होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • गाैमुलमा अनौठो प्रकृतिको प्रबेशद्धार
Breaking News

गाैमुलमा अनौठो प्रकृतिको प्रबेशद्धार

  • नागरिक रैबार
गाैमुलमा अनौठो प्रकृतिको प्रबेशद्धार

राजेन्द्र बहादुर रोकाया/भदौ १९ बाजुरा। गौमुल गाउपालिकाको घट्मुनाबाट काल्चे भिर, दहकोट, तल्दुगुन, मल्दुगुन र पौंदाली हुँदै तीन दिनको पैदल यात्रा पछि मात्र पुगिन्छ उच्च हिमाली भेग छेडेतोली भन्ने स्थानमा । तिन दिनको पैदल यात्रा पछि लेकमा रहेको अनौठो प्रकृतिको प्रबेशद्धार देख्न पाईन्छ ।

त्यहाँ पुग्ने सबैको मन प्रवेशद्धारले लोभ्याउँछ । गौमुल गाउँपालिकाको वडा नं. २ मा पर्ने उक्त क्षेत्र वरपरको प्रकृतिक सौन्दर्य र बाह्रै महिना हिँउले टल्कियका हिमालहरु देखिन्छन् भने फेदिमा रहेको जंगलमा जनावरहरु मृग कस्तुरी, डाँफे मुनाल लगाएत पशु पंन्छिहरु भेटिन्छन् । 

विज्ञापन

यात्राको थकाई पनि सो ठाउँमा पुगेपछि आफै हराएर जान्छ । त्यस क्षेत्रका रमाईला दृश्य नियाल्दै पुगिने उक्त लेकमा बिभिन्न प्रकारका जढिबुटीहरुले ढकमक्क फुलेको देखिन्छ । हिउँदको समयमा अति चिसो हुने भएकाले उक्त हिमालि भेगमा जान निकै सकस हुने गर्दछ ।

बर्षातको समयमा उच्च हिमालमा जाँदा निकै रमाईला मनमोहक दृश्य देख्न पाईन्छ । बर्षे सिजनका रमाईला दृश्य हरीयालि डाँडा पाखा र बर्षे सिजनको आगमन संगै बढेर आउने छहरे खोला समेत रमाईला देखिन्छन् ।

हरीयालि मनमोहक पाटन संगै रमाईलो गर्न प्राय यो सिजनमा गाउँपालिकाका स्थानीय कृषकहरुले भेडाहरुलाई चरिचरनका लागि समेत उक्त क्षेत्रमै लिने गरेका छन् ।

गौमुल गाउपालिका २ का वडा अध्यक्ष चक्र बोहराले भने त्यो क्षेत्रमा आफु समेत पुगिसकेको बताए । अव गाउँपालिकाले यस क्षेत्रको उचित संरक्षण र प्रचार–प्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई समेत यस क्षेत्रमा भित्र्याउन आवश्यक रहेको वडा अध्यक्ष बोहराले बताए ।

अध्यक्ष बोहराका अनुसार उक्त क्षेत्रमा प्रकृतिको प्रवेशद्धार जस्तै अरु हरीयालि पाखा पखेरा साना साना छहरे खोला र अन्न गुफाहरु समेतले पर्यटकको मन लोभ्याउने भएकोले यसलाई संरक्षण गर्न स्थानीय, प्रदेश र संघिय सरकारले ध्यान दिन जरुरी रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार