होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
रमित विक/बाजुरा ५ भदाै। बडीमालिका नगरपालिकाका ५ जना वडा अध्यक्षले सामुहीक राजीनामा पेश गरेका छन् । बहुमतको दम्भ देखाएर विधि विपरित एकलौटी निर्णय निर्णय र समितिका सदस्यलाई समेत जानकारी नदिई मानेमानी गर्ने क्रम नरोकिएकोले पाँच जनाले सामुहीक रुपमा राजीनामा दिएका हुन् । नगर कार्यपालिकाको बैठकमै विकास समितिका सदस्य नरहने गरि नेकपाबाट जितेका पाँच जना वडा […]
नागरिक रैबार/बाजुरा ५ भदौ । बाजुराको बडीमालिका नगरपालिकाका सूचना अधिकारी हेम थापाले नगरपालिकाबाट नियमित तलव पाएको भएपनि नगरपालिकाले पद अनुसार आफुलाई कुनैपनि सूचना प्रदान नगरेको बताएका छन् । नगरपालिका भित्रका कुनै पनि सूचनाहरु आफु सूचना अधिकारी भएपनि आफुलाई कार्यालयले कुनै पनि सार्वजनिक सूचनाहरुको बारेमा जानकारी नगराउँदा समस्या भईरहेको गुनासो गरेका छन् । नगरपालिकामा हुने विभिन्न […]
नागरिक रैबार/ बाजुरा ५ भदौ। बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा जातीय विभेदकाे गरेकाे आरोपमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । हिमाली गाउँपालिकाको वडा नं. ६ धिममा भदौ २ गते लागेको खौं मेला हेरेर दलित अधिकारकर्मी गोरखबहादुर शार्की र उनकी श्रीमति आप्सरी ऐडी शार्की राति आफ्नाे घरमा सुतिरहेको बेला हिमाली गाउँपालिका अध्यक्ष मल्लका छोरा र भतिजाले […]
डोटी। दुई वर्षदेखि समिति गठन हुन नसक्दा खप्तड क्षेत्र पर्यटन विकास समिति लथालिंग हुन थालेको छ। समिति गठन नभएकै कारण पछिल्लो दुई वर्षयता कार्यालय निस्कृय अवस्थामा रहेको छ। समिति नबनेका कारण दुई वर्षदेखि कार्यालयबाट कुनै पनि काम काज हुन नसकेको स्थानियबासी बताउँछन्। समिति नबनेका कारण कर्मचारीले गत आर्थिक वर्षयता १३ महिनाको तलबसमेत नपाएका समितिका शाखा […]
कृष्ण ओली/बाजुरा ४ भदौ । कार्यालय परिसरबाटै बजारबाट आउने ढलको पानी बग्ने गर्छ । बर्षादको पानीसहीत होटल पसलबाट फालिएका फोहर समेत ढलमै मिसिएर बग्ने गर्छ । जसका कारण कार्यालय परिसर नै दुर्गन्धीत मात्र छैन्, कार्यालय अगाडिको पर्खाल समेत भत्किने अवस्थामा पुगेको छ । तर पनि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुरा चुपचाप सहन […]
४ भदौ, डडेल्धुरा। सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका अवसरमा प्रदेशभरि यही भदौ ६ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गौरा पर्व’का अवसरमा आगामी शुक्रबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो । साथै मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमुदायमा गौरा पर्वका अवसरमा शुभकामनासमेत व्यक्त गरेको […]
नागरिक रैबार/बाजुरा २ भदौ । बाजुराको सदरमुकाम मार्तडीसंगै जोडिएको बडीमालिका नगरपालिका वडा ७ स्थित लक्ष्मी माद्यामिक विद्यालयमा शौचालयको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ । वि.स.२०३७ सालमा स्थापना भएको यस विद्यालयमा हालसम्मपनि खानेपानी नियमित हुन नसक्दा विद्यालयमा रहेका शौचालयहरु विद्यालय दुर्गन्धित बन्दै गएको छ् । विद्यालयमा शौचालयहरु निर्माण गरिएका छन् तर शौचालय प्रयोग गर्ने पानी […]
नागरिक रैबार/बाजुरा २ भदौ । सहयोगी हातहरुको समूह (सहास) नेपालले बाजुरामा २४ औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । वि.स. २०५३ सालमा ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सहास नेपालले आफ्नो २४ औं वार्षिकोत्सव बाजुरामा पनि भव्यताका साथ मनाएको हो । सहास नेपालले २४ औ बार्षिक उत्सवको अबसरमा बडिमालिका नगरपालिका, खप्तड छेडेदह गाउँपालिका र गौमुल […]
रमित विक/भदौ २ बाजुरा । गत साउन ३२ गते राती परेको अबिरल बर्षाका कारण अवरुद्ध साँफे मार्तडी सडक पुनः सुचारु भएको छ । साँफे मार्तडी सडकखण्ड अन्र्तगत पर्ने थुवाकाँधमा सडक माथिबाट पहिरो संगै ढलेको सल्लाको रुखलाई पन्छ्याएपछि सडक नियमित सुचारु भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटको नेतृत्वमा पहिरो संगै […]
रमित वि.क./भदाै १ बाजुरा । महिनावारी र सुत्केरी महिलाहरुलाई दुधदही नदिने प्रचलन कायमै रहेको पाईएको छ । सामान्य अवस्था भन्दा महिनावारी र सुत्केरी भएको बेला महिलालाई बढी पोषिलो खाद्य वस्तुको आवश्यकता पर्ने गर्दछ । तर रुढीबादी परम्परा र अन्ध विश्वासका कारण बाजुराका अधिकाँस समाजमा अहिलेपनि महिलाहरुलाई दुधदही जस्ता पोशिलो खानेकुराबाट बन्चित गरिदै आएको बडिमालिका नगपालिका–७ […]
काठमाडौं, ३२ साउन । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको गौरा अर्थात् दुर्वाष्टमी पर्व भाद्र कृष्णअष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीकै दिन मनाउनुपर्ने जनाएको छ । भाद्र शुक्लअष्टमी अघि अगस्ति तारा उदय नभएको वर्ष शुक्लअष्टमीका दिन गौरा पर्व मनाइन्छ । यसवर्ष भाद्र शुक्ल अष्टमीको अघिल्लो दिन अगस्ति तारा उदय हुने भएकाले भाद्र कृष्णअष्टमीकै दिन पर्व मनाउने निर्णय […]
नागरिक रैबार बाजुरा ३१ साउन बडीमालिका नगरपालिका वडा नंं ८ स्थित राप्कबाट नगदसहित ५ जुवाडेलाई प्रहरीले रंगेहात पक्राउ गरेकाे छ । विहिबार सांझ काेठामा नखद सहित जुवा खेलिरहेकाे अबस्थामा प्रहरीले ५ जना जुवाडे पक्राउ गरेको हाे । जुवा खेलिरहेकाे ठाउँबाट प्रहरीले ३४ हजार १३ रुपैया नगदसहित ५ जनालाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले […]
नागरिक रैबार/बाजुरा ३१ साउन। बडीमालिका नगरपालिकाले आर्थिक बर्ष २०७५/०७५ को पहिलो समिक्षा पत्रकाहरुसँग गरेको छ । नगरपालिकाले शुक्रबार नेपाल पत्रकार महासंघ सुदूरपश्चिम कार्य समितिका पदाधिकारीहरुसँग गरेको हो । नगरपालिकाले गत आर्थिक वर्षको नीति तथा कार्यक्रम र कार्यन्वयन गरेको बजेट प्राप्त उपलब्धीका बारेमा छलफल तथा समिक्षा गरिएको छ । नेपाल पत्रकार महाँसँघ प्रदेश कार्यसमितिका पदाधिकारीहरु जनै […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्कुल विभागको नेतृत्व ईश्वर पोखरेलले पाएका छन् । शुक्रबार बसेको सचिवालय समितिको बैठकले उनको जिम्मेवारी टुंग्याएको हो ।
कालिकोट : मध्य तथा सुदूरपश्चिमको महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल बढीमालिका माइको दर्शन गर्न एक हप्ता अगाडी गएका तीर्थालु फर्किएका छन्। हरेक वर्ष साउन जनै पूर्णिमाको अधिल्लो दिन अर्थात् साउन २९ गते लाग्ने धार्मिक मेला पवित्र धाम त्रिवेणीमा स्नान गरी बढीमालीका माइको दर्शन तथा पूजापाठ गरेर तीर्थालु घर फर्किएका हुन्। वृद्ध बुवासहित कालिकोटको रास्कोटबाट बढीमालिका गएका हंशराज […]
धर्मराज सुनार/ बाजुरा बाजुरा ३० साउन । स्वामिकार्तिक खापर गाउँपालिकाको वडा नं. १ मा बुधवार राति परेको अविरल वर्षाका कारण पहिरो जाँदा लाखौंको क्षती भएको छ । अविरल बर्षा संगै आएको पहिरोले वडा नं. १ का दर्जनौं बस्तिमा क्षेति पुगाएको छ । स्वामिकार्तिक खापर गाउपालिका वडा नं १ मा पर्र्ने जोरु, खुईकोट, मानाकोटी, रुढी, बर्कु, […]
काठमाडौं, साउन ३०-कार्यालयमा काम गरिरहेका म्यादीको बेनी नगरपालिका २ का वडाध्यक्ष हिराबहादुर थापालाई मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरिएको छ। बिहीबार बिहान ११ बजे वडा कार्यालयमा काम गरिरहेका थापालाई मोसो र माला लगाइएको हो। मोसो लगाउने समूहको पहिचान भइनसकेको तर नेत्र विक्रम चन्द विप्लव समूहले लगाएको हुन सक्ने आशंका गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर […]
नागरिक रैबार /बाजुरा २९ साउन। नागरिक रैबारका समाचार संयोजक पत्रकार प्रमित विकलाई पृति शोक परेको छ । पत्रकार विकका बुवा तुला लवारको बुधबार दिउसो ३ बजे ४२ वर्षको उमेरमा गौमुल गाउँपालिका वडा नं. ६ बाम्नीमा आफ्नै घरमा असामयिक निधन भएको हो । कामको शिलसिलामा पत्रकार विकका बुवा तुला लवार भारतमा बस्दै आएका थिए । उनलाई […]
प्रमित विक/बाजुरा २७ साउन। व्यापार–व्यवसाय गरौ भने लगानि गर्न पैसा छैन् । विहान बेलुका छाक टार्न धौ–धौ छ उमेरले ६० पुगिसकेका गौमुल गाउँपालिका –६ बाम्नीका गगने ल्वारको गुनासो छ । उनी परम्परागत आरन पेशाबाटै जीवन निर्वाह गर्छन् । विहान देखि फलामसंगं फौठेजोरी गर्दै उनको दिनचर्या यसैमा वित्ने गरेको छ । उनको यो मेहनतले फलामबाट भाडाकुडा […]
राजेन्द्र बिक/ बाजुरा २६ साउन । उमेर पुगेर पनि बिद्यालय भर्ना नभएकि बडीमालिका नगरपालिका वडा न ८ झराउले गाउँ कि ७ बर्सकी सरिता अयडीलाई स्कुल भर्ना गरिएको छ । सुन्न र बोल्न नसक्ने अबस्था भएकि सरितालाई बुढिगंगा नगरपालिका वडा न ५ स्थित थुमा माबिमा संचालित विशेष कक्षा अन्तर्गतको कक्षा १ मा भर्ना गरिएपछि उनी खुशी […]