकेको छैन। तर यसअघि नै उन्मुक्तिले सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी भने गरिसकेको छ। सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि २७ सांसदको आवश्यकता पर्छ।

माओवादीका सभामुखसहित ११, एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन्। त्यतिले सरकार गठनका लागि बहुमत पुग्दैन। अर्कोतिर कांग्रेसका १८, नागरिक उन्मुक्तिका ७, राप्रपा एक र स्वतन्त्र एक सांसद छन्। नागरिक उन्मुक्ति, राप्रपा र स्वतन्त्र सांसदलाई साथमा लिन सके वर्तमान सरकारको बहुमत पुग्ने सम्भावनालाई कांग्रेसले नियालिरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार