होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । आज राष्ट्रिय प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । गणतन्त्र स्थापनापछि केही समय ओझेलमा परेको यो दिवसलाई यस वर्ष सरकारले थप महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । दिवसको अवसरमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिएको छ […]
नागरिक रैबार/ बाजुरा। नेकपा एमाले बाजुराका अध्यक्ष भरतबहादुर थापाले बुढीगंगा नगरपालिका– २ बल्देमा रहेको अनाथालयलाई सहयोग गरेका छन् । शनिबार आफ्नो जन्मदिनको अवसर पारेर एमाले बाजुराका अध्यक्ष थापाले फजुल खर्चलाई रोकेर विपन्न र अनाथ बालबालिकालाई सहयोग गरेका हुन् । पार्टीका सचिव हुँदा गत वर्ष पनि जन्मदिनको अवसरमा कन्सर्न बाजुरामा रहेका अनाथ बालबालिकालाई शैक्षिक सामाग्री पाँच […]
नागरिक रैबार/बाजुरा १ फागुन। बाजुराकाे बुढीगंगा नगरपालिका- ७ काे वडा कार्यालयमा लगाईएकाे ताला २३ दिनपछि खुलेकाे छ । बुढीगंगाका नगर प्रमुख राम बहादुर बानियाँको उपस्थितिमा आज २३ दिनपछि वडा कार्यालयकाे ताला खुलाईएकाे हाे । वडामा रहेका समस्या आगामी दिनमा सहकार्य र छलफलका आधारमा समाधान गर्ने सहमति अनुसार वडामा लगाएकाे ताला खुलाईएकाे हाे । माघ ९ […]
बाजुराः सुदूर पहाडका विकट वस्तीमा खाद्यन्नको आपुर्ति सहज छैन्।समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यन्नको ढुवानी नगर्दा स्थानीयले दुःख पाउने गरेका छन्। बाजुरा सदरमुकाम मार्तडीमा रहेको खाद्य कम्पनीमा चामल किन्नेको भिड नै लाग्ने गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सस्तो मूल्य पर्ने मोटा चामल बिक्री गर्न थालेपछि किन्नेको भिड नै लाग्ने गरेको हो। सो […]
नागरिक रैबार। बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिकाले १४ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न पदक जितेका खेलाडीलाई नगदसहित सम्मान गरेको छ । गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार पालिकाबाट शिल्डमा सहभागी भएका खेलाडीलाई स्वर्ण,रजत र कास्य पदक विजेतालाई नगद सहित सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन् । खेल क्षेत्रको प्रवद्र्धन र खेलाडीलाई खेलकुदमा […]
नागरिक रैबार/बाजुरा २९ माघ। जिल्लाकाे खप्तड छेडेदह गाउँपालिकाले जिल्लामा भर्खरै मात्र सम्पन्न भएकाे राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गरेको छ । माघ १५ देखि बुढीनन्दा नगरपालिकाकाे कोल्टीमा आयाेजना भएकाे १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा पालिकाकाे तर्फबाट प्रतियोगितामा सहभागि मध्येबाट पदक जितेका खेलाडीलाई पालिकाले नगद सहीत सम्मान गरेको गाउँपालिकाका अध्यक्ष दिलबहादुर […]
नागरिक रैबार/बाजुरा २९ माघ। बाजुराको बडीमालिका नगरपालिकाकाे नगरसभा तथा १४ औ हिउँदे अधिवेशन सम्पन्न भएकाे छ । बडीमालिकाकाे आज सम्पन्न १४ औँ नगरसभामा ऐन, नियमावली, र १० वटा कार्यविधिहरू पारित गरिएका छन् । नगरपालिकाले आर्थिक बर्ष २०८०।८१ मा ४५ करोड १२ लाख २१ हजार ४ सय बजेट बिनियोजन गरेकोमा सो चालू आवकाे ७ महिनामा कुल […]
नागरिक रैबार/बाजुरा २८ माघ । नेकपा एमाले बाजुराले पार्टीकाे आठाैं जिल्ला अधिवेशन आउँदाे चैत १६-१७ गते गर्ने निर्णय गरेकाे छ । आईतबार आज दिउसाे नवनिर्वाचित जिल्ला अध्यक्ष भरत बहादुर थापाकाे अध्यक्षतामा बसेकाे ११ औ जिल्ला कमिटीकाे बैठकले आठौं जिल्ला अधिवेशन चैत १६-१७ गते सदरमुकाम मार्तडीमा गर्ने निर्णय भएकाे पत्रकार सम्मेलनमा जानकारी गराईएकाे छ ।
नागरिक रैबार/बाजुरा २८ माघ। नेकपा एमाले जिल्ला कमिटी बाजुराको अध्यक्षमा भरत बहादुर थापा चयन भएका छन् । जिल्ला कमिटी अध्यक्ष काली बहादुर शाही र उपाध्यक्ष भरत बुढा प्रदेशमा निर्वाचित भएपछि आज बसेकाे जिल्ला कमिटीकाे बैठकले रिक्त रहेकाे अध्यक्ष पदमा भरत बहादुर थापालाई जिम्मेवारी दिने निर्णय गरेको हो । त्यस्तै उपाध्यक्षमा उपसचिव जनक कुमार बोहारा, सचिवमा […]
नागरिक रैबार/बाजुरा २४ माघ । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ७ का भुकम्प प्रभावित १ सय १५ परिवारलाई राहत वितरण गरिएको छ । नेपाल रेडक्रम सोसाइटी बाजुरा शाखासँगको सहकार्यमा वडा कार्यालयले वडाका भुकम्प प्रभावित १ सय १५ परिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष खगेन्द्र रावतले बताएका छन् । वडा अध्यक्ष रावतका अनुसार भुकम्पबाछ प्रभावित […]
धनगढीः सुदूरपश्चिममा आफ्नो प्राण आफै परित्याग गर्नेको संख्या बढेको छ। कर्तव्य ज्यान, फुटकर/भवितव्य ज्यान, देहत्याग र आत्महत्या दुरुत्साहन गरेर गत वर्ष एक हजार एक सय ५४ जनाले प्राण त्याग गरेको पाइएको छ। प्रदेशभित्र देहत्याग गर्नेको संख्या डरलाग्दो रुपमा बढेको छ। आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी पाँच सय ५६ जनाले देहत्याग गरेका छन्। आफैले आफैलाई […]
काठमाडौँ । सङ्घीय संसद्को तेस्रो अधिवेशनको सुरुमै प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आगामी फागुन ६ गते आइतबार सो कार्यक्रम हुने जानकारी गराएका हुन् । उनले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सो प्रश्नोत्तर कार्यक्रम तय गरिएको पनि बताए । प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि […]
नागरिक रैबार/बाजुरा २४ माघ। बाजुराको बुढीगंगा नगरपालिकाको नवौं नगरसभा विभिन्न निति नियम, ऐन कानुन र कार्यविधि पारित गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वाधार, सुरक्षीत र समृद्ध बुढीगङ्गा बिकासको आधार, भन्ने मुल नाराका साथ मंगलबार बुढीगंगाको नवौं नगर सभा सम्पन्न भएको हो । नगर सभाबाट नगर प्रहरी ऐन २०८०, […]
नागरिक रैबार/बाजुरा २३ माघ । बाजुराको बडीमालिका नगरपालिकाले १४ औं नगरसभा तथा हिउँदे अधिवेशन यहि माघ २९ गते गर्ने निर्णय गरेको छ । सोमबार नगरपालिकामा बसेको ३३ औं नगरकार्यपालिकाको बैठकबाट सो निर्णय भएको नगर प्रवक्ता धर्मराज पाध्यायले जानकारी दिए । नगरप्रमुख अमरबहादुर खड्काको अध्यक्षतामा बसेको उक्त बैठकले नगरपालिकामा १७ गतेबाट प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका […]
धनगढी— सुदूरपश्चिम प्रदेशमा एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि ९ जना विद्यार्थी छनौट भएका छन्। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि पौष ५ गते प्रकाशित सूचना अनुसार आवेदन पेश गर्ने आवेदकमध्ये खुलातर्फ पाँच र समावेशीतर्फ चार जना गरी ९ जना छनौट भएका छन्। एमबीबीएस अध्ययन छात्रवृत्तिमा खुलातर्फ पाँच जना छनौट भएका छन्। बाजुराकाे स्वामिकार्तिक […]
नागरिक रैबार/बाजुरा २३ माघ । बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापाको पहलमा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । सोमबार बडीमालिका–८ स्थित रतुडामा रहेको जनप्रकाश आधारभूत विधालयमा अध्ययनरत १७ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री अन्तरगत स्कुल ड्रेस, स्टेशनरी र चिसो छल्न न्यानो कम्वल (ब्लाँकेट) वितरण गरिएको वडा अध्यक्ष चन्द्रबहादुर थापाले बताएका […]
नागरिक रैबार/बाजुरा २२ माघ। प्रेस चौतारी नेपाल बाजुराले आफ्नो २६ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि भव्य रुपमा मनाएको छ । स्थापना दिवसको अवसरमा दुई जना कृयाशिल पत्रकारलाई सम्मान गरेको छ। सम्मानित हुनेमा गगन बाणी अनलाइनका पत्रकार गगन अएडी र पत्रकार बिमला रावल रहेका छन । बाजुरा शाखाले प्रत्यक बर्ष बिनोद कुमार विक स्मृती पत्रकारीता […]
नागरिक रैबार/बाजुरा २१ माघ। १४ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुढिनन्दा नगरपालिकाले जितेकाे छ । जिल्लाका अन्य ८ पालिकालाई पराजित गर्दै बुढीनन्दा नगरपालिकाले १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि जितेकाे हाे । माघ १५ गतेदेखि बुढिनन्दा नगरपालिकाको कोल्टी स्थित जनप्रकाश माविमा सञ्चालन भएको प्रतियोगिता आज सम्पन्न भएको हो । उक्त १४ […]
राजेन्द्र विक बाजुरा,२१ माघ। बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर २ लुमाकी २८ बर्षीया गर्भवती सुकिलि शार्किको मृत्यु भएको छ। सुत्केरी ब्यथा लागेर प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिमा आएकी गर्भवति शार्किको अप्रेसन गरेर बच्चा निकाल्नु पर्ने भएको र त्यो कोल्टिमा सम्भब नभएपछी रास्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपालि सेनाको हेलिकप्टर मार्फत शनिबार कोल्टी बाट सुर्खेत उद्धार गरिएको थियो।कर्णालि […]
बाजुरा। स्थानीय तहको संस्थागत क्षमता स्व–मुल्याङ्कन (लिजा) मा बाजुराका जगन्नाथ गाउँपालिका र बुढीगंगा नगरपालिका पनि उत्कृष्ट ५ पालिका भित्र परेका छन् । सुदूरपश्चिमका ८८ पालिका मध्ये बाजुराका जगन्नाथ र बुढीगंगा परेका हुन् । जिल्लाको मूल्याकंनमा पहिलो जगन्नाथ र दोस्रोमा बुढीगंगा नगरपालिका परेका थिए । दुबै पालिकालाई प्रदेश सरकारको मूल्याकंनमा उत्कृष्ट पाँच भित्र राखिएको छ । […]