होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले बडीमालिका नगरको प्रतिवद्धता पत्र सार्वजनिक
समाचार

एमाले बडीमालिका नगरको प्रतिवद्धता पत्र सार्वजनिक

  • नागरिक रैबार
एमाले बडीमालिका नगरको प्रतिवद्धता पत्र सार्वजनिक

नागरिक रैबार/बाजुरा १६ बैशाख। नेकपा एमाले बडीमालिका नगर कमिटीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका विच एमालेको पार्टी कार्यालयमा केन्द्रीय सदस्य लालबहादुर थापाले नगर कमिटीले तयार पारेको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले बडीमालिका नगर कमिटीले तयार गरेको २० पृष्ठको प्रतिवद्धता पत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, सरसफाइ, सडक पुर्वाधार विकास शिक्षा लगायतलाइ विशेष प्राथमिकता दिएको छ ।

एमाले नगर कमिटी अध्यक्ष धर्मराज पाध्यायले प्रस्तुत गरेकाे चुनावी प्रतिवद्धता पत्र अनुसार शिक्षा क्षेत्रमा गुणस्तरीय विकासका लागि भौतिक पुर्वाधार तथा प्रविधिको विकासमा जोड दिने भएको छ । त्यस्तै हाम्रा राम रमिता, जोगिउन पुस्तौं पुस्ता, धर्मको सम्मान, नगरको पहिचान, परम्परा र पहिरन नगरकै धन, स्वास्थ्य सरसफाई र खानेपानी, विरामी पर्दा दिदीवहिनी दाजुभाई देख्नेछ नगरलाई, स्वास्थ्य स्वंमसेविका डाक्टर टोलटोलका, मदिरा र धुम्रपान नियन्त्रण गर्ने अभियान, हरेक घरमा धारा मात्रै होइन नारा, साताको एकदिन, सफाईमा लागौं एकछिन, मानव संसोधन तथा युवा स्वरोजगार बन्न सरकारी कर्मचारी नगरमै लोकसेवाको तयारी, श्रम बैंकको स्थापना, युवाहरु सिप अनुसारको काममा जोड स्वरोजगारीमा सम्भावना हरेक गाउँमा,सरकारी तथा कृषि तर्फ एक गाउँ एक उत्पादन कृषि उपजको व्यवस्थापन, एकिकृत कृषि व्यवसायीक वृद्धि, उत्पादन गरौं राम्रो, बेच्ने जिम्मा हाम्रो, मानव सशक्तिकरण र संचार तर्फःजो पारिएपछि नगर राख्छ अघि साना नानी हैनन भारी, नगरको जिम्मेवारी, लाग्छ कोही छैन् नगरपालिका तपाईको होइन् सूचनाको हक पर्वद्धन र संचार क्षेत्रको सम्वद्र्धन यातायात तथा पुर्वाधार विकास विकासको मुख्य पाटो पक्की र सुरक्षित बाटो, पर्यटन तथा खेलकुद पर्यटन प्रर्वद्धन लाभान्वित जनजीवन हाम्रै पाला नगरमा एक रंगशाला बस्ती विकास र शहरी करण सुन्दर शहर व्यवस्थित नगर प्राकृतिक श्रोत व्यवस्थापन र दिगो विकास, उद्योग तथा कलकारखानको विकास र विस्तार स्थानीय उत्पादन घरेलु उद्योग व्यवस्थापन, सामाजिक सुरक्षा व्यवस्थापन, शान्ति सुरक्षा तथा समाज विकास विज्ञान प्रविधि तथा खोज अनुसन्धान र मनोरन्जन र नगरपालिकामा शुसासन लाई प्राथमिकता दिएको छ ।

विज्ञापन

एमालेबाट चुनावमा उम्मेदवार बनेका उम्मेदवारहरु विजयी भए पश्चात चुनावी प्रतिवद्धता अनुसार काम गर्ने नगर कमिटीले जनाएको छ ।

 भिडियो हेर्नुहोस ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार