होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा १२ बैशाख। जिल्लाको हिमाली गाउँपालिकाको अध्यक्षमा गोरखबहादुर सार्कीले स्वतन्त्रबाट मनोनयन दर्ता गरेका छन् । नेकपा माओवादी केन्द्रका कार्यालय सचिव तथा दलित अधिकारकर्मी सहित रहेका सार्कीले गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । स्वतन्त्रबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका सार्कीलाई जंग सार्की समर्थक रहेका छन् भने वविता चंदारा प्रस्तावक रहेकी छन् । […]
नागरिक रैबार/बाजुरा १२ बैशाख । नेपाली काँग्रेस खप्तड छेडेदह गाउँ कार्य समितिका सभापति हर्क बहादुर रावतले पदबाट राजीनामा दिएका छन् । पार्टी जिल्ला नेतृत्वले टिकट वितरणमा गुटगत निणर्य गरेको आरोप सहीत सभापति पदमा नबस्ने विज्ञप्ती सहीत राजीनामा दिएका हुन् । खप्तड छेडेदह गाउँपालिका ३ का वडा अध्यक्ष समेत रहेका रावतले पार्टीको कुनै जिम्मेवारीमा नबस्ने घोषणा […]
नागरिक रैबार/बाजुरा १२ बैशाख जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं. १ को वडा अध्यक्षमा काँग्रेसबाट कार्तिके विक सिफारिस भएका छन् । जिल्लाकै सवैभन्दा बढी दलित समुदाय भएको स्वामीकार्तिक खापर गाउँपालिकाको वडा नं. १ मुक्तीकोटमा नेपाली काँग्रेसले वडा अध्यक्षमा विकलाई सिफारिस गरेको हो । मुक्तिकोटका दलित समुदायको प्रतिनिधित्व गर्दै पहिलोपटक वडा अध्यक्षमा विकलाई उम्मेदवारीमा सिफारिस गरेको […]
नागरिक रैबार/बाजुरा ११ बैशाख। बाजुरामा नेकपा एमाले पालिका प्रमुख र उप-प्रमुखको टुंगो लाग्यो नेकपा एमाले बाजुराले जिल्लाका ९ वटैै स्थानिय तहका प्रमुख, उप प्रमुख र अध्यक्ष उपाअध्यक्षहरुको टुगोँ लगाएको छ । नेकपा एमाले बाजुराले जिल्लामा प्रमुख र उप-प्रमुख तथा अध्यक्ष, उपाध्यक्ष सबैलाई मिलार उम्मेदवारी टुंगो लगाएको नेकपा एमाले बाजुराका प्रचार,प्रसार प्रमुख काँसी विकले बताएका छन् […]
नागरिक रैबार/बाजुरा १० बैशाख।नेकपा एमाले खप्तड क्षेडेदह गाउँपालिकाले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पद र ६ वटा वडामा वडा अध्यक्षको टुंगो लगाएको छ । एमालेबाट खप्तड क्षेडेदहको अध्यक्षका लागि दिलबहादुर रावत र उपाध्यक्ष पदका लागि मनदेवी ओलीलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाएको एमाले खप्तड क्षेडेदह गाउँ कमिटीले बताएको छ । एमाले क्षेडेदह गाउँपालिकाका अनुसार गाउँपालिका अध्यक्ष र […]
नागरिक रैबार/बाजुरा १० बैशाख।जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाका जनप्रतिनिधिहरुले पदबाट राजीनामा दिएका छन् । गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाही लगायत ७ जना जनप्रतिनिधीले राजीनामा दिएका हुन् । गाउँपालिकाका अध्यक्ष शाहीले पुन अध्यक्षमा दोहोरिनका लागि राजीनामा दिएको बताएका छन । नेकपा एकिकृत समाजबादी पार्टीबाट पुनः गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिनका लागि आफुले राजीनामा दिएको उनले बताएका छन । निर्बाचन […]
नागरिक रैबार/बाजुरा १० बैशाख। नेकपा एमाले खप्तड क्षेडेदह गाउँपालिकाले चुनावी प्रतिवद्वता सार्वजनिक गरेकाे छ । खप्तड क्षेडेदह गाउँपालिकामा हाम्राे उम्मेदवारी, सामाजिक न्याय समानता र समृद्धिकाे जिम्मेवारी भन्ने मुल नाराका साथ एमाले खप्तड क्षेडेदह गाउँपालिकाले आफ्नो चुनावी प्रतिवद्वता पत्र सार्वजनिक गरेकाे हाे । एमाले खप्तड क्षेडेदह गाउँ कमिटीले पालिकाकाे केन्द्र डाेगडीमा बैशाख ३० गते हुने स्थानीय […]
नागरिक रैबार ९ बैशाख। बाजुराका मुख्य निर्वाचन अधिकृत मानवीय जिल्ला न्यायधिस माधव प्रसाद घिमिरेले आगामी बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा निर्बाचन आचारसंहिताको पुर्ण रुपमा पालना गर्न निर्देशन दिनु भएकाे छ । शुक्रबार सदरमुकाम मार्तडीमा निर्वाचन लाई लक्षित गरेर आयाेजना गरेकाे कार्यक्रममा मुख्य निर्वाचन अधिकृत घिमिरेले निर्बाचानलाई भयरबित बनाउन र निर्वाचन आचार संहिताकाे पूर्ण […]
नागरिक रैबार बाजुरा ८ बैशाख । बाजुराकाे सदरमुकाम मार्तडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । स्थानीय तहको निर्वाचनका लागि बाजुराको सदरमुकाम मार्तडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय आजबाट स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार आज बाजुराको सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेसंगै जिल्लाका सवै पालिकामा निर्वाचन […]
नागरिक रैबारर/ बाजुरा ८ बैशाख । बाजुराकाे काेल्टीमा पनि राष्ट्रिय बाणिज्य बैंकले एटीएम सेवा सूचारू गरेकाे छ । हिजाे मात्र सदरमुकाम मार्तडीमा रहेकाे राष्ट्रिय वाणिज्य बैंकमा एटीएम सेवा सूचारू गरेकाे साे बैंकले आजबाट काेल्टीमा रहेकाे शाखामा समेत एटीएम सेवा सूचारू गरेकाे हाे । यस अघि बाजुराको कोल्टी क्षेत्रमा रहेको राष्ट्रिय बाणिज्य बैंक कोल्टी शाखामा आर्थिक […]
नागरिक रैबार बाजुरा ७ बैशाख । नेपाली कांग्रेस स्वामिकार्तिक खापर गाउँ कार्य समितिले गाउँपालिकामा काँग्रेसले कुनै दलसंग गठबन्धन नगर्ने बताएको छ । काँग्रेसले स्वामिकार्तिक खापर गाउँपालिकामा गठबन्धन अनुसार अध्यक्ष पाउनु पर्ने माग राखेकाे थियाे तर गठबन्धनमा आवद्ध नेकपा एकिकृत समाजवादीले अध्यक्षमा पाउनु पर्ने अडान यथावत राखेपछि नेपाली काँग्रेस स्वामिकार्तिक गाउँ कार्य समितिले गठबन्धनबाट बाहिरीने निणर्य […]
नागरिक रैबार बाजुरा ७ बैशाख भारतकाे उत्तराखण्ड पौडी गडवाल पाबु बाट डेढ वर्षकाे बालक र ५० हजार नगदसहित एक महिला बेपत्ता भएकि छन् । बाजुराकाे बडीमालिका नगरपालिका ८ घर भएका प्रेम ऐडीकि श्रीमति चन्दा ऐडि भारतकाे उत्तराखण्डबाट डेढ वर्षकाे वालक र नगद ५० हजार भारू रूपैयाँ लगेर बेपता भएकाे दिपक ऐडीले बताएका छन् । राेजगारीकाे […]
नागरिक रैबार/बाजुरा ७ बैशाख। जिल्ला अस्पताल बाजुराको ५० सैयाको भवन सम्झौता सकिएको १ वर्षमा पनि निर्माण कार्य पुरा हुन सकेको छैन् । अस्पतालको ५० सैयाको भवन समयमै निर्माण सम्पन्न नहुँदा अस्पतालमा दैनिक आउने विरामीलाई समस्या भएको छ । जिल्ला अस्पताल बाजुराको ५० सैयाको भवन निर्माणका लागि डाँफे-लोहनी पिएस जेभि डोटीले २०७५ बैशाख १ गते ३ […]
नागरिक रैबार/ बाजुरा ७ बैशाख । राष्ट्रिय बाणिज्य बैक बाजुरा शाखाले एटिएम सेवा सूरु गरेको छ । जिल्लाकै पहिलो बैंकका रुपमा स्थापित रावाबैंक बाजुरा शाखाले आजबाट ग्राहकहरुका लागि एटिएम सेवा संचालन गरेको । जिल्लामा पछिल्लो समय स्थापना भएका अन्य बैंकहरुले एटिएम सेवा संचालन गरेका भएपनि रावाबैंकले भने धेरै समयपछि एटिएम सेवा सुरु गरेको हो । […]
आगामी शुक्रबार सुरु हुन लागेको एसईई परीक्षाको सम्पूर्ण तयारी बाजुरामा पूरा भएको छ । यसपटक बाजुराबाट तीन हजार दुई सय ६६ परीक्षार्थी एसईईमा सहभागी हुने भएका छन् । कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी ९ वैशाखदेखि देशभर सञ्चालन हुँदैछ । शैक्षिक सत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण […]
नागरिक रैबार बाजुरा ४ बैशाख । बाजुराका नौ वटै स्थानीय तहमा १५ वर्ष मुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउनु सुरु गरिएको छ । चैत २५ देखि वैशाख १८ गतेसम्म देश भरका सबै बालबालिकालाई खोप लगाइ सक्न जारी सरकारी निर्देशन अनुसार बाजुरामा आइबारबाट सुरु गरिएको हो । नेपाल सरकारको २४ दिने खोप अभियान अन्र्तगत बाजुरामा बैशाख […]
नागरिक रैबार बाजुरा २ बैशाख नेकपा एमालेबाट बडीमालिका नगरपालिका वडा नं. ७ काे वडा अध्यक्षमा जंग विक सर्वसम्मत उम्मेदवार बनेका छन् । एमालेबाट बडीमालिका ७ काे वडा अध्यक्षमा जंग विकलाई सर्वसम्मत उम्मेदवार बनाईएकाे नेकपा एमाले बडीमालिका नगर कमिटी अध्यक्ष धर्मराज पाद्यायले बताएका छन् । नेकपा एमाले बाजुराकाे तेस्राे पूर्ण बैठकबाट जिल्ला कमिटी सदस्यमा मनाेनित भएका […]
नागरिक रैबार/बाजुरा ३० चैत्र । जिल्लाको हिमाली गाउँपालिकामा काँग्रेसबाट २०७४ को स्थानीय तहको निर्वाचन जितेका गाउँपालिका अध्यक्ष गोविन्द मल्ल र उनीसंगै अध्यक्षमा पराजित भएका एमालेका अजबहादुर मल्ल पुनः अध्यक्ष पदमा भिड्ने भएका छन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा अजबहादुर मल्ल र नेपाली काँग्रेसबाट हालका गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्ल पुनः अध्यक्षमा एकल उम्मेदवारका लागि सिफारिस […]
नागरिक रैबार/बाजुरा २९ चैत्र। बाजुरा जिल्लामा आगामी बैशाख ४ गते देखि ८ गतेसम्म टाइफाइडविरुद्धको (कन्ज्युगेट भ्याक्सिन) खोप लगाइदै छ । देशभरी चैत २५ देखि वैशाख १८ गतेसम्म ( २४ दिन) खोप अभियान सञ्चालन गर्ने तयारी भए अनुसार बाजुरामा पनि बैशाख ४ गते देखी ८ गते सम्म खोप लगाइने स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । सोही […]
नागरिक रैबार/बाजुरा २८ चैत्र । नेपाल उत्पीडित जातीय मुक्ति समाज बाजुराको पूणर् बैठक मार्तडीमा सम्पन्न भएको छ । नेकपा एमालेको जनवर्गीय संगठनका रुपमा रहेको नेपाल उत्पीडित जातिय मुक्ति समाज बाजुराको आज सदरमुकाम मार्तडीमा महत्वपूणर् निणर्य गर्दै सम्पन्न भएको छ । बैठकले आगामी स्थानीय तहको निर्वाचनमा बाजुराका ९ वटा पालिकामा प्रत्येक पालिकामा २ जना वडा अध्यक्ष […]