होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैंक तथा वित्तिय संस्थाले व्याजदर बृद्धि गरेको भन्दै व्यवसायी आन्दोलित
समाचार

बैंक तथा वित्तिय संस्थाले व्याजदर बृद्धि गरेको भन्दै व्यवसायी आन्दोलित

  • नागरिक रैबार
बैंक तथा वित्तिय संस्थाले व्याजदर बृद्धि गरेको भन्दै व्यवसायी आन्दोलित

नागरिक रैबार/बाजुरा १० फागुन।बैंक तथा वित्तिय संस्थाहरुले एक्कासी कर्जाको व्याजदर वृद्धि गरेको भन्दै बाजुरा उद्योग बाणिज्य संघका व्यवसायीहरु आन्दालित भएका छन् ।

कोभिड महामारीको प्रभावले व्यवसायमा मन्दी आएको र आर्थिक तरलताको समस्या झेलिरहेका उद्योगी तथा व्यवसायीहरुलाई आघात पुग्ने गरी बैंक तथा वित्तिय संस्थाहरुले एक पक्षीय रुपमा अनुचित ढंगले कर्जाको व्याजदर वृद्धि गरेपछि बाजुराका व्यवसायीहरु मर्कामा परेको भन्दै आन्दोलित भएका हुन् ।

बैंक तथा वित्तिय संस्थाले अनुचित ढंगले कर्जाको व्याजदरमा वृद्धि गर्दा बाजुरामा उद्योग व्यवसायीहरुले व्यवसायहरु नै बन्द गर्नुपर्ने बाध्यता सिर्जना भएकोले यसको सुनुवाई तत्कालै सरकारले नगरे थप आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउने व्यवसायी सुरेन्द्र नाथले बताएका छन् ।

विज्ञापन

आर्थिक संकटको समयमा एक अर्कालाई सहयोग गर्नुपर्ने बेलामा उल्टै बैक तथा वित्तिय संस्थाहरुबाट गरिएको व्याजदर वृद्धिको कारणले सामानको मुल्य आकासिएर आम सर्वसाधारण जनताको जिविका कष्टकर बन्दै गएको बाजुरा उद्योग बाण्ज्यि संघका अध्यक्ष देवबहादुर रोकायाको भनाई छ ।

No description available.

बाजुरा उद्योग बाणिज्य संघको नेतृत्वमा आज बाजुरामा व्यवसायीहरुले बैंक कर्जा तथा वित्तिय समस्या समाधानार्थ शान्तिपूणर् आन्दोलन गर्दै जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का मार्फत नेपाल सरकारका अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार