होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा तीजको धमाका सूरु (तस्विर सहित) हेर्नुस
Breaking News

बाजुरामा तीजको धमाका सूरु (तस्विर सहित) हेर्नुस

  • नागरिक रैबार
बाजुरामा तीजको धमाका सूरु (तस्विर सहित) हेर्नुस

नागरिक रैबार/ बाजुरा १४ भदौ। हिन्दु नेपाली नारीहरुको महानपर्व हरितालिका आउन अझै केही दिन बाँकि छ तर बाजुरामा भने तीजको रौनकताले महिलाहरुमा छाईसकेको छ ।


हरितालिका तीजको अवसरमा प्रत्येक वर्ष बाजुराका महिलाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउँदै आएका छन् ।
यो वर्षपनि तीज आउन दुईदिन मात्रै बाँकी रहँदा सदरमुकाम मार्तडीका महिलाहरुले नाचगान, तीजको दर खान सुरु गरिसकेका छन् ।

शनिबार मात्रै बडीमालिका नगरपालिका भित्रका महिलाहरुलाई तीजको दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । यस अघि त्रिवेणी नगरपालिका र गौमुल गाउँपालिकाले तीजको अवसरमा शुभकामना आदान प्रदान तथा महिलाहरुलाई तीजको दर खुखाउने कार्यक्रम गरिसकेको छ ।

विज्ञापन

तीजको रमझम सूरु भएसंगै सदरमुकाम मार्तडी, कोल्टी, बेतामाण्डौ, गौमुल, बाम्का बजार आटिचौर लगायतका क्षेत्रमा तीजको रौनकताले छाईसकेको छ ।

तीजको अवसरमा महिलाहरुले तीजका गीतहरुमा नाचगान गर्दै रमाईलो गरिरहेका छन् ।
यस अघि जिल्लाको बडीमालिका नगरपालिकाले भदौ १४ गतेबाट यस वर्षको तीज पर्वलाई बडीमालिका नगरपालिकामा व्यवस्थित रुपमा मनाउनका लागि सर्वपक्षिय निर्णय गरेको थियो ।

तर सदरमुकामका महिलाहरुले भदौ १० गतेदेखिनै तीज मनाउन सूरु गरिसकेका थिए । नगरपालिकाको निर्णयको अवज्ञा गर्दैै सदरमुकाम मार्तडीमा भने महिलाहरुले राती अवेर सम्म तीज पर्वलाई मनाउने गरेका छन् ।
मार्तडीको दुनीहाटबजार, लोकतान्त्रिक चोक, जिउलाबजार लगायतका साँझ ७ बजेपछि तीजका गीत बज्ने गरेका छन् भने विभिन्न गल्ली–गल्लीमा तीजको रौनकता बढेको देख्न सकिन्छ । तीजकै अवसरमा यहाँका महिलाहरुले तीजमा महङ्गा गर–गहना किनेका छन् । जिल्लाका अधिकाँस ठाउँमा महिलाहरुले तीजमा छमछम गर्दै नाचेर रमाइलो गर्दै दर खाने कार्यक्रम समेत चलाईरहेका छन् । यस वर्षको तीज पर्व भदौ १६ गतेका दिनबाट सूरु हुने भएको छ ।
बजारमा चहल–पहल बढ्यो
सदरमुकाम मार्तडी लगायत जिल्लाका अन्य बजारहरुमा चहल पहल बढेको पाईएको छ । सधै जसो सुनशान हुने सदरमुकाम मार्तडी बजारमा तीज पर्व नजिकिएसंगै व्यापार व्यवसाय पनि बढेको छ । तीजकै सर–सामान किन्नका लागि अहिले बजारमा महिलाहरुको भिड नै लागेको देखिन्छ ।


तीज सुरु हुनुभन्दा पुर्व खासै ग्राहकहरु आउँदैनथे हिजो आज पसलमा तीजका सामानहरु धमाधम विक्री भईरहेका छन् मानसरोवर जनरल स्टोरका व्यापारी चक्रबहादुर मल्लले बताए ।


विगत ५ वर्षदेखि महिलाहरुकै श्रृगारका सामाग्री विक्रि गर्दै आएकी गैरीबजारकी प्रमिला कार्की भन्छिन् विगतमा पसलमा सामान्य व्यापार हुन्थ्यो अहिले विगतका वर्ष भन्दा यस वर्ष तीजका लागि आकर्षक श्रृगारका सामाग्रीहरु ल्याएपछि व्यापार ह्वात्तै बढेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार