होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • वडा स्वास्थ्य केन्द्रमा विरामी संख्या बढ्दै
स्वास्थ्य-जीवनशैली

वडा स्वास्थ्य केन्द्रमा विरामी संख्या बढ्दै

  • नागरिक रैबार
वडा स्वास्थ्य केन्द्रमा विरामी संख्या बढ्दै
वडा स्वास्थ्य केन्द्र झालीमा विरामीको उपचार गर्दै स्वास्थ्य केन्द्रका अहेव मिनबहादुर कटुवाल ।

नागरिक रैबार/बाजुरा १४ भदौ। वडा स्वास्थ्य केन्द्रमा विरामीहरुको संख्यामा वृद्धि हुँदै आएको छ । जिल्लाको बुढीगंगा नगरपालिकाको वडा नं. ७ झालीमा रहेको वडा स्वास्थ्य केन्द्रमा विरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको हो ।
दुसित पिउने पानी र खानपानमा ख्याल नगरेका कारण स्वास्थ्य केन्द्रमा झाडापखाला र भाईरल ज्वरोका विरामीहरुको संख्या बढ्दै गएको स्वास्थ्य केन्द्रका अहेव मिनबहादुर कटुवालले बताए ।
विगतमा विरामीको प्रतिदिन ५ देखि ७ जनाहरु उपचार गराउने आउने गरेका थिए अहिले दैनिक जसो ३० देखि ४० जना विरामीहरु स्वास्थ्य उपचार गराउन आउने गरेका छन् वडा स्वास्थ्य केन्द्रका अहेव कटुवालले भने ।
वडा स्वास्थ्य केन्द्र अहिले भाडाको घरमा संचालन हुँदै आएकोले दैनिक आउने विरामीहरुलाई खुला चौरमा समेत राखेर उपचार गर्न बाध्य भएको वडा स्वास्थ्य केन्द्रले बताएको छ ।


वर्षायाम र उच्च तापक्रमका कारण बाजुराका हरेका गाउँवस्तीका स्थानीयहरुमा झाडापखाला, भाईरल ज्वरो मलेरिया, रुघाखोकी, नियोनिया र टाइफाइटका लगायत बिरामीहरु देखा पर्ने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
हालको अवस्थामा जिल्ला अस्पताल बाजुरामा उपचार गर्न आउने बिरामीमध्ये ४५ प्रतिशत बिरामीहरुमा झाडापखाला, आऊँ, टाइफाइडको संक्रमण देखिने गरेको अस्पातालका निमित्त कार्यालय प्रमुख डाक्टर रोहित गिरीले बताए ।
जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा बढी जसो महिला, बालबालिका र बृद्धबृद्धाहरु उपचारका लागि आउने गरेका छन् ।
दुषित खानेपानीको प्रयोगले यस्ता रोगहरुको संक्रमणमा बृद्धि हुने भएकाले शुद्ध खानेपानीको प्रयोगसंगै नियमित सरसफाईमा ध्यान दिन उपचारमा आउने विरामीहरुलाई चिकित्सकहरुले सल्लाह दिने गरेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार