होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले बडीमालिकाको मेयरमा खड्काको एकल उम्मेदवारी
समाचार

एमाले बडीमालिकाको मेयरमा खड्काको एकल उम्मेदवारी

  • नागरिक रैबार
एमाले बडीमालिकाको मेयरमा खड्काको एकल उम्मेदवारी

नागरिक रैबार/बाजुरा २८ चैत्र। नेकपा एमाले बडीमालिका नगर कमिटीले बडीमालिकाको मेयर पदको उम्मेदवारीका लागि अमर खड्कालाई सिफारिस गरेको छ ।

एमाले बडीमालिका नगर कमिटिको बैठकले एमाले बाजुराका संगठन विभाग प्रमुख समेत रहेका खड्कालाई बडीमालिकाको मेयरको उम्मेदवारीमा सिफारिस गरेको नगर कमिटी अध्यक्ष धर्मराज पाध्यायले बताएका छन ।

अध्यक्ष पाध्यायका अनुसार बडीमालिकाको उपमेयर पदको उम्मेदवारका लागि ३ जना महिलाको नाम सिफारीस गरिएको छ । उपमेयर पदको उम्मेदवारमा सिफारीस हुनेमा दुर्गा रोकाया थापा, सिता बराल थापा र नन्दा थापाको नाम सिफारीस गरिएको छ । अन्यमा कल्पना महत, तुला पाध्या र तुल्छी नाथ गिरीको नाम नेकपा एमाले बडिमालिका नगर कमिटिबाट पठाएको जनाएको छ ।

विज्ञापन

नगर प्रमुखमा एकल उम्मेदवार बनाउने नेकपा एमाले बडिमालिका नगरपालिका नगर कमिटी दोस्रो पालिका बनेको छ । भने यस अघि बुढिनन्दा नगर कमिटिले पार्टीका उप सचिव जनक बोहोरालाई बुढीनन्दा नगरपालिकाको नगर प्रमुखमा एकल उम्मेद्धार बनाएर सिफारीस गरीसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार