होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अखिल क्रान्तिकारी बाजुराको दोस्रो वैठक सम्पन्न
समाचार

अखिल क्रान्तिकारी बाजुराको दोस्रो वैठक सम्पन्न

  • नागरिक रैबार
अखिल क्रान्तिकारी बाजुराको दोस्रो वैठक सम्पन्न

नागरिक रैबार/बाजुरा २५ चैत्र। अखिल क्रान्तिकारी जिल्ला कमिटी बाजुराको दोस्रो पूर्ण बैठक मार्तडीमा महत्वपूर्ण निणर्य गर्दै सम्पन्न भएको छ ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर अखिल क्रान्तिकारीको दोस्रो बैठक मार्तडीमा बसेको हो ।

अखिल क्रान्तिकारीको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एक बुथ (मतदान) केन्द्र एक क्रान्तिकारी युनिट खट्ने निणर्य गरेको अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष खेमराज साउंदले बताएका छन् ।उनका अनुसार त्यस्तै बैठकले स्थानीय निर्वाचनलाई मध्येनजर गरेर संगठन सुदृढिकरण तथा विस्तार गर्ने भएको छ ।

विज्ञापन

No description available.

अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष खेमराज साउंदको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अथिति अनेरास्ववियु क्रान्तिकारी सुदुरपश्चिम अध्यक्ष दिपक कुमार डिसि, बिशिस्ट अथिति नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा बाजुरा जिल्ला समन्वय सह-इन्चार्ज महेश शाही, अनेरास्ववियु क्रान्तिकारि प्रदेश उपाध्यक्ष गोकुल बिक, अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रिय सदस्य पारस बुढा, वाईसिएलकी केन्द्रिय सदस्य निर्मला बिस्ट, प्रदेश कमिटी सदस्य नर बहादुर बुढा रहेका थिए ।

नेकपा माओवादी जिल्ला समन्वय समितिको पार्टी कार्यालयमा बसेको अखिल क्रान्तिकारीको बैठकको संचालन अखिल क्रान्तिकारीका सचिव बलमान धामीले गरेका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार