होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • त्रिबेणीमा एमाले र माओबादी केन्द्रवीच चुनावी तालमेल
बाजुरा बिशेष

त्रिबेणीमा एमाले र माओबादी केन्द्रवीच चुनावी तालमेल

  • नागरिक रैबार
त्रिबेणीमा एमाले र माओबादी केन्द्रवीच चुनावी तालमेल

नागरिक रैबार/बाजुरा १८ बैशाख। बाजुराको त्रिबेणी नगरपालिमा नेकपा एमाले र नेकपा माओबादी केन्द्रवीच चुनावी तालमेल गरिएको छ ।

देशभर सत्ता पक्षधरको गठबन्धन गर्ने लिखित सहमति भएको भएपनि बाजुराको त्रिवेणी नगरपालिकामा भने  एमाले र माओबादी केन्द्रवीच चुनावी तालमेल गरिएको हो।नेपाली काँग्रेसले जिल्लाका नौ ओटै पालिकामा प्रमुख पद नछोड्ने गरि उम्मेदवारी दर्ता गराए पछि त्रिबेणी नगरपालिकामा माओवादी केन्द्रले एमालेसंग चुनावी तालमेल बनाएको छ ।

त्रिवेणी नगरपालिकामा एमालेले प्रमुख र माओवादीले उपप्रमुख पाउने र ९ वटा वडा मध्ये एमालेले ५ ओटा वडा र माओबादी केन्द्रले ४ ओटा वडाहरु भागवण्डा गरिएको छ ।एमालेबाट प्रमुखमा मोतिसिंह बुढा उज्वल र उपप्रमुखमा माओवादी केन्द्रका मनराज बुढा मिलनलाई उठाउने लिखित सहमति भएको छ ।

विज्ञापन

बाम गठबन्धनबाट जित्ने गरि सहकार्य गरिएको एमाले पार्टी उपाध्यक्ष भरत बुढाले बताएका छन् । नेपाली काँग्रेसको गढकै रुपमा चिनिएको त्रिवेणीमा बाम गठबन्धन गर्ने गरि एमाले र माओवादी नेताहरु सहमत भएका छन् । २०७४ सालको स्थानीय चुनावमा काँग्रेसले ३३ सय ६५ मत ल्याएर जितेको थियो भने एमालेले २१ सय ९४ र माओवादीले ८ सय ८४ मत ल्याएको थियो ।

दुबै पार्टीका मत जोड्दा पनि काँग्रेस बलियो देखिएको छ । तर जित्ने काँग्रेस निश्चित जस्तै देखिएकोले त्यो बेला केही व्यवहारिक मत काँग्रेसले लिएको र अब त्यस्तो नहुने र बाम एकताले जित सुनिश्चित हुने आँकलन नेताहरुले गरेका छन् ।
काँग्रेसबाट बागी उम्मेदवारी दिएका रनसिंह अयडीले भने उम्मेदवारी फिर्ता लिएका छन् ।

बागी उम्मेदवारी पछि सहज जितको अपेक्षा गरेका एमाले माओवादीलाई केही संघर्ष गर्नु पर्ने देखिएको छ । नेपाली काँग्रेसबाट कणर्बहादुर थापा प्रमुख र कमला न्यौपाने उपप्रमुखको उम्मेदवार बनाएको छ । काँग्रेस भित्रको आपसी द्धन्द्धले पनि जित्न सजिलो हुने अनुमान एमाले माओवादी नेताहरुको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै