होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाजुराका ९ वटा पालिकामा ७८४ जनाको उम्मेदवारी
समाज

बाजुराका ९ वटा पालिकामा ७८४ जनाको उम्मेदवारी

  • नागरिक रैबार
बाजुराका ९ वटा पालिकामा  ७८४ जनाको उम्मेदवारी

बाजुराका नौ वटा पालिकाका लागि ७८४ जनाको उम्मेदवारी परेको छ । नौ वटा स्थानीय तहका ३ सय ६३ पदका लागि प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यमा गरी ७८४ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारीको कार्यालयले बताएको छ ।

४ जना नगर प्रमुख, ४ जना उपप्रमुख, ५ जना अध्यक्ष, ५ जना उपाध्यक्ष, ६९ जना वडा अध्यक्ष र २ सय ७६ जना सदस्यका लागि आगामी बैशाख ३० गते निर्वाचन हुने छ । काँग्रेस र एमालेले सबै पालिकाका सबै पदमा उम्मेदवारी दिएपनि समाजवादी, माओवादी र अन्य पार्टीले निश्चित पालिकाको केही पदमा मात्र उम्मेदवारी दिएका छन् ।

चार नगरपालिका मध्ये बुढीनन्दामा ६ जना, बडीमालिका ५ जना, बुढीगंगा ३ जना र त्रिवेणीमा ४ जनाले नगर प्रमुखको उम्मेदवारी दिएका छन् । यस्तै चार पद उपप्रमुखका लागि बुढीनन्दामा ४ जना, बडीमालिकामा ५ जना, बुढीगंगा ३ जना र त्रिवेणीमा ३ जनाले उम्मेदवारी दिएका छन् ।

विज्ञापन

पाँच वटा गाउँपालिका मध्ये गौमुलमा ४ जना, खप्तड छेडेदहमा ४ जना, जगन्नाथ २ जना, हिमालीमा ५ जना र स्वामिकात्र्तिक खापर गाउँपालिकामा ५ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा गौमुलमा ३ जना, खप्तड छेडेदहमा ३ जना, जगन्नाथमा ४ जना, हिमालीमा २ जना र स्वामिकात्र्तिक खापरमा ५ जनाले उम्मेदवारी दिएका छन् । ६ वटा वडा रहेको गौमुलुमा १५ जना वडा अध्यक्ष, २४ जना खुला सदस्य, १२ जना महिला र १२ जना दलित महिला सदस्य सहीत अध्यक्ष उपाध्यक्ष गरेर ७० जनाले उम्मेदवारी दिएका छन् ।

४ जना अध्यक्ष र ३ जना उपाध्यक्षले उम्मेदवारी दर्ता गराएको खप्तड छेडेदह गाउँपालिकाका ७ वटा वडामा २० जनाले वडा अध्यक्षमा, ३३ जना खुला सदस्य, १३ जना महिला सदस्य र १४ जना दलित महिला सदस्य गरी ८७ जनाले उम्मेदवारी दिएका छन् ।

९ वटा वडा रहेको त्रिवेणी नगरपालिकामा ४ जना नगर प्रमुख र ४ जना उपप्रमुखमा उम्मेदावरी दिएका छन् । यस्तै ९ वटा वडाका लागि १८ जना, खुला सदस्य ३५ जना, महिला सदस्य १३ जना र महिला सदस्य १५ जना गरि ८९ जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै २ जना अध्यक्ष र ४ जना उपाध्यक्षले उम्मेदवारी दिएको जगन्नाथ गाउँपालिकाका ६ वटा वडामा अध्यक्षमा १६ जना, खुला सदस्य २७ जना, महिला सदस्य १४ जना, दलित महिला सदस्य १४ जना गरि ७७ जनाले उम्मेदवारी दिएका छन् ।

हिमाली गाउँपालिकामा ५ जना अध्यक्ष, २ जना उपाध्यक्ष ७ वटा वडामा अध्यक्षका लागि १८ जना, खुला सदस्य ३१ जना, महिला सदस्य १६ जना, दलित महिला सदस्य १४ जना गरि ८५ जनाले उम्मेदवारी दिएका छन् ।

बडीमालिका नगरपालिकामा प्रमुख ५ जना, उपप्रमुख ४ जना, ९ वटा वडा अध्यक्षका लागि २६ जना, खुला सदस्य ४६ जना, महिला सदस्य २१ जना, दलित महिला सदस्य २२ जना गरी १ सय २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

बुढीगंगा नगरपालिकामा प्रमुख र उपप्रमुख दुबैमा ३।३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १० वटा वडाका अध्यक्षका लागि ३२ जना, खुला सदस्य ५१ जना, महिला सदस्य २५ जना दलित महिला सदस्य २२ जना गरि १३८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

बुढीनन्दा नगरपालिकामा सबैभन्दा बढी ६ जनाले नगर प्रमुख र ४ जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । १० वटा वडाका लागि अध्यक्षमा २४ जना, खुला सदस्यमा ४२ जना, महिला सदस्यमा २२ जना र दलित महिला सदस्यमा २१ जना गरि ११९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

स्वामिकात्र्तिक खापर गाउँपालिकामा ५ जना अध्यक्ष र ५ जना उपाध्यक्ष ५ वटा वडाका अध्यक्षमा २४ जना, खुला सदस्य ३४ जना, महिला सदस्य १४ जना र दलित महिला सदस्य १५ जना गरि ९७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले बताएको छ । १६ गतेसम्म दाबी विरोध र फिर्ता लिने समय भएकोले उम्मेदवार घट्ने संभावना रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार