होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइयो
समाचार

मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

  • नागरिक रैबार
मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

नागरिक रैबार/बाजुरा २० भदौ । बाजुरामा मानव बेचबिखनविरुद्धको १३ औं राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मानाईएको छ । शुक्रबार विहान विभिन्न चेतनामूलक ¥याली निकालिएको थियो । ¥यालीमा सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि सामुदायिक सेवा केन्द्रका पदाधिकारी, पत्रकार, विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरूहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
जिल्ला प्रहरी कार्याल बाजुराको आयोजनामा शुक्रबार मनाईएको उक्त दिवशमा मानव बेचबिखन विरुद्धका निकालिएको ¥याली सदरमुकाम मार्तडी बजार परिक्रम गरिएको थियो । जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू नागरिक अगुवाको सहभागिता रहेको ¥याली बजार परिक्रमा गरी जिल्ला समन्वय समितिको प्राङगणमा गएर सभामा परिणत भएको थियो । कार्यक्रम सामुदायिक सेवा केन्द्र बाजुराका अध्यक्ष काल्चे दमाईको अध्यक्षतामा संचालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवशिहं भाटले मानव बेचबिखनको स्वरूप र बाटोहरू परिवर्तन भएकोले त्यसै अनुसार नियन्त्रणका लागि कदम चलाउनुपर्ने बताउनुभयो ।
उनले मानव बेचबिखनमा पनि महिला तथा बालबालिका बढी प्रभावित हुने गरेको र अन्तर्रा्ष्ट्रिय सञ्जाल बनाएर अपराध गर्नेहरूले बेचबिखन गर्ने गरेको भन्दै सरकारी र गैरसरकारी क्षेत्रबाट सचेतनामुलक कार्यक्रम गर्दै न्यूनीकरण गर्नुपर्ने प्रहरी नायव उपरिक्षक भाटले बताउनुभयो । सामुदाय सेवा केन्द्रका अध्यक्ष काल्चे दमाईले बेचबिखनमा बढी महिला पीडित हुने गरेको भन्दै यसको न्यूनीकरणमा महिलाले नै जागरूक हुनुपर्ने बताउनुभयो ।

 समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बाजुुरा जिल्ला बडिमालिका नगरपालिका वडा नं. ८ मार्तडी स्थित बडिमालिका बोर्डिङ स्कुलका कक्षा ८ देखि १० सम्म अध्ययनरत भदौ १९ गते विद्यार्थी तथा शिक्षकहरूलाई लागु औषध तथा मादक पदार्थ, लैङ्गिक हिंसा, बाल दुर्व्यबहार, छाउपडी, आधारभुत सुरक्षा, सडक सुरक्षा, साईवर सुरक्षा, प्रहरीलाई खबर १०० नम्वरको प्रयोग गरी गर्ने र मानब बेचबिखन तथा ओसारपसार लगायतका विषयमा सचेतनामुलक प्रशिक्षण गराईको प्रहरी बताएको छ ।

विज्ञापन

सार्कको ११ औं सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ लाई तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएको दिनको सम्झनामा नेपालमा २०६४ सालदेखि मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउन सुरु गरिएको हो । अन्तराष्ट्रिय स्तरमा भने यो दिवस जुलाई ३० तारिखमा मनाउने गरिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार