होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिममा समाजवादीका मन्त्री बर्खास्त, अल्पमतमा सरकार
देश/प्रदेश

सुदूरपश्चिममा समाजवादीका मन्त्री बर्खास्त, अल्पमतमा सरकार

  • नागरिक रैबार
सुदूरपश्चिममा समाजवादीका मन्त्री बर्खास्त, अल्पमतमा सरकार
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले एकीकृत समाजवादी पार्टीबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी एकजना मन्त्रीलाई बर्खास्त गरेका छन् । शाहले आर्थिक मामिला तथा योजनामन्त्री नरेशकुमार शाहीलाई बर्खास्त गरेका हुन् । यसअघि, केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरिएको थियो ।
अब सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका मन्त्री मात्रै सरकारमा सहभागी छन् । मुख्यमन्त्रीसहित दुई मन्त्री कांग्रेस र एक मन्त्री र एक राज्यमन्त्री नागरिक उन्मुक्ति पार्टीका छन् । योसँगै मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका छन् । उनीसँग अब २५ जना मात्रै प्रदेशसभा सदस्य छन् । ५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका एक प्रदेशसभा सदस्यको निधन भएपछि हाल ५२ सदस्य छन् । सरकारमा बहुमत पुर्‍याउनका लागि २७ सांसद आवश्यक पर्छ । माओवादीका सांसदले सरकारलाई दिएको सर्मथन फिर्ता लिइसकेका छन् ।
सुदुरपश्चिम प्रदेशमा नयाँ सरकार गठन पेचिलो बन्ने देखिएको छ । नागरिक उन्मुक्ति पार्टीले निर्णय नगरेसम्म कुनै पक्षले पनि सरकार बनाउन सक्ने अवस्था छैन । कान्तिपुरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार