होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिकामा कुन मतदान केन्द्रमा कति मतदाता ?
समाचार

बडीमालिकामा कुन मतदान केन्द्रमा कति मतदाता ?

  • नागरिक रैबार
बडीमालिकामा कुन मतदान केन्द्रमा कति मतदाता ?

नागरिक रैबार/बाजुरा १९ बैशाख। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन करिव ११ दिन बाँकी छ । जिल्लाका ९ वटै स्थानीय तहमा करिव ८२ हजार ६ सय ९० जना मतदाता रहेका छन् । जसमध्ये बडीमालिका नगरपालिकामा ९ हजार ७ सय ३५ जना मतदाता रहेका छन् ।

बडीमालिका नगरपालिकामा जम्मा ९ वटा वडा रहेका छन् । जिल्लाकै सवैभन्दा जेठो नगरपालिकाका रुपमा स्थापित यस नगरपालिकामा यसपटक १४ वटा मतदान स्थल र ९ वटा मतदान केन्द्र तोकिएका छन् । यी मध्ये बडीमालिका नगरपालिका १ को जाल्पादेवी मतदान केन्द्रमा १२ सय ५२ मतदाता छन् । जाल्पादेवि मतदान केन्द्रमा २ वटा (क) र (ख) मा मतदान गर्ने व्यवस्था मिलाईएको छ । जसमध्ये (क) को मतदान स्थलमा १ देखि ६ सय १६ सम्म र (ख) मतदान स्थलमा ६ सय ३६ देखि १२ सय ५२ सम्मका मतदाताले मतदान गर्न पाउने छन् ।

त्यसै गरी २ नम्बर वडामा ८ सय मतदाता रहेका छन् । मतदान केन्द्र सत्यवादी मावि भौनेरालाई तोकिएको छ । यहाँ १ देखि ८ सय सम्मका मतदाताले मतदान गर्ने छन् । वडा नं. ३ मा एक वटा मतदान केन्द्र चोयाकोट मावि रजाली हो । यहाँ ७ सय ३९ जना मतदाताले मतदान गर्ने भएका छन् ।

विज्ञापन

बडीमालिकाकै ४ नम्वर वडामा सवैभन्दा कम ५ सय ८ जना मतदाता रहेका छन् । यो वडामा नगर भरिमै सवैभन्दा कम मतदाता भएका कारण एक मात्रै मतदान केन्द्र तोकिएको छ । यहाँको मतदान केन्द्र पाथरकोट आधारभुत विद्यालय हो । यहाँ ५ सय ८ जना मतदाताले मतदान गर्ने छन् । त्यस्तै ५ नम्वर वडामा ६ सय ८९ मतदाता रहेका छन् । यहाँको मतदान केन्द्र कैलाशेश्वरी मावि हो यहाँ ६ सय ८९ जनाले मतदान गर्ने छन् ।

बडीमालिका ६ मा १ मदतान केन्द्र र २ वटा मतदान स्थल रहेका छन् । नेरा आधारभुत विद्यालयलाई मतदान केन्द्र तोकिएको छ । जसमध्ये (क) मतदान स्थलमा १ देखि ६ सय १६ सम्मका मतदाताले मतदान गर्ने व्यवस्था मिलाईएको छ भने (ख) मतदान स्थलमा ६ सय १७ देखि १२ सय ७६ सम्मका मतदाताले मतदान गर्ने भएका छन् ।

त्यसै गरी बडीमालिका नगरपालिकाकै सवै भन्दा बढी १५ सय १० जना मतदाता भएको वडा हो ७ नम्बर वडा । यहाँको मतदान केन्द्र कालिका आधारभुत विद्यालय चुथिलाई तोकिएको छ । मतदाता धेरै भएपनि एक मात्रै मतदान केन्द्र रहेको यस वडाको मतदान केन्द्रमा २ वटा (क) र (ख) मा मतदान गर्ने व्यवस्था मिलाईएको छ । जसमा (क) मा १ देखि ७ सय २८ र (ख) मा ७ सय २९ देखि १५ सय १० सम्मका मतदाताले मतदान गर्ने भएका छन् ।

त्यस्तै बडीमालिका नगरपालिका ८ नम्बर वडामा नगरपालिका भरिकै दोस्रो संख्यामा १४ सय ९५ जना मतदाता रहेका छन् । यस वडाको मतदान केन्द्र खुलामंच बालमन्दिरलाई तोकिएको छ । यहाँ पनि (क) र (ख) गरी २ वटा मतदान स्थलमा मतदान गर्ने व्यवस्था गरिएको छ । जसमा (क) मा १ देखि ७ सय २८ र (ख) मतदान स्थलमा ७ सय २९ देखि १४ सय ९५ जना मतदाताले मतदान गर्ने व्यवस्था मिलाईएको छ ।

बडीमालिकाको ९ नम्वर वडामा १४ सय ६६ जना मतदाता रहेका छन् । यस वडाको मतदान केन्द्र मालिका मावि हो । मालिका माविको मतदान केन्द्रमा समेत (क) र (ख) मतदान स्थल तोकिएको छ जसमध्ये ((क) मतदान स्थलमा १ देखि ७ सय २८ र (ख) मा ७ सय २९ देखि १४ सय ९५ सम्मका मतदाताले मतदान गर्ने व्यवस्था गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार