होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • एशियन लाइफ इन्स्योरेन्स बाजुराद्धारा मृत्यु दावी भुक्तानी
बाजुरा बिशेष

एशियन लाइफ इन्स्योरेन्स बाजुराद्धारा मृत्यु दावी भुक्तानी

  • नागरिक रैबार
एशियन लाइफ इन्स्योरेन्स बाजुराद्धारा मृत्यु दावी भुक्तानी

नागरिक रैबार /बाजुरा १४ भदौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड बाजुराले मृृतकको परिवारलाई कालगति मृत्यु दावी भुक्तानी रकम हस्तान्त्रण गरेको छ ।
बडीमालिका नगरपालिका वडा नं. ७ का देबे दमाईको मिति २०७६ बैशाख २० गते एक्कासी बिरामी भई मृत्यू भएकोले निजको धर्मपत्नी धनमती दमाईलाई कालगती मृत्यु दाबी रकम रु.१ लाख ४२ हजार ७१३ रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
कम्पनीले बडीमालिका नगरपालिका वडा नं. ७ मा एक औपचारिक कार्यक्रमको आयोजना गरि उक्त चेक बडीमालिका नगरपालिका वडा नं. ७ का का.बा. वडा अध्यक्ष श्री प्रयागराज जोशी ज्यूबाट मृतक दमाईका परिवारलाई मृत्यु दावी भुक्तानी गरिएको कम्पनीले बताएको छ ।
बिमित श्री देबे दमाइको १५—०७—२००९ मा बिमाङ्क रकम १,०१,००० किस्ता रकम ६,८९५ हाल सम्मको १० किस्ताको जम्मा रकम ६८,९५० मात्र जम्मा भएको कुरा उप—शाखा कार्यालय बाजुराका लेखापाल श्री कलक ब. गुयालले जानकारी गर्नुभएको थियो ।
उक्त कालगती मृत्यू दावी भुत्तानी कार्यक्रमको सहजिकरण गर्दै उप— शाखा प्रमुख श्री बिर ब. थापाले बिमा गर्दा नियमित बचत हुन्छ समस्या पर्दा सहुलियत मिल्ने कुरा स्पष्ट पार्दै बिमितले बिमा गर्दा र्दुघटना मृत्यू लाभ, कालगती
मृत्यू लाभ, अंगभंग लाभ,१८ वटा घातक रोग बिरुद्घको लाभ , बिमाङ्क रकम र बोनस पाइने कुराको जानकारी गर्दै एशियन लाइफ इन्स्योरेन्स क.लि. बाजुराबाटै उपर्युक्त सेवा दिइ रहेको कुरा स्पष्ट पार्नुभएको छ ।
र्दुघटना भइ मृत्यू भएमा बिमाङ्कको दोब्बर र सो अवधिको बोनस, कालगती मृत्यू भएमा बिमाङ्क रकम र सो अवधि सम्मको बोनस, र्दुघटना भइ पूर्णरुपमा अंगभंग भएको खण्डमा किस्ता रकम छुट बिमाङ्कको १प्रतिशत अपाङ्ग भत्ता ,१८ वटा घातक रोग लागेको प्रमाणित भएमा बिमाङ्क रकम उपचार खर्च पाउने, र बिमा अवधिभर बिमितलाइ केही नभएमा बिमाङ्क रकम र नियमानुसारको बोनस एकमुष्ट बिमितले पाउने कुरा प्रष्ट्यानु भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार