होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खप्तड क्षेडेदहमा एमालेप्रति जनताको आकर्षण बढ्दो
समाचार

खप्तड क्षेडेदहमा एमालेप्रति जनताको आकर्षण बढ्दो

काँग्रेस छाडेर सयौंको संख्यामा एमालेमा प्रवेश

  • नागरिक रैबार
खप्तड क्षेडेदहमा एमालेप्रति जनताको आकर्षण बढ्दो

नागरिक रैबार/बाजुरा १९ बैशाख । आशन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै बाजुराका राजनीतिक दलहरु यतिबेला मतदातासंग भेटघाटमा व्यस्त देखिन्छन् । विभिन्न पार्टीबाट टिकट पाएका उम्मेदवारहरु यतिखेर जनताको घरदैलोमा पुगेर आफ्नो पक्षमा मतदान गर्न जनतासंग अपिल गरिरहेका छन् ।

नेकपा एमालले पनि अहिले जिल्लाभर उम्मेदवारहरुलाई लिएर घरदैलो अभियान गरिरहेको छ । सोही क्रममा आज एमाले खप्तड क्षेडेदह गाउँ कमिटीले वडा नं. १ र २ को सयुक्त चुनावी सभा एमालेका केन्द्रिय नेताहरुको सहभागितामा  गरेको छ ।

No description available.

विज्ञापन

यस अघि गाउँपालिकामा काँग्रेसको आधार इलाका मानिने खप्तड क्षेडेदहमा पछिल्लो समयमा एमाले पार्टी प्रति यहाँका जनताहरुको विश्वास बढ्दै गएको देखिन्छ । खप्तड क्षेडेदह गाउँपालिका १ र २ को संयुक्त आयोजनामा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी संचालन गरिएको चुनावी सभामा नेपाली काँग्रेस छाडेर सयौंको संख्यामा एमालेमा प्रवेश गरेका छन् ।

काँग्रेस छाडेर सयौंको संख्यामा एमाले प्रवेश गरेका नवप्रवेशीहरुलाई एमालेका स्थायी कमिटी सदस्य कणर्बहादुर थापा, केन्द्रीय सदस्यद्धय लालबहादुर थापा, प्रकाश शाह, प्रदेश कमिटी सदस्य लालबहादुर ओली लगायतले अविर, खादा र माला लगाएर स्वागत गरेका छन् । यस अघि काँग्रेस पार्टीमा आस्थावान रहेका उनीहरुले खप्तड क्षेडेदहमा काँग्रेसको सरकार हुँदा जनताले दुखः पाएकोले एमालेमा प्रवेश गरेको बताएका छन् ।

No description available.

एमाले खप्तड क्षेडेदह गाउँ कमिटीले आयोजना गरेको चुनावी सभामा एमालेका स्थायी कमिटी सदस्य एंव पूर्व उद्योगमन्त्री कणर्बहादुर थापा, केन्द्रिय सदस्यद्धय लालबहादर थापा, प्रकाश शाह र प्रदेश कमिटी सदस्य लालबहादुर ओली, प्रेस चौतारी सुदूरपश्चि अध्यक्ष कृष्ण ओली लगायतले चुनावी कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

No description available.

चुनावी सभामा सम्बोधन गर्ने सवै नेताहरुले एमाले नै देश विकास गर्ने पार्टी भएकोले सुर्यचिन्हमा मतदान गरि एमालेका उम्मेदवारलाई विजयी गराउन जनतासंग आग्रह गरेका थिए ।

काँग्रेसको आधार ईलाकाका रुपमा रहेको खप्तड क्षेडेदहमा यस पटक एमालेले गाउँपालिकाको अध्यक्षमा दिलबहादुर रावत र उपाध्यक्षमा मन्देवी ओलीलाई उम्मेदवार बनाएको छ ।

अहिले १ देखि ७ सम्मका सवै वडा अध्यक्ष सदस्यहरु सहित नेता कार्यकर्ताहरु एकजुट भएर घरदैलो अभियानमा खटिएका छन् । १ देखि ७ वटै वडामा एमाले खप्तड क्षेडेदह गाउँ कमिटीले चुनावी घरदैलो कार्यक्रम गर्ने बताएको छ ।

एमाले खप्तड क्षेडेदह गाउँ कमिटीका अध्यक्ष गाेपाल बुढाकाे अध्यक्षतामा गरिएकाे १ र २ नम्वर वडाको सयुक्त चुनावी सभामा प्रमख अतिथि एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा रहेका थिए ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि एमालेका केन्द्रिय सदस्य लालबहादुर थापा र प्रकाश शाह रहेका थिए भने अतिथि एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लालबहादुर ओली, गाउँपालिकाका अध्यक्षका उम्मेदवार दिलबहादुर रावत, उपाध्यक्षका उम्मेद्वार मन्देवी ओली लगायत नेता कार्यक्रताहरू सहभागी भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार