होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा म्यादी प्रहरीलाई आजबाट तालिम दिईदै
समाचार

बाजुरामा म्यादी प्रहरीलाई आजबाट तालिम दिईदै

  • नागरिक रैबार
बाजुरामा म्यादी प्रहरीलाई आजबाट तालिम दिईदै

नागरिक रैबार/बाजुरा २८ चैत्र। आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षार्थका लागि छनौट भएका म्यादी प्रहरीहरुको तालिम आजबाट सूरु भएको छ ।

स्थानीय तह निर्वाचनको सुरक्षाका लागि छनोट भएका ६ सय ७५ जना म्यादी प्रहरीको तालिम आजबाट सूरु गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी चर्तुभुज ओझाले बताएका छन् ।

May be an image of 9 people, people standing and outdoors

विज्ञापन

डिएसपी ओझाका अनुसार बाजुरामा छनोट भएका म्यादी प्रहरीहरुलाई सम्वन्धित म्यादी प्रहरीको स्थानीय तह नजिकैको प्रहरी कार्यालयबाट तालिम तथा प्रशिक्षण दिईने भएको छ ।

May be an image of 12 people, people standing and outdoors

म्यादीमा छनोट भएकाहरु मध्येबाट इलाका प्रहरी कार्यालय कोल्टीमा १२३ पूरुष, २४ महिला, मार्तडीमा १ सय १ महिला, २ सय ५१ पूरष र टाँटे प्रहरी चौकीमा १ सय ५० पूरुष, २५ जना महिलालाई तालिम दिईने भएको छ ।

म्यादी प्रहरीमा भर्नाका लागि जिल्ला प्रहरी कार्यालय बाजुरामा १६ सय ४७ जनाले आवेदन दिएका थिए । जसमध्ये ६ सय ७५ जना म्यादी प्रहरीमा छनोट भएका थिए । म्यादी प्रहरीमा ५२५ जना पूरुष र १२५ जना महिला छनोट गरिएका छन् ।

May be an image of 2 people, people standing and outdoors

म्यादी प्रहरीको लागि दरखास्त दिएका उम्मेदवारहरुको स्वास्थ्य परिक्षण तथा शारीरीक तन्दुरुस्ती परिक्षा, १ किलोमिटर दौड, सेटअफ र पुसअप त्यस्तै प्रारम्भिक स्वास्थ्य परिक्षण तथा शारीरिक, लिखित र अन्तरवार्ता गरेर छनोट गरिएको थियो ।

म्यादी प्रहरीको लागि छनौट भएकाहरुलाई एक हप्ताको तालिम पछि बैसाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि खटाइने भएको छ । म्यादी प्रहरीले प्रहरी जवान सरहको सेवा सुविधा पाउने भएका छन् ।

तालिमको आज जिल्ला प्रहरी कार्यालय बाजुराको प्राङ्गणमा प्रमुख जिल्ला अधिकारी एवं म्यादी प्रहरी भर्ना छनौट तथा नियुक्ति समितिका संयोजक उपेन्द्रराज पौड्याल ज्यूको प्रमुख आतिथ्यमा, जिल्ला प्रहरी कार्यालय बाजुराका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाको अध्यक्षतामा राष्ट्रिय अनुसन्धान कार्यालय बाजुराका कार्यालय प्रमुख अशोक राज भट्ट, सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्ट र दुर्गा भञ्जन गुल्म बाजुराका सह-सेनानी हेमरत्न महर्जन लगायतको उपस्थितिमा छनौट भएका म्यादी प्रहरीहरुको तालिम उद्घाट्न भएको थियो ।

तालिमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले म्यादीको काम कर्तव्यबारे जानकारी गराउदै कसैको बहकाव तथा प्रलोभनमा नपरी जिम्मेवारी ईमन्दारीपुर्वक निर्वाह गर्न निर्देशन दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार