होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बाजुरामा दलित समुदायलाई नमुना मतदान सम्बन्धि शिक्षा दिईदै
राजनीति

बाजुरामा दलित समुदायलाई नमुना मतदान सम्बन्धि शिक्षा दिईदै

  • नागरिक रैबार
बाजुरामा दलित समुदायलाई नमुना मतदान सम्बन्धि शिक्षा दिईदै

नागरिक रैबार/बाजुरा १५ बैशाख। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै मतदाताहरुलाई मतपत्रमा कसरी मतदान गर्ने भन्ने बारे शिक्षा दिन थालिएको छ ।

युएन डिपिको सहयोग तथा रास्ट्रिय दलित नेटवर्क नेपालको आयोजनामा बाजुरा जिल्लाको बडीमालिका नगरपालिका र बुढिगंगा नगरपालिकाका दलित समुदायका ४ सय जना मतदातालाई नमुना मतदान सम्वन्धि शिक्षा दिईने भएको छ ।

No description available.

विज्ञापन

युएन डिपिको सहयोग तथा राष्ट्रिय दलित नेटवर्क नेपालको आयोजनामा बाजुरा जिल्लाका लागि निर्वाचन प्रकृया, मतदाता शिक्षा र नमुना मतदान बारे यस अघि नै धनगढीमा स्वमंसेवकलाई अभिमुखिकरण कार्यक्रम गरेर प्रशिक्षण गरिएको थियो ।

जिल्लाका यी दुई नगरपालिका भित्रका दलित समुदायका मतदातालाई घरमै पुगेर मतदाता शिक्षा दिईरहेको मतदाता शिक्षा अभियानका स्वंयम सेवक प्रेम नेपालीले बताएका छन् ।

No description available.

आमागी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलित समुदायका मतदातालाई निर्वाचन प्रक्रिया, मतदाता शिक्षा, नमुना मतदाताका बारेमा जानकारी गराईएको स्वंम सेवक नेपालीले बताएका छन् ।

No description available.

उनका अनुसार मतपत्रमा कसरी स्वस्तिक छाप लगाउने र निर्वाचनमा बदर मतको संख्यामा कमि गर्न दलित समुदायका गाउँगाउँमा पुगेर बैशाख १७ गतेसम्म ४ सय जना मतदातालाई नमुना मतदान सम्वन्धि शिक्षा दिईने छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार