होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा बदर मतको संख्या कम गर्न नमुना मतदान
समाचार

बाजुरामा बदर मतको संख्या कम गर्न नमुना मतदान

  • नागरिक रैबार
बाजुरामा बदर मतको संख्या कम गर्न नमुना मतदान

 नागरिक रैबार बाजुरा २१ बैशाख । आशन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाजुरामा बदर मतको संख्या कम गर्न नमुना मतदान कार्यक्रम गरिएको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराले मतदाता शिक्षा कार्यक्रम अन्तरगत बडीमालिका नगरपालिका ९ मा रहेको मालिका नमुना माविको मतदान केन्द्रमा नमुना मतदान कार्यक्रम गरेको हो ।

यस अघि ०७४ को स्थानीय तहको निर्वाचनमा ६४ हजार ९ सय ५० जना मतदाता रहेका थिए भने ४३९ प्रतिशत मत बदर भएको थियो । भने कुल मतदाता मध्ये खसेको मत ५२ हजार १ सय ३ मत थियो । मालिका नमुना माविको मतदान केन्द्रमा युवा युवतिलार्ई जम्मा गरेर नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा सात छाप लगाउनु पर्ने भनेर सिकाइएको निर्वाचन अधिकारी अवस्थीले जानकारी बताएका छन् । उनका अनुसार यहाँका मतदातहरुमा के कति निर्वाचनको बारेमा जानकार छन । निर्वाचनका प्रक्रियाहरू केके रहन्छन् । के कसरी मतदान गर्नुपर्छ । र के कसरी सहभागिता रहन्छ ? भन्ने जानकारीका दिनका लागि नमुना मतदान गरेकोे निर्वाचन अधिकारी अवस्थीको भनाई छ । जिल्लामा ९ वटा स्थानीय तह रहेका छन् । जसमध्ये ४ नगरपालिका र ५ गाउँपालिका रहेका छन् ।

विज्ञापन

कुल ९० हजार ६ सय ९० मतदाता रहेको बाजुरामा मतदाताको संख्याअनुसार मतदान केन्द्र र मतदानस्थल पनि निर्धारण गरिएको छ। जिल्लामा ७० वटा मतदान केन्द्र र १ सय १२ वटा मतदान स्थल तोकिएको छ । नागरिक रैबार बाजुरा २१ बैशाख आशन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाजुरामा बदर मतको संख्या कम गर्न नमुना मतदान कार्यक्रम गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय बाजुराले मतदाता शिक्षा कार्यक्रम अन्तरगत बडीमालिका नगरपालिका ९ मा रहेको मालिका नमुना माविको मतदान केन्द्रमा नमुना मतदान कार्यक्रम गरेको हो । यस अघि ०७४ को स्थानीय तहको निर्वाचनमा ६४ हजार ९ सय ५० जना मतदाता रहेका थिए भने ४३९ प्रतिशत मत बदर भएको थियो । भने कुल मतदाता मध्ये खसेको मत ५२ हजार १ सय ३ मत थियो । मालिका नमुना माविको मतदान केन्द्रमा युवा युवतिलार्ई जम्मा गरेर नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा सात छाप लगाउनु पर्ने भनेर सिकाइएको निर्वाचन अधिकारी अवस्थीले जानकारी बताएका छन् । उनका अनुसार यहाँका मतदातहरुमा के कति निर्वाचनको बारेमा जानकार छन । निर्वाचनका प्रक्रियाहरू केके रहन्छन् । के कसरी मतदान गर्नुपर्छ । र के कसरी सहभागिता रहन्छ ? भन्ने जानकारीका दिनका लागि नमुना मतदान गरेकोे निर्वाचन अधिकारी अवस्थीको भनाई छ । जिल्लामा ९ वटा स्थानीय तह रहेका छन् । जसमध्ये ४ नगरपालिका र ५ गाउँपालिका रहेका छन् । कुल ९० हजार ६ सय ९० मतदाता रहेको बाजुरामा मतदाताको संख्याअनुसार मतदान केन्द्र र मतदानस्थल पनि निर्धारण गरिएको छ। जिल्लामा ७० वटा मतदान केन्द्र र १ सय १२ वटा मतदान स्थल तोकिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार