होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • हिमाली
  • हिमालीमा पुनः गोविन्द मल्ल र अजबहादुर मल्ल चुनावमा भिड्ने
हिमाली

हिमालीमा पुनः गोविन्द मल्ल र अजबहादुर मल्ल चुनावमा भिड्ने

  • नागरिक रैबार
हिमालीमा पुनः गोविन्द मल्ल र अजबहादुर मल्ल चुनावमा भिड्ने

नागरिक रैबार/बाजुरा ३० चैत्र । जिल्लाको हिमाली गाउँपालिकामा काँग्रेसबाट २०७४ को स्थानीय तहको निर्वाचन जितेका गाउँपालिका अध्यक्ष गोविन्द मल्ल र उनीसंगै अध्यक्षमा पराजित भएका एमालेका अजबहादुर मल्ल पुनः अध्यक्ष पदमा भिड्ने भएका छन् ।

नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा अजबहादुर मल्ल र नेपाली काँग्रेसबाट हालका गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्ल पुनः अध्यक्षमा एकल उम्मेदवारका लागि सिफारिस भएका छन् ।

२०७४ सालको स्थानिय चुनावमा एमालेका उम्मेद्धवार अजबहादुर मल्ललाई काँग्रेसका उम्मेद्धवार गाबिन्द्र मल्लले हराएका थिए । बिजयी भएका गोबिन्द्र मल्लले १७ सय ७६ र अजय मल्लले १४ सय ७६ मत ल्याएका थिए ।

विज्ञापन

अजबहादुर मल्ल नेकपा एमाले प्रदेश कमिटि सदस्य हुन्, भने गोबिन्द्र मल्ल काँग्रेस महाधिबेशन प्रतिनिधि हुन् । २०७४ सालको हिमालीको अध्यक्षमा माओवादी बाट लडेका मान बहादुर रोकायाले ३ सय ९६ र नयाँ शक्ति पार्टीका छिङतेवा थापाले २ भोट ल्याएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै