होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • तीजको अवसरमा खेलकुदमा देउडा
समाचार

तीजको अवसरमा खेलकुदमा देउडा

  • नागरिक रैबार
तीजको अवसरमा खेलकुदमा देउडा

नागरिक रैबार/बाजुरा १७ भदौ। नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा बाजुराको सदरमुकाम मार्तडीमा रहेको जिल्ला खेलकुदको कवर्ड हलमा देउडा खेल सुरु भएको छ ।

बडीमालिका नगरपालिका वडा नं. ९ कि वडा सदस्य देउडा खेलाडी सुना बिक र गौमुल गाउँपालिकाका १ अम्लिसका युवा देउडा खेलाडी भुवन रोकाया विच घम्साघम्सी चलिरहेको छ ।

पछिल्लो समय लोप हुदै गएको देउडा संस्कृतिप्रति स्थानीयको चासो बढ्दै गएपछि तीजको अवसरमा देउडा खेल लगाईएको हो । तीजको अवसरपारि नाचगान गरिरहेका मार्तडीका महिलाहरु भने अहिले साँझबाट देउडा हेर्न खेलकुदमा जम्मा भएका छन् ।

विज्ञापन

पछिल्लो पुस्ताले विदेशी संस्कृतिलाई जर्गेना गर्दै आफ्नो मौलिक परम्परा र संस्कृतिलाई बिर्सदै गएकाले त्यसको संरक्षणका लागि  देउडा खेल सुरु गरेको महिला वडा सदस्य सुना विकले बताईन् ।

तीजकै अवसरमा बिभिन्न ठाउँ तथा चोक चोकमा नाचगानका साथै देउडा खेल सुरु भएका छन् । आफ्नो संस्कृतिलाई जर्गेना गर्न सबैले लाग्नु पर्ने युवा देउडा खेलाडी भुवन रोकायाले  बताए । देउडा खेल सुरु भएपछि हेर्नेहरुको लर्को लागेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार