होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १७ फागुन। बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका-३ का २२ वर्षिया राजु सिंहसंग उपचार गर्नका लागि आर्थिक अभाव हुँदा मलेसियामा उपचार हुन् सकेको छैन् । सिंह रोजगारीको सिलसिलामा दुई बर्ष अगाडि मलेसियामा काम गर्दै आएका थिए । कोभिडका कारण सिंहले काम गर्दै आएको कम्पनि बन्द भएपछि उनले मलेसियामै बसेर बङगुर फर्ममा काम गर्दै आएका थिए […]
नागरिक रैबार/बाजुरा १६ फागुन।बाजुरा उद्योग बाणिज्य संघ भोली बाजुराका सवै बजार बन्द गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदर र नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीतिका विरुद्ध भोली मार्तडीमा आन्दोलन सहित २ घण्टा बजार बन्द गर्न लागेको हो । बैक तथा वित्तिय संस्थाको चर्को व्याजदरका कारण व्यवसाय नै धरापमा परेको भन्दै बाजुरा उद्योग […]
नागरिक रैबार/बाजुरा १६ फागुन।बाजुराको सदरमुकाम मार्तडीमा यहि फागुन १९-२७ गते सम्म गर्ने भनिएको प्रथम खप्तड मालिका कृषि, पर्यटन, संस्कृति तथा व्यापार महोत्सवको मिति सारिएको छ । खप्तड मालिका युवा संजाल बाजुराले आज मार्तडीमा पत्रकार सम्मेलन गरेर १९ गतेबाट सूरु गर्ने भनिएको महोत्सव प्राविधिक समस्या र अन्य व्यवस्थापनका लागि समय नपुगेका कारण महोत्सवको मिति सारिएको जानकारी […]
नागरिक रैबार/बाजुरा १६ फागुन। जिल्लाको बडीमालिका नगरपालिकाले १३ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्ने खेलाडीहरुलाई एक औपचारिक कार्यक्रमका बिच बधाई ज्ञापन सहित सम्मान गरेको छ । नगरपालिकाले आज एक औपचारिक कार्यक्रमको आयोजना गर्दै १३ १३ औं राष्ट्रपति रनिङ शिल्डको विजेता बनेका बडीमालिकाका खेलाडीलाई बधाइ ज्ञापन गरेको हो । जिल्ला स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरपालिकाका […]
नागरिक रैबार/बाजुरा १६ फागुन।जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ३ रजालीमा नेपाल विद्युत प्राधिकरणको लाईन विस्तारको काम अलपत्र परेको छ । मार्तडी देखि रजाली सम्म नयाँ पोलसहित विद्युत लाईन विस्तारका लागि नेपाल विद्युत प्राधिकरण संग ३ वर्ष अघि ठेक्का सम्झौता गरेको अमृत कन्ट्रक्सनले विद्युत विस्तार र पोल गाड्ने काम अलपत्र छाडेको बडीमालिका ३ का वडा अध्यक्ष […]
नागरिक रैबार/बाजुरा १५ फागुन। बाजुरामा संचालन भएको १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बडीमालिका नगरपालिकाले हात पारेको छ । प्रतियोगितामा सवैभन्दा बढी २३ स्वर्ण, ७ रजत र ५ कास्य सहित जितेर बडीमालिकाले उपाधि हात पारेको हो । यस्तै प्रतियोगितामा त्रिवेणी नगरपालिका दोस्रो बनेको छ । त्रिवेणीले ८ स्वर्ण प्राप्त गरेको छ । प्रतियोगीतामा विजेता […]
नागरिक रैबार/बाजुरा १५ फागुन । आगामी चैत्र १७ गतेबाट संचालन हुने माद्यमिक शिक्षा परीक्षा (एसईई) का लागि बाजुरामा १५ वटा परीक्षा केन्द्र तोकिएका छन् । शिक्षा समन्वय इकाई बाजुराले आगामी चैत्र १७ गते बाट एकैसाथ संचालन हुने एसईई परिक्षाका लागि जिल्लाभरका ९ वटै पालिकामा १५ वटा परीक्षा केन्द्र तोकेको हो । यस वर्ष बाजुरामा नियमित […]
नागरिक रैबार/बाजुरा १४ फागुन।बाजुरामा जीप दुर्घटना भएको छ । आइतबार साँझ जगन्नाथ गाउँपालिका ६ तल्लोकाप्री स्थित कर्णाली राजमार्गमा जुड्डीबाट सिलाइ कटाइका मेसिनहरु लिएर तल्लोकाप्री तर्फ जादै गरेको सु.प.प्र.०१-००१ ज १३३१ नम्वरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जीप दुर्घटना हुँदा स्वामीकार्तिक खापर गाउँपालिका ३ बस्ने वर्ष २३ का जीप चालक देव […]
नागरिक रैबार/बाजुरा १४ फागुन। बाजुरामा कृषि पत्रकार महासंघ गठन गरिएको छ । अध्यक्षमा सरिता नेपाली रहने गरी १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो । कृषि पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा बाजुरामा जिल्ला भेला तथा शाखा विस्तार कार्यक्रमको गरिएको थियो । भेला तथा शाखा विस्तार कार्यक्रमबाट जसमा उपाध्यक्षमा हेमराज उपाध्याय, कोषाध्यक्षमा कमला रावल,सचिवमा मिन बहादुर खड्का,सह सचिवमा […]
नागरिक रैबार/बाजुरा १४ फागुन। बाघको हड्डीसहित बाजुराका दुई युवक डडेल्धुरामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुराको बुढीगंगा नगरपालिका–१० घर भई बडिमालिका नगरपालिका–८ मार्तडीमा बीसीडी वर्कसपका संचालक २६ वर्षीय राजेन्द्र जैसी र बाजुराकै खप्तडछेडेदह गाउँपालिका–७ घर भई मार्तडीकै सितल मदिरा स्टोरका संचालक २७ वर्षीय वीरबहादुर ओली रहेका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख एवं प्रहरी […]
नागरिक रैबार/बाजुरा १२ फागुन।बाजुरामा आजबाट १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सूरू भएको छ ।स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ उक्त प्रतियोगिता क्षेडेदह गाउँपालिका ७ स्थित दशरथ माविको खेलमैदानमा सूरू गरिएको हो । जिल्ला खेलकुद समिति बाजुराको आयोजना र खप्तड क्षेडेदह गाउँपालिकाको सह आयोजनामा गरिएको प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला […]
बाजुरा– जिल्लाको बूढीगङ्गा नगरपालिका–१ अम्कोटमा बालबालिकामा दादुरा तथा रुवेला रोग लक्षण देखिएको छ । बुधबार वडामा रहेको धुरालसैन आधारभूत स्वास्थ्य केन्द्रमा उक्त लक्षण भएका सात बालबालिका उपचारमा आएको स्वाथ्य केन्द्रमा कार्यरत अनमी विन्दु विष्टले बताएकी छन्। ती बालबालिका अम्कोट गाउँका एउटै टोलका हुन् । जाँच गर्दा सबैमा एकैखाले लक्षण देखिएको विष्ट बताउँछन् । उनीहरुलाई ज्वरो […]
नागरिक रैबार/बाजुरा ११ फागुन।बाजुरामा साँस्कृतिक महोत्सव हुने भएको छ । फागुन १९ गते बाट प्रथम खप्तड मालिका कृषि, पर्यटन, सँस्कृति तथा व्यापार महोत्सव हुने आयोजकले बताएको छ । कारोनाकाल पछि बाजुरामा महोत्सव हुन सकेका छैनन् । फागुन १९ देखि २७ गतेसम्म ९ दिनसम्म महोत्सव आयोजना हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । आयोजक खप्तड […]
नागरिक रैबार/बाजुरा १० फागुन।बैंक तथा वित्तिय संस्थाहरुले एक्कासी कर्जाको व्याजदर वृद्धि गरेको भन्दै बाजुरा उद्योग बाणिज्य संघका व्यवसायीहरु आन्दालित भएका छन् । कोभिड महामारीको प्रभावले व्यवसायमा मन्दी आएको र आर्थिक तरलताको समस्या झेलिरहेका उद्योगी तथा व्यवसायीहरुलाई आघात पुग्ने गरी बैंक तथा वित्तिय संस्थाहरुले एक पक्षीय रुपमा अनुचित ढंगले कर्जाको व्याजदर वृद्धि गरेपछि बाजुराका व्यवसायीहरु मर्कामा […]
नागरिक रैबार/बाजुरा १० फागुन।बाजुरामा भुकम्पको धक्का महसुस गरिएको छ । बुधबार दिउसो १ः ४५ बजेको समयमा ५ दशमल २ रेक्टर स्केलको भुकम्प गएको हो । आज गएको भूकम्पको केन्द्रबिन्दु पनि बाजुराकै हिमाली गाउँपालिका आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भुकम्प पछि सदरमुकाम मार्तडी लगायतका स्थानियहरु त्रसित भएका छन । यस […]
नागरिक रैबार/बाजुरा ८ फागुन।सुदूरपश्चिम प्रदेश सभाकी सांसद जुना कुमारी दानीले चुनावमा जनतासंग गरेका बाचा अवको पाँच वर्ष भित्र पुरा गर्ने गरी प्रदेशमा काम गर्ने बताएकी छन् । सोमबार जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसंगको परिचयात्मक तथा सुझाव सल्लाह कार्यक्रममा प्रदेश सांसद दानीले सो कुरा बताएकी हुन् । चुनावताका बेला गाउँ-गाउँमा गएर जनतालाई विकासका आश्वासन बाढ्यौं, जनताको आश्रिवादले […]
नागरिक रैबार/बाजुरा ८ फागुन।जिल्लाको बडीमालिका नगरपालिकाले आर्थिक वर्ष २०७८/८९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बडीमालिका नगरपालिकाको आयोजना र नेश्नल युथ फेडरेशन नेपाल बाजुराको सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा आर्थिक बर्ष ०७८/०७९मा नगरपालिकाले संचालन गरेका कामहरुको प्रभावकारीता र नगरमा सम्पन्न भएका क्रियाकलापहरुको बारेमा जानकारी गराईएको थियो । नगरले […]
नागरिक रैबार/बाजुरा ८ फागुन। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेश कुमार शाही गृह जिल्ला बाजुरा आउने भएका छन् । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिलामन्त्रीमा नियुक्त भएपछि शाही पहिलोपटक गृह जिल्ला बाजुरामा आउन लागेका हुन् ।मन्त्री शाही आज धनगढीबाट हवाइजहाज मार्फत कोल्टी आउने कार्यक्रम रहेको नेकपा एकिकृत समाजवादी पार्टी बाजुराले बताएको छ । बाजुराको प्रदेश सभा (क) बाट […]
नागरिक रैबार/बाजुरा ६ फागुन।जिल्लाको बडीमालिका नगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी र शसत्र प्रहरी बलमा आवद्ध हुने युवाहरुका लागि तयारी कक्षा संचालन गर्ने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रम अनुसार नेपाली सेना, नेपाल प्रहरी र शसत्र प्रहरीमा आवद्ध हुन् चाहनेहरुलाई नगरपालिकामै तयारी कक्षा संचालन गर्ने भएको हो। नगरपालिकाले एक सूचना जारी […]
नागरिक रैबार/बाजुरा ५ फागुन। नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट महासचिवमा बाजुराका नरेश रोकाया निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतमणनाको परिणामअनुसार महासचिवमा रोकायाले सात सय ३३ मत प्राप्त गरी निर्वाचित भएका हुन् । त्यस्तै अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् ।उनले निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । […]