होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मार्तडीमा अटोरिक्सा चलाउँदै युवाहरु
Breaking News

मार्तडीमा अटोरिक्सा चलाउँदै युवाहरु

  • नागरिक रैबार
मार्तडीमा अटोरिक्सा चलाउँदै युवाहरु

नागरिक रैबार/बाजुरा १९ भदौ। बडीमालिका नगरपालिका २ घागरका २० वर्षिया चक्र महत । उनी एक सामान्य परिवारमा जन्मेका युवा हुन् । उनको परिवारको आर्थिक अवस्था कमजोर भएपछि उनले जेनतेन एसएलसी सम्मको अध्ययन गरे । एसएलसीसम्मको अध्ययन पछि वेरोजगारी समस्याले घरमै बसेका महतमा केही गर्नुपर्छ भन्ने मनमा भावना जाग्यो ।
तर उनीसंग केही गर्नका लागि घरको आर्थिक अवस्थाले धान्न नसक्ने स्थिति भयो ।

युवाहरुलाई व्यवसायमा आत्मनिर्भर गर्न पिसविन बाजुराले उनलाई १५ दिनसम्म खाना खर्च व्यहोर्ने गरी धनगढीमा अटोरिक्सा चलाउन सम्बन्धि तालिममा पठायो । धनगढीमा १५ दिनको तालिम सिकेर घरमा फर्केका महतलाई तालिम पछि अटोरिक्सा किन्नका लागि पैशा थिएन् ।
उनको सिपको मुल्याङ्कन गरि पिसवीन बाजुराले र भेरालमाण्डौं सामुदायिक बनले अटोरिक्सा किन्ने पैशाको जोहो गरिदिएको थियो ।
हिजो आज उनै महतलाई सदरमुकाम मार्तडीमा अटोरिक्सा चलाएर यात्रु बोकेको प्रत्यक्ष देख्न सकिन्छ । उनले छोटो दुरीका यात्रुहरुलाई समयमै गन्तव्य स्थानसम्म सहज यात्रा गराएर पुगाउने भएपछि स्थानीय यात्रुहरुको आकर्षण पनि अटोरिक्सामा नै गएको देखिन्छ ।

विज्ञापन


महत जस्तै सोही वडाका ३४ वर्षिया पारष कुमार गिरीले पनि मार्तडीमै अटोरिक्सा चलाउन सूरु गरेका छन् । उनले एकहप्ता अघाडि मात्रै करिब ५ लाख ८५ हजार खर्च गरेर व्यक्तिगत लगानिमा अटोरिक्सा किनेर मार्तडीमा चलाउन थालेका छन् ।
महतले जस्तै गिरीले पनि दिनमा एकछिन खाली नबसी अटोरिक्सा चलाउँदै आएका छन् । उनी भन्छन् बाजुरा जस्तो दुर्गममा अटोरिक्सा चलाउनु सामान्य कुरा छैन् । तर पनि स्थानीय यात्रुहरुको सहजताका लागि आफुहरुले सेवा दिईरहेको बताएका छन् ।


‘तेल खर्च कटाएर भएपनि दिनमा १ देखि २ हजारसम्म कमाएर घर खर्च चलेको छ गिरीले भने । अटोरिक्सा चालक महत र गिरीले हिजो आज जिल्लाको सदरमुकाम मार्तडीदेखि राप्क, विरेखोला, तिपाडा सम्मका छोटो दुरीका यात्रुहरुलाई सवार गराईरहेका छन् । सदरमुकाम मार्तडीमा चक्रपथ सडक निर्माण भईरहेको छ । मार्तडी बजार भित्रको सडक निर्माण भईसकेपछि बजार भित्रै चलाउने उनीहरुको भनाई छ ।
मार्तडीमा पहिलोपटिक रिक्सा संचालन सेवा दिन थालेपछि अहिले छोटो दुरिका स्थानीयहरुलाई सजिलो भएको छ । महत र गिरी जस्तै बाजुराका अन्य वेरोेजगारी युवाहरुका लागि स्थानीय सरकारले आत्मनिर्भर बनाउन विभिन्न स्वरोजगारमुलक तालिम दिन आवश्यक रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार