होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • बाजुराका लालबहादुर भारतमा बेपत्ता
स्वास्थ्य-जीवनशैली

बाजुराका लालबहादुर भारतमा बेपत्ता

  • नागरिक रैबार
बाजुराका लालबहादुर भारतमा बेपत्ता

नागरिक रैबार/बाजुरा १७ भदौ। बाजुराको बडीमालिका नगरपालिका वडा नं. ९ गैरीबजारका २४ वर्षिया लालबहादुर विक भारतको दिल्लीस्थित रानीवाग महेन्द्र पार्कबाट सोमबार बेपत्ता भएका छन् ।
टाउकोको उपचारका लागि डेढसाता अघि मात्र बाजुराबाट भारत गएका विक सोमबार दिल्लीस्थित महेन्द्रपार्कबाट एकाएक बेपत्ता भएको उनका आफन्त रोहित चंदाराले बताएका छन् ।
आफन्त चंदाराका अनुसार विक सोमबार दिउसो ४ बजेतिर नास्ता खान्छु भनेर दिल्लीको महेन्द्र पार्कतिर एक्लै गएका थिए । विक खाजा खान गएको लामो समय वितेपछि पनि फर्केर सम्पर्कमा नआएपछि आफुहरुले खोजी गरेका थियौं कतै भेटाएनौ चंदाराले भने ।
तिन वर्ष अघि दिल्लीको महाविर अस्पतालमा जानका लागि साईकलमा यात्रा गरिरहेका बेला विपरित दिसाबाट आएको होण्डाइ कारले ठक्कर दिएर विकको टाउकोमा गहिरो चोट लागेको थियो भने विकसंगै रहेका बडीमालिका नगरपालिका ९ चौराटाका रामबहादुर विकको घटनास्थलमै मृत्यु भएको थियो ।
कारको ठक्करबाट टाउकोमा गहिरो चोट लागेपछि विक विभिन्न पटक टाउकोको उपचार गर्न भारतमा जाने गरेका थिए ।
डेढ साता अघिमात्र उपचारका लागि भारत गएका विक सोमबार दिउसोदेखि वेपत्ता भएपछि भारतमा रहेका उनका आफन्तहरुले खोजि गरिरहेका छन् ।
बेपत्ता भएका विकको खोजीका लागि रानीबाग प्रहरीलाई खबर गरेको भएपनि नेपालीहरुकोे लागि भारतीय प्रहरीले व्यवास्ता गर्ने गरेको नेपालीहरुले गुनासो गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार