होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल उत्पीडित जातीय मुक्ती समाज बाजुराको बैठक सम्पन्न
समाचार

नेपाल उत्पीडित जातीय मुक्ती समाज बाजुराको बैठक सम्पन्न

  • नागरिक रैबार
नेपाल उत्पीडित जातीय मुक्ती समाज बाजुराको बैठक सम्पन्न

नागरिक रैबार/बाजुरा २८ चैत्र । नेपाल उत्पीडित जातीय मुक्ति समाज बाजुराको पूणर् बैठक मार्तडीमा सम्पन्न भएको छ । नेकपा एमालेको जनवर्गीय संगठनका रुपमा रहेको नेपाल उत्पीडित जातिय मुक्ति समाज बाजुराको आज सदरमुकाम मार्तडीमा महत्वपूणर् निणर्य गर्दै सम्पन्न भएको छ ।

बैठकले आगामी स्थानीय तहको निर्वाचनमा बाजुराका ९ वटा पालिकामा प्रत्येक पालिकामा २ जना वडा अध्यक्ष र ९ वटा पालिका मध्ये १ पालिकामा एक अध्यक्ष र एक उपाध्यक्ष पदमा समेट्न एमालेलाई सिफारिस गर्ने निणर्य गरेको नेपाल उत्पीडित जातीय मुक्ती समाज बाजुराका अध्यक्ष शंकर चंदाराले बताएका छन् ।

त्यस्तै बैठकले नेपाल उत्पीडित जातीय मुक्ति समाज नेपालको छैटौं महाधिवेशनमा बाजुरा बाट केन्द्रीय सदस्यमा निर्वाचित भएका काँशी बहादुर बिक, सुन्दरा सुनार र लडे बिक र केन्द्रीय लेखा आयोग सदस्य डबल विकलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

विज्ञापन

बैठकले आउदै गरेको स्थानीय तहको निर्वाचनमा नेपाल उत्पीडित जातिय मुक्ति समाज बाजुरा जिल्ला कमिटीका सदस्यहरु सबै पालिकामा कटिबद्ध भएर पार्टीलाई जिताउन लाग्ने निणय गरेको छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज बाजुराका अध्यक्ष शंकर चंदाराको अध्यक्षतामा मार्तडीमा बसेको बैठकमा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सदस्य प्रमुख अतिथि काँशी विक र विशिष्ट अतिथि एमाले बाजुराका संगठन विभाग प्रमुख अमर खड्का, अतिथिहरु लडे विक र केन्द्रीय लेखा आयोग सदस्य डव्वल विक रहेका थिए । बैठक एमाले जिल्ला कमिटी बाजुराको पार्टी कार्यालयमा बसेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार