होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सूरू
समाचार

बाजुरामा १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सूरू

आर्थिक मामिलामन्त्री शाहीले गरे उद्घाटन

  • नागरिक रैबार
बाजुरामा १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सूरू

नागरिक रैबार/बाजुरा १२ फागुन।बाजुरामा आजबाट १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सूरू भएको छ ।स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ उक्त प्रतियोगिता क्षेडेदह गाउँपालिका ७ स्थित दशरथ माविको खेलमैदानमा सूरू गरिएको हो ।

जिल्ला खेलकुद समिति बाजुराको आयोजना र खप्तड क्षेडेदह गाउँपालिकाको सह आयोजनामा गरिएको प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाहीले गरेका छन् ।

No description available.

विज्ञापन

जिल्ला खेलकुद समिति बाजुराका अध्यक्ष राकेश थापाको अध्यक्षतामा संचालन गरिएको प्रतियोगितामा प्रमुख अतिथि सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाही रहनु भएको थियो ।

No description available.

त्यस्तै प्रतियोगितामा विशिष्ट अतिथि बाजुराका ८ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष/ उपाध्यक्ष र विभिन्न पार्टीका प्रतिनिधि रहेका थिए ।

No description available.

पत्रकार कृष्ण ओलीले संचालन गरेको उक्त प्रतियोगिताको स्वागत मन्तव्य खप्तड क्षेडेदह गाउँपालिकाकी उपाध्यक्ष विशुदेवी नाथले गरेकी थिईन् ।

प्रतियोगितामा स्वामिकार्तिक खापर गाउँपालिका बाहेक बडीमालिका, त्रिवेणी, बुढीगंगा, बुढीनन्दा नगरपालिका र गौमुल, हिमाली, जगन्नाथ र खप्तड छेडेदह गाउँपालिका गरी ८ वटा पालिकाका खेलाडीहरू सहभागी भएका छन् ।

No description available.

प्रतियोगिता ४ दिन सम्म संचालन हुने प्रतियोगितामा भलिबल, एथ्लेटिक दौड, रिले दौड, हाइजम्प, लङ्गजम्प, सर्टफूट, ज्याब्लिङ्ग थ्रो, भलिवल, कवड्डी लगायतका खेलहरु खेलाइने जिल्ला खेलकूद समितिका अध्यक्ष राकेश थापाले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार