होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • तीजको अवसरमा सिराडी गाउँमा सरसफाई कार्यक्रम
समाज

तीजको अवसरमा सिराडी गाउँमा सरसफाई कार्यक्रम

  • नागरिक रैबार
तीजको अवसरमा सिराडी गाउँमा सरसफाई कार्यक्रम

रामबहादुर विक/ बाजुरा १५ भदाै । तीजको अवसरमा बडीमालिका नगरपालिका ७ सिराडी गाउँमा सरसफाई गरिएको छ । आफ्नो घर आँगन आफै सफा गरौं, वातावरण संरक्षण गरौं र दिसा मुक्त सफा सुन्दर गाँउ बनाऔं भन्ने उद्देश्यका साथ बडिमालिका नगरपालिका वडा नं ७ सिराडीमा सरसफाई कार्यक्रम गरिएको हो ।
बडीमालिका नगरपालिकाको निणय अनुसार शनिबार नगरकार्यपालिका सदस्य धनमती विकको नेतृत्वमा गाउँमा रहेका घर वरपर र घरको आगनमा भएको फोहोर व्यवस्थापन गरी सरसफाइ गरेको र कट्कला देखी चुथी सम्म आवत जावत गर्ने बाटो मर्मत गरेको बताइएको छ ।
सरसफाई निषेधित क्षेत्र घोषणा गर्ने कार्य अनुसार सिराडी गाउकोे दायाँबायाँ बाटो घाटोमा रहेका प्लाष्टिकका फोहोर र अन्य फोहोर संकलन गरी सरसफाई गरेको स्थानीय शान्ती विकले बताएकी छन् ।
सरसफाई कार्यक्रममा महिला , बालसमुहका पधादिकारी, विद्याथी, आमा समूहहरु लगायत स्थानीयबासीहरुको सहभागिता रहेको थियो । उक्त अभियान सँगसँगै फोहोरलाई आ–आफूले व्यवस्थापन गर्नुपर्ने, फोहोरलाई जथभावि फाल्ने, वातावरण दूषित पार्ने काम गरेमा घरधनीलाई कारवाही गरिने नगरकार्यपालिका सदस्य धनमती विकले बबताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार