होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा फागुन १९ गते देखि पर्यटन तथा साँस्कृतिक महोत्सव हुने
समाचार

बाजुरामा फागुन १९ गते देखि पर्यटन तथा साँस्कृतिक महोत्सव हुने

  • नागरिक रैबार
बाजुरामा फागुन १९ गते देखि पर्यटन तथा साँस्कृतिक महोत्सव हुने

नागरिक रैबार/बाजुरा ११ फागुन।बाजुरामा साँस्कृतिक महोत्सव हुने भएको छ । फागुन १९ गते बाट प्रथम खप्तड मालिका कृषि, पर्यटन, सँस्कृति तथा व्यापार महोत्सव हुने आयोजकले बताएको छ ।

कारोनाकाल पछि बाजुरामा महोत्सव हुन सकेका छैनन् ।
फागुन १९ देखि २७ गतेसम्म ९ दिनसम्म महोत्सव आयोजना हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

आयोजक खप्तड मालिका युवा क्लबले स्थानीय र राष्ट्रिय कलाकारहरुसँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष शुक्रराज बोहराले बताएका छन् ।

विज्ञापन

जिल्ला सदरमुकाम मार्तडीको तालीमा आयोजना हुने महोत्सवमा स्थानीय उत्पादन र उद्यमी मेला र कला सँस्कृतिको प्रवद्र्धन र विकास केन्द्रीत प्रस्तुती रहने क्लबका उपाध्यक्ष राजेन्द्र रोकायाले बताएका छन् । महासचिव जयबहादुर रावतका अनुसार ९ दिनसम्म चल्ने महोत्सवको पहिलो र अन्तिम दिन बाहेकका टिकट सहीत प्रवेश गराउने बताएको छ ।

स्थानीय कला सँस्कृतिको प्रवद्र्धन, रैथानी खाद्यन्नको पहिचान र उद्यम उत्पादनको बढावाका लागि महोत्सव गर्न लागिएको आयोजकले बताएको छ । करिब ४४ लाख आम्दानीको अनुमान गरिएकोमा ४० लाख बढी खर्च हुने बताइएको छ ।

राष्ट्रिय स्तरमै चर्चा कमाएका कलाकारहरु एलिना चौहान, सुप्रीम मल्ल, विनोद बाजुराली, अञ्जली अधिकारी, बद्री पंगीनी, पविन्द्र सुनार, पुष्कल शर्मा, लालबहादुर धामी, गौरी भट्ट, टंक तिमिल्सेना सहीत २१ बढी कलाकार ल्याउने तयारी थालिएको छ ।

युवा क्लबको आयोजनामा गरिएको महोत्सवमा बाजुराका स्थित उद्योग वाणिज्य संघ र अन्य कलाकारिता क्षेत्रका संघ संस्था र कलाकारलाई ससम्मान स्थान दिने बाहेक आयोजनामा संलग्न भने गराइएको छैन् । आयोजकले विभिन्न उपसमिति बनाएर तयारी सुरु गरेको बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार