होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १७ चैत्र। नेपाली काँग्रेस बाजुराको चुनावी सभा मार्तडीमा सम्पन्न भएको छ । घर-घर जाऔं काँग्रेस जिताऔं भन्ने मुल नाराका साथ नेपाली काँग्रेस बाजुराले विहिबार दोस्रो पटक जिल्ला स्तरीय चुनावी सभाको आयोजना गरेको थियो । चुवानी सभालाई सम्बोधन गर्ने सवै नेताहरुले आगामी बैशाख ३० गतेको चुनावमा काँग्रेसलाई देशकै ठुलो पार्टी बनाउन सवै जनताले लाग्नु […]
जुड्डी, बाजुरा — बाजुराको जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीस्थित हिमालयन बैंक कार्यालयमा वृद्धवृद्धा पंक्तिबद्ध थिए । कोही लट्ठीको सहारामा सकिनसकी उभिएका थिए त कोही लाइनमै थचक्क बसेका । गत आइतबार लाइनमा ७२ वर्षीया रिठु ओड पनि थिइन् । दमले थलिएकी उनी दानचौकाबाट झिसमिसेमै हिँडेकी रहिछन् । स्याँस्याँ गर्दै दिउँसो २ बजे गाउँपालिका कार्यालयमा पुगेकी उनी सामाजिक सुरक्षा भत्ता बुझेर घर […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन निर्वाचनसम्म कायम रहनेमा दुविधा नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले गठबन्धन एउटा सन्दर्भमा जन्मिएको भन्दै संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनाइएको गठबन्धन कायम रहने नरहने भन्नेमा कुनै दुविधा नरहेको बताएका हुन् । ‘निर्वाचन अगाडि छ […]
नागरिक रैबार/बाजुरा १६ चैत्र। जिल्लाको बडीमालिका नगरपालिका वडा न.. ६ जगाङ्गामा रहेको नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयलाई तीन तारे घोषणा गरिएको छ । मंगरबार एक कार्यक्रमका बिच उक्त बिद्यालयलाई तीन तारे घोषणा गरिएको हो । विद्यालयमा स्वच्छ पिउने पानी, उपयुक्त शौचालय र स्वच्छ वातावरण जस्ता चरणहरुमा पुणर्ता भएपछि विद्यालयलाई मंगलबार एक कार्यक्रमका विच तिनतारे घोषणा गरिएको […]
नागरिक रैबार/बाजुरा १६ चैत्र। जिल्ला अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष मानबहादुर कार्कीले जिल्ला अस्पताल बाजुरामा उपचार गर्न आउने विरामीरुलाई १० प्रतिशत छटमा औषधि वितरण गर्ने निर्णय भएको बताएका छन् । बुधबार जिल्ला अस्पताल व्यवस्थापन समितिले गरेकाे पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले जिल्ला अस्पताल बाजुरामा उपचार गर्न आउने विरामीहरुको आर्थिक स्थितिलाइ मध्यनेजर गरेर अस्पतालको फार्मेसीबाट १० प्रतिशत […]
नागरिक रैबार/बाजुरा १६ चैत्र ।नेपाली काँग्रेसका एक कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको २४ घण्टा नपुग्दै आज फेरी आफ्नै पार्टी काँग्रेसमै फर्किएका छन् । हिजो मंगलबार काँग्रेस छाडेर एमाले प्रवेश गरेका बडीमालिका ८ गणखेतका अर्जुन रावल एमाले प्रवेश गरेको २४ घण्टा नपुग्दै आज फेरी काँग्रेसमै फर्किएका हुन् । बडीमालिका नगरपालिका ८ का वडा अध्यक्ष प्रकाश रावलले […]
नागरिक रैबार/बाजुरा १६ चैत्र । बाजुराको बुढीगंगा नगरपालिका वडा नं. १ अम्कोटका स्थानीयबासीले साँफे मार्तडी सडक खण्ड अन्तरगत पर्ने अम्कोटमा सडक अवरुद्ध गरेका छन् । साँफे मार्तडी सडककै कारण अम्कोट बासीका खेतियोग्य जमिन र अम्कोटको बस्तीमा क्षती पुगेको भन्दै त्यहाँका स्थानीयहरुले सडक नै अवरुद्ध गरेका हुन् । सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग साँफे-मार्तडी सडक निर्माणकै […]
नागरिक रैबार/ बाजुरा १५ चैत्र । नेकपा एकिकृत समाजवादी पार्टी जिल्ला कमिटी बाजुराको दोस्रो पूणर् बैठक सदरमुकाम मार्तडीमा बसिरहेको छ । मंगलबार जनता समाजवादी पार्टी नेकपा एकिकृत समाजवादी पार्टीमा समायोजन भएसंगै पार्टीको दोस्रो पूणर् बैठक बसेको हो ।बैठकमा जनता समाजवादी पार्टीबाट आएका नेताहरुको पदीय जिम्मेवारी, र आसन्न स्थानीय तहको निर्वाचनको तयारीका विषयमा छलफल गरिने एकिकृत […]
नागरिक रैबार/बाजुरा १५ चैत्र । जनता समाजवादी पार्टी बाजुराको जिल्ला कार्यसमिति नेकपा (एकिकृत समाजवादी)मा समाहित भएको छ । जनता समाजवादी पार्टी बाजुराका संयोजक नरेन्द्र रावलको नेतृत्वमा जिल्ला कार्यसमिति नेकपा एकीकृत समाजवादीमा समाहित भएको हो । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज हिक्मतजंग शाहीले जसपाका जिल्ला स्तरको कमिटीलाई एकिकृत समाजवादी पार्टीमा प्रवेश स्वागत […]
नागरिक रैबार/बाजुरा १५ चैत्र। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि बाजुरामा आजबाट म्यादी प्रहरीको छनोट सूरु गरिएको छ । बाजुरामा म्यादी प्रहरीमा भर्ना हुनका लागि १६ सय ४७ जनाले आवेदन दिएका थिए । जसमा ४ सय ४९ जना महिला र ११ सय ९८ जना पुरुष रहेका छन् । ६ सय ६७ […]
नागरिक रैबार/बाजुरा १४ चैत्र। आगलागीबाट जलेर उपचारको क्रममा मृत्यु भएकि बडीमालिका नगरपालिका ३ कि पिप्सेकी फुँगी खड्काको परिवारलाई सामुदायिक वन उपभोक्ता महासंघले आर्थिक सहयोग गरेको छ । एक वर्ष अगाडि सोही वडाको पिप्से टोल नजिकैको घटाल सामुदायिक वनमा आगलागी हुँदा खड्का खड्का जलेर घाईते भएकि थिईन् । आगलागिबाट घाइते भएकि खड्काको उपचारको क्रममा काठमाडौंमा मृत्यु […]
नागरिक रैबार/बाजुरा १४ चैत्र। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाजुरामा ८२ हजार ६ सय ९० जना मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले आईतबार २०७९ बैशाख सम्म १८ वर्ष पुरा भएका मतदाताहरुको अन्तिम नामावली सार्वजनिक गरेको थियो । जसमध्ये बाजुरामा ४२ हजार १ सय २१ पूरुष रहेका छन् भने ४० हजार […]
नागरिक रैबार/ बाजुरा १४ चैत्र। बाजुराको हिमाली गाउँपालिका १ नेटामा प्रहरी चौकीको स्थापना गरीएको छ । तत्कालिन माओबादी दन्द्धको समयमा बिस्थापीत बिच्छाया प्रहरी चौकी २२ बर्ष पछि आईतबार पुनः स्थापना गरिएको छ । २२ बर्ष अघि बिच्छायाबाट बिस्तापीत प्रहरी चौकी हिमाली ५ कवाडीमा सरेपछि साबिकको बिच्छाया गाबिस प्रहरी चौकी बिहिन भएको थियो । आईतबार प्रमुख […]
नागरिक रैबार/बाजुरा १३ चैत्र। गौमुल गाउँपालिकामा गाउँपालिका स्तरीय दलित एकता अधिकार मंच गठन गरिएको छ । दलित एकता अधिकार मंचको प्रथम गाउँपालिका स्तरीय भेलाले नयाँ कार्य समिति गठन गरेको छ । जसमा अध्यक्षमा कौशल विक, उपाध्यक्षमा रामबहादुर ल्वार, कोषाध्यक्षमा सिर्जना विक, सचिव तिलक विक, सहसचिव प्रदीप सार्की, नरेन्द्र विक, सदस्य दिपक विक लगायत १५ सदस्यीय […]
नागरिक रैबार/बाजुरा १३ चैत्र। बाजुरामा म्यादी प्रहरीका भर्ना हुनका लागि लागि १६ सय ४७ जनाले आवेदन दिएका छन् । बाजुरामा ६ सय ६७ जनाको कोटामा १६ सय ४७ जनाले आवेदन दिएकोे जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । प्रहरीका अनुसार ४ सय ४९ जना महिला र ११ सय ९८ जना पुरुषले म्यादी प्रहरीका लागी आवेदन […]
नागरिक रैबार/बाजुरा १३ चैत्र।निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो । आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ भने बाँकी रहेका स्थानीय तहमा जिल्ला […]
नागरिक रैबार/बाजुरा १२ चैत्र। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले फेरी सञ्चालनमा ल्याएको छ। कर्णाली नदीमा तत्काल पुल निर्माण गर्न कठिनाइ भएपछि गाउँपालिकाले फेरी सञ्चालनमा ल्याएको हो। आर्थिक वर्ष २०७५।०७६ को बजेटबाट एक करोड ७४ लाख रुपैयाँ लागतमा गाउँपालिकाले फेरी निर्माण गरेको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले जानकारी दिए। नदीबाट यातायातका साधान वारपार गराउन कर्णालीमा फेरी सञ्चालनमा ल्याइएको […]
नागरिक रैबार/बाजुरा १२ चैत्र । बाजुरामा जङ्गली मेलमा नास्पाती फलाउने योजना सफलतातर्फ उन्मुख भएको छ। कृषि ज्ञान केन्द्र बाजुराले जंगलमा पाइने मेल प्रजातीको बोटमा कलमी गरेर नास्पाती फलाउने योजना अघि सारेको थियो। नास्पातीकै सानो जातिका रुपमा चिनिएको मेललाई कलमी गरेर नास्पाती बनाउने योजना सफल भइरहेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरि पनेरुले बताए। कृषि ज्ञान […]
नागरिक रैबार/ बाजुरा १२ चैत। बाजुराकाे गौमुल गाउँपालिकामा एक जना किशोरीकाे भिरबाट लडेर मृत्यु भएकाे छ । मृत्यु हुनेमा साेही गाउँपालिका ६ कि कलु चदाँराकी १७ वर्षीया छोरी पुष्पा चदाँरा रहेकि छन् । घरका लागि सामान किन्न पसल गएर घर फर्किने क्रममा रातीमाटाे भन्ने भिरबाट लडेर मृत्यु भएकाे आफन्तले बताएका छन् । किशोरीकाे ५० मिटर तल […]
नागरिक रैबार/बाजुरा ११ चैत्र। जिल्लाको हिमाली गाउँपालिकामा पनि आजबाट दुईदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।जिल्ला अस्पताल बाजुराको सयुक्त आयोजनामा हिमाली गाउँपालिका केन्द्र धुलाचौरमा आजबाट निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरिएको हो । दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा दिन आजबाट गाउँपालिकाको धुलाचौरमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् […]