होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • टोल विकास समितिका सदस्यको क्षमता अभिवृद्धि गर्न सिप विकास तालिम
समाचार

टोल विकास समितिका सदस्यको क्षमता अभिवृद्धि गर्न सिप विकास तालिम

  • नागरिक रैबार
टोल विकास समितिका सदस्यको क्षमता अभिवृद्धि गर्न सिप विकास तालिम

नागरिक रैबार/बाजुरा १८ फागुन।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ ले वडाभित्र रहेका टोल विकास समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गर्न १ दिने सिप विकास तालिमको आयोजना गरेको छ ।

९ नम्वर वडा कार्यालयको वार्षिक कार्यक्रम अनुसार वडा भित्रका विभिन्न १६ वटा टोल विकास समितिका पदाधिकारीहरुलाई नेतृत्व विकासमा सक्षम गराउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको वडा अध्यक्ष सूर्यकिरण विकले बताएका छन् ।

No description available.

विज्ञापन

वडामा रहेका १६ वटै टोल विकास संस्थाका प्रमुख पदाधिकारीहरुलाई लक्षित गरी आयोजना गरिएको १ दिने उक्त तालिममा नेतृत्व सिप विकास, वडाको विकासका लागि टोल समितिको भुमिका, टोल विकास समितिको संस्थागत क्षमता अभिवृद्धि, टोल विकास समिति संचालर्न, टोल विकास समितिका काम, कर्तव्य र अधिकार, माइन्यूट लेखन लगायतका विषयमा पत्रकार बसन्त विश्वकर्माले प्रशिक्षण गरेका थिए ।

No description available.

वडा अध्यक्ष सूर्यकिरण विकको अध्यक्षतामा आयोजना गरिएको उक्त तालिम वडाकै हलमा संचालन गरिएको थियो । तालिम समापनमा मन्तव्य राख्दै वडा अध्यक्ष विकले टोल विकास समितिका सदस्यहरुको क्षमता अभिवृद्धि गर्न वडाले आगामी दिनमा समेत विभिन्न तालिम गोष्ठी, अभिमुखिकरण, अन्तरक्रिया लगायतका कार्यक्रम गर्ने योजना रहेको बताएका छन् ।

तालिम पश्चात सहभागिहरुले तालिम लिन पाउँदा समग्र वडा नम्वर ९ को विकासका लागि आगामी दिनमा टोल स्तरमा काम गर्न सजिलो हुने बताएका थिए । तालिममा वडा भित्रका १६ वटै टोलका अध्यक्ष, सचिव र कोषाध्यक्ष, वडा समितिका सदस्य र अगुवा लगायत ६० बढी जनाको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार